Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

सरकार मिडियामैत्री वातावरणको पक्षमाः परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकार मिडियामैत्री वातावरण निर्माणमा केन्द्रित रहेको बताएका छन् ।

पछिल्लो समय मिडिया काउन्सिल विधेयकका सन्दर्भमा विभिन्न किसिमका चर्चा परिचर्चा चलिरहेका बेला उनले सञ्चारमाध्यमको विश्वसनीयता, पारदर्शिता र व्यावसायिकता अभिवृद्धि गर्ने गरी सरकार अघि बढेको बताए ।

वल्र्ड कम्युनिकेटर्स काउन्सिल ९डब्लुसिसिआई० को नेपाल च्याप्टर तथा दक्षिण एशिया मिडिया कन्फ्रेन्सको आज यहाँ उद्घाटन गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले सञ्चारमाध्यम जनताको भावनाको प्रतिनिधित्व गर्ने साधन भएकाले यसले प्रस्तुत गर्ने विषयवस्तु राष्ट्रहित, सामाजिक न्याय र समानतामा आधारित हुनुपर्नेमा जोड दिए ।

पछिल्लो समय नेपाली मिडिया क्षेत्रमा सञ्चारसम्बन्धी अनेकन बहस तथा पक्ष र विपक्षमा बहस चुलिनु चुनौतीको विषय हो भन्दै उनले उठेका सवाललाई सामूहिक छलफलका माध्यमबाट समाधान निकालिनुपर्नेमा जोड दिए ।

परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल राजनीतिक सङ्क्रमण पार गरी आर्थिक समृद्धिको दिशामा अघि बढेको सन्दर्भमा सञ्चारमाध्यमले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे ।

लगानीकर्ताको स्वार्थबाट सम्पादकीय स्वतन्त्रता कसरी जोगाउने, विषयवस्तुमा विश्वसनीयता, निष्पक्षता र व्यावसायिकता अहिलेको चुनौतीको विषय बनेको उल्लेख गर्दै उनले संविधानले सुनिश्चित गरेको विचार र अभिव्यक्ति स्वतन्त्रातालाई व्यावसायिकतासँग जोडर अघि बढ्न सके मात्र समृद्ध समाज निर्माण गर्न सकिन्छ भने ।

सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउन सबै क्षेत्रको सक्रिय सहयोग चाहिने उनको भनाइ छ ।

राष्ट्रिय सूचना आयोगका आयुक्त यशोदा तिमिल्सिनाले मिडियाको व्यावसायिकता अभिवृद्धि गर्ने अहिले उपयुक्त समय रहेको उल्लेख गर्दै संसद्मा रहेको मिडिया काउन्सिल विधेयकलाई सरोकारवालासँग छलफल गरेर पारित गरिनुपर्नेमा जोड दिए।

पब्लिक रिलेशन काउन्सिल अफ इण्डिया ९इमिरेट चिफ० एमबी जयरामले दक्षिण एशियाली मुलुकका मिडियाले भोगेका विद्यमान समस्याको छलफल गरी सामूहिक समाधन खोज्न तथा अन्तरदेशीय सञ्चार सीप, क्षमता र ज्ञान अभिवृद्धि गर्न काउन्सिल नेपाल च्याप्टरले भूमिका खेल्ने उल्लेख गरे ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य ईश्वरी ओझा र नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्टले नेपालमा मिडिया क्षेत्रका समसामयिक समस्याबारे जानकारी गराएका थिए ।

काउन्सिल नेपाल च्याप्टरका अध्यक्ष लक्ष्मणदत्त पन्तले मिडिया क्षेत्रका साझा समस्याको छलफल गरी आगामी रणनीति बनाउन सम्मेलनले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

काउन्सिलले दक्षिण एशियाली मुलुकका साझा चुनौतीका रुपमा रहेका आर्थिक, सामाजिक, राजनीतिक, सम्पादकीय स्वतन्त्रताको प्रत्याभूतिका लागि सामूहिक पहलकदमी गर्ने बताइएको छ ।

एक दिवसीय एशिया सम्मेलनमा दक्षिण एशियाली मुलुकमा सम्पादकीय स्वतन्त्रताका विषयमा प्राध्यापक पी खरेलले विशेष प्रस्तुति गर्नेछन् भने पत्रकारहरु प्रतीक प्रधान, तीर्थ कोइराला, धमेन्द्र झा, प्रकाश रिमाल, जगदीश पोखरेल लगायतले मिडियासम्बन्धी प्रस्तुति दिन्छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending