Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

प्रियंका चोपडाले भारतीय सेनाको समर्थन गरेको भन्दै अमेरिकामा आक्रोश

एजेन्सी। भारत-पाकिस्तान तनाव चर्किँदै गर्दा भारतीय अभिनेत्री प्रियंका चोपडाले भारतीय सेनाको समर्थन गर्दै एउटा ट्वीट लेखेपछि उनीविरुद्ध युद्ध उक्साउन खोजेको आरोप लागेको छ।

लस एन्जलसमा चोपडा सहभागी एक सौन्दर्य सम्मेलनमा सहभागी एक पाकिस्तानी-अमेरिकी महिलाले उनलाई आडम्बरीको सङ्ज्ञा दिइन्।

गत फेब्रुअरीमा प्रियंका चोपडाले ट्विटरमा लेखेकी थिइन् - \"जय हिन्द ##IndianArmedForces\"।

त्यतिबेला परमाणुअस्त्र भएका ती दुई छिमेकी देशबीचको सम्बन्ध तनावपूर्ण थियो।

गत सप्ताहान्तमा चोपडा ब्यूटिकन नामक संस्थाले आयोजना गरेको कार्यक्रमको मञ्चमा थिइन्। त्यतिबेला दर्शकदीर्घामा बसेकी पाकिस्तानी-अमेरिकी महिला आयेशा मलिकले उनलाई प्रश्न गरिन्।

\'तपाईँले मानवताको बारेमा कुरा गरेको सुन्न अलि कठिन भयो किनभने तपाईँको छिमेकी पाकिस्तानीको रूपमा मलाई थाहा छ तपाईँ अलि आडम्बरी हुनुहुन्छ, \'आयेशा मलिकले भनिन्।

उनले पछि एउटा भिडिओ ट्विटरमा पनि राखिन्।

उनले चोपडाले फेब्रुअरीमा लेखेको ट्वीटको प्रसङ्ग कोट्याउँदै भनिन्, \'तपाईँ (राष्ट्रसङ्घीय बालकोष) युनिसेफको शान्तिदूत पनि हुनुहुन्छ र पनि तपाईँ पाकिस्तानविरुद्ध परमाणुयुद्धलाई उक्साइरहनु भएको छ। यसमा कसैको जित हुँदैन।\'

मलिकले अझै बोलिरहने देखिएपछि उनको माइक खोसिएको थियो।

त्यसपछि सन् २०१६ देखि युनिसेफको सद्भावनादूत रहेकी चोपडाले मलिकलाई जबाफ दिइन्। उनले पाकिस्तानमा आफ्ना धेरै मित्रहरू रहेको बताउँदै आफू युद्धको पक्षमा नभएको बरु देशभक्त चाहिँ भएको बताइन्।

https://twitter.com/priyankachopra/status/1100454040364707840?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1100454040364707840&ref_url=https%3A%2F%2Fwww.bbc.com%2Fnepali%2Fnews-49340832

भारत-प्रशासित कश्मीरमा ४० जना भारतीय सैनिकको ज्यान जानेगरी भएको आक्रमणको जिम्मेवारी पाकिस्ताबाट सञ्चालन भएको मानिने एउटा आतङ्कवादी समूहले लिएपछि भारत र पाकिस्तानबीचको तनाव चरमोत्कर्षमा पुगेको थियो।

त्यसपछि भारतले पाकिस्तानी भूभागमा हवाई आक्रमण गरेपछि प्रियंकाले ट्वीट गरेकी थिइन्।

https://twitter.com/Spishaa/status/1160621420818251776?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1160621420818251776&ref_url=https%3A%2F%2Fwww.bbc.com%2Fnepali%2Fnews-49340832

चोपडाले आयेशा मलिकको आरोपको जबाफ दिइन्, तर मलिकको बोल्ने शैलीको आलोचना गरिन्।

चोपडाले भनिन्, \'पाकिस्तानमा मेरा धेरैधेरै साथीहरू छन्। म भारतबाट आएकी हुँ, तर मलाई युद्ध मन पर्दैन। तर म देशभक्त छु। मैले कसैको भावनामा चोट पुर्‍याएकी रहेछु भने क्षमाप्रार्थी छु। तर मलाई लाग्छ हामी सबैले हिँड्ने एउटा बीचको बाटो हुन्छ। त्यो तपाईँको पनि छ होला।\'

चोपडाले भनिन्, \'तपाईँ नचिच्याउनुहोस्। हामी सबै यहाँ प्रेमका लागि आएका छौँ। नचिच्याउनुहोस्। तपाईँको उत्साह, प्रश्न र आवाजका लागि धन्यवाद।\'

मलिकले पछि आफूलाई चोपडाको जबाफ चित्त नबुझेको बताइन् र उनी ट्वीटरकी \'खराब मान्छे\' भएको प्रतिक्रिया दिइन्।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending