Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

सरकारले दसैंअघि गाडी भाडा नबढाउने

काठमाडौँ । सरकार र यातायात व्यवसायीले दसैंअघि गाडी भाडा नबढ्ने बताएका छन् । यातायात विभागले चाडबाडमा यात्रु बसलाई सहज बनाउन सरोकारवालासँगको छलफललाई तीव्र बनाएको छ ।

आजको कान्तिपुरमा खबर छ - यातायात व्यवसायी भाडा बढाउन बैठक बसिरहेका छन् भन्ने हल्ला मात्रै हो । भाडाबारे निर्णय सरकारले गर्छ,’ नेपाल यायायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने, ‘भाडा समायोजनको विषयमा सरकारसँग हामीले कुनै बार्गेनिङ गरेका छैनौं ।’ एक साताको समय मागेर दसैंमा यात्रुलाई सहज रूपमा सेवा दिन सकिन्छ भन्नेबारे देशभरका व्यवसायी जम्मा भएर छलफल गरिरहेको उनले बताए । दसैंमा उपत्यकाबाट करिब २० लाख यात्रु बाहिरिने गरेका छन् ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले पनि दसैंअघि गाडी भाडा नबढ्ने दाबी गरे । ‘यात्रुलाई सहज र सुरक्षित तरिकाले घरसम्म पुग्ने व्यवस्था हामी गर्दै छौं,’ उनले कान्तिपुरसँग भने, ‘दसैं मनाएर सुरक्षित तरिकाले काठमाडौं फर्कने वातावरण पनि हामीले सिर्जना गर्ने छौं ।’ उनका अनुसार केही दिनअघि नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल, काठमाडौंमा रहेका यातायात व्यवस्थापन कार्यालयका प्रमुख, ट्राफिक प्रहरी, उपभोक्ता मञ्चको टोलीलाई बोलाएर छलफल गरिएको थियो । छलफलबाट उपत्यकाको १४ स्थानमा नागरिक सहायता कक्ष सञ्चालन गर्ने निर्णय भएको छ ।

‘सर्वसाधारणको बढी चाप हुने, बढी टिकट काटिने ठाउँमा नागरिक सहायता कक्ष राखिनेछ,’ उनले भने, ‘यो सेवा असोज १० देखि १८ गतेसम्म सञ्चालन हुनेछ ।’ उनका अनुसार गौशाला, नयाँबस पार्क, चाबहिल, कोटेश्वर, बल्खु, कलंकी, नागढुंगालगायत १४ स्थानमा सहायता कक्ष रहनेछन् ।

जहाँ ट्राफिक प्रहरी, यातायात व्यवस्था विभागका कर्मचारी, उपभोक्ता समाज प्रतिनिधि रहनेछन् । टिकट काट्ने क्रममा यात्रुलाई अप्ठ्यारो परेमा तत्काल नागरिक सहायता कक्षले समाधान गर्ने छ । यात्रुले समस्या पर्नसाथ सहायता कक्षमा गएर जानकारी गराउन पाउने छन् ।

बढी भाडा लिने र टिकटमा बस नम्बर भएरनभएकोबारे हेरेर तत्काल समाधान गर्ने योजना छ । सहायता कक्षमा यातायात कार्यालयका कर्मचारी र ट्राफिक प्रहरी पनि हुने भएकाले उनीहरूलाई यातायात व्यवसायीबाट कुनै गल्ती गरेको भेटिए तत्कालै अधिकतम जरिवाना गर्नेसम्मको अधिकार दिइएको उनले बताए ।

‘यसपटक टिकट बुकिङ व्यवस्थित गर्ने छौं, दसैंका बेला सवारी साधनको संख्या अन्य समयको भन्दा सीमित हुने, धेरै यात्रु बाहिरिने भएकाले सवारी साधन नपुग्ने हुन्छ,’ उनले भने, ‘यो बेला अन्य रुटमा चलेका सवारी साधनलाई पनि ल्याउनुपर्ने अवस्था हुन्छ ।’ उनले गत वर्षजस्तो यो वर्ष टिकट नपाउने, टिकटमा कालोबजारी हुने समस्या नरहने दाबी गरे ।

‘यस्तो समस्या नहोस् भन्नका लागि गत वर्ष काठमाडौंको कुन–कुन रुटबाट कति कति यात्रु बाहिरिए भन्ने तथ्यांक संकलन गरिरहेका छौं,’ उनले भने, ‘अहिले ती रुटमा कति सवारी साधन गुडिरहेका छन्, यसबारे अध्ययन गरिरहेका छौं ।’ अध्ययनपश्चात् थप बस कति चाहिने र कहाँबाट ल्याउने भन्ने योजनासहित यातायात व्यवसायीलाई आउन भनिएको उनले बताए । विभागले यात्रुलाई यात्रामा सहज बनाउन सम्बन्धित प्रदेशहरूमा पनि पत्राचार गर्ने जनायो ।

‘यात्रु कति हुन्छन्, साधन कति उपलब्ध छन्, नयाँ थपिने कति हुन्, थप साधन कताकताबाट ल्याउन सकिन्छ भनेर व्यवस्थित तरिकाले अघि बढौं भन्ने छ,’ उनले भने, ‘यसबारे दैनिक छलफल भइरहेको छ, यही २५ गते यातायात व्यवसायी राष्ट्रिय महासंघको टोलीलाई बोलाएका छौं, योजनाबारे टुंगिए २६ गतेबाटै टिकट खुला गर्ने सोचमा छौं ।’

दसैं आउनु १५ दिनअघिबाट टिकट खुला गर्ने बताए । ‘सवारी साधनको भाडा दर यात्रुले थाहा पाउने गरी गाडीमा टाँस्नैपर्नेछ,’ उनले भने, ‘भाडा एउटै हुन्छ, बढी भाडा लिए ऐनअनुसार तत्काल कारबाही गर्नेछौं ।’ अहिले जति छ, त्यही भाडादरमा यात्रुले गन्तव्यसम्म पुग्न पाउनेछन् । ‘चाडबाडको मौका छोपेर सिट क्षमताभन्दा बढी यात्रु बोक्न पाइने छैन,’ उनले भने, ‘गाडीमा डिलक्स लेख्या हुन्छ तर डिलक्सको कुनै सुविधा हुँदैन, यसलाई कडाइका साथ हेर्न भनेका छौं, दायाँबायाँ गरे ठाउँको ठाउँ जरिवाना गर्नेछौं ।’ उनले अनुगमनलाई प्रभावकारी बनाउने बताए ।

विभागले प्याब्सन र एन प्याब्सनसँग छलफल गरेर दसैंको दुईरतीन दिनअघि नै विद्यालय बन्द गर्न आग्रह गर्ने जनाएको छ । ‘विद्यालय, क्याम्पस, सरकारी कार्यालय र प्राइभेट कम्पनीहरूको बिदा एकैचोटि हुँदा समस्या हुने गरेको छ,’ उनले भने, ‘जसले गर्दा एकैपटक यात्रुको चाप हुन्छ, यसलाई मध्यनजर गर्दै अलिअघि विद्यालय क्याम्पस बिदा भए सजिलो हुने थियो ।’

यता सिटौलाले योपटक विगतभन्दा समस्या हुने बताए । ‘यसपटक नयाँ गाडी आएनन्, नयाँ नआउनुको कारण बैंकले सवारी कर्जामा कडाइ गर्नु मुख्य समस्या हो,’ उनले भने, ‘जसले गर्दा नयाँ गाडी बुक भएनन् ।’ अर्को समस्या यातायात क्षेत्रमा देखिएको अन्योल हो ।

‘हिजोको जस्तो परिस्थिति छैन, बिमाको प्रस्ट नीति भएन, सवारीको सुरक्षा छैन,’ उनले भने । उनले जस्तोसुकै परिस्थिति भए पनि यात्रुलाई चाडबाडमा समस्यामा नपार्ने दाबी गरे । ‘देशैभर यातायात व्यवसायीलाई आह्वान गरेर सम्पूर्ण गाडीहरू अग्रिम टिकट बुकिङ खुला गरेपछि काठमाडौं ल्याउन भनेका छौं,’ उनले भने, ‘सहरी क्षेत्रमा मात्र यात्रु लगेर मात्र भएन, गाउँगाउँसम्म लिएर जानुपर्छ ।’ वर्षात्ले गर्दा सडक बिग्रिएकाले त्यसलाई यथाशीघ्र मर्मत गर्नुपर्ने माग महासंघको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending