मुस्ताङ। फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मुस्ताङका आवश्यक पर्ने मतपत्रबाहेक सम्पूर्ण सामग्री आइपुगेको छ ।
जिल्ला निर्वाचन कार्यालय मुस्ताङका अनुसार मतपेटिका, मतदानमा प्रयोग हुने मसी मार्कर, छाप, स्टिकर लगायत निवार्चनमा प्रयोग हुने ५१ प्रकारका विभिन्न सामग्रीको तयारी पूरा भएको छ । जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीका अनुसार निर्वाचन आयोगबाट १६ र जिल्ला निर्वाचन कार्यालयले ३७ प्रकारका निर्वाचन सामग्रीगीको व्यवस्थापन गरिएको छ ।
निर्वाचन अधिकृत ज्ञवालीले भने, ‘‘निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ, अब सामग्रीसहित कर्मचारीलाई मतदान केन्द्रमा खटाउँछौ ।’’ निर्वाचन सामग्रीमा मतपेटिका, मतदानमा प्रयोग हुने मसी मार्कर, छाप, स्टिकर तथा रङ्गीन मतदाता नामावली सहितका साम्रागीलाई मतदान अधिकृत र सहायक मतदान अधिकृतका तालिम पश्चात जिम्मा लगाइने निर्वाचन अधिकारी ज्ञवालीको भनाइ छ।
मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुग्नेछ । मुस्ताङमा सोमबार मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत कर्माचारीलाई तालिम दिएर मतदान केन्द्रमा पठाइने छ । मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेलले मतपत्र यसैसाता मुस्ताङमा आउने बताए।
मुख्य निर्वाचन अधिकृत पौडेलले निर्वाचनको तयारी, मतदानस्थलको अनुगमन सहित अन्य काम तिब्र गतिमा अगाडी बढेको बताए । मुस्ताङमा ३९ मतदानस्थलमा एक जगेडामा राख्ने गरी ४० मतदान अधिकृत र सहायक मतदान अधिकृत रहेका छन्। मुस्ताङमा थासाङ, घरपझोङ, बारागुङ मुक्तिक्षेत्र, लो घेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिकाका २५ वटै वडामाकुल ११ हजार ३ सय २८ मतदाता रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १३ गते, २०८३ - १५:२२
सल्यान । सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि नि:शुल्क वितरण गरिने औषधिको अभाव भएको छ । यहाँका अस्पतालहरूमा उच्च रक्तचाप, मधुमेह, मान...
आषाढ़ १३ गते, २०८३ - १५:०८
काठमाडौँ। चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व सङ्कलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल गरेको छ । सरकारको दैनिक बजेटरी हिस...
आषाढ़ १३ गते, २०८३ - १४:५५
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न सरोकार भएका सबै निकायबिच प्रभावकारी समन्वय र सहकार्...
आषाढ़ १३ गते, २०८३ - १४:२५
नेपालगन्ज। बाँके जिल्लाको नेपालगन्ज, कोहलपुर र खजुरा लगायतका क्षेत्रमा गत केहिदिनदेखि अत्यधिक गर्मी बढेको छ । अत्यधिक गर्मी बढेकै समयमा जिल्लाको वि...
आषाढ़ १३ गते, २०८३ - १४:१०
काठमाडौं । सरकार गठन भएको सय दिन पूरा हुनुअघि नै उद्योगमन्त्री गौरीकुमारी यादवले ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन प्रधानमन्त्री बालेन शाह लाई बुझाएकी छ...
आषाढ़ १३ गते, २०८३ - १३:२५
कालीकोट । तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत रु १० हजार खर्च उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष २०८३/...
आषाढ़ १३ गते, २०८३ - १३:१२
काराकास। भेनेजुएलामा बुधबार गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुगेको छ । मृतकमध्ये विभिन्न देशका नागरिक पनि रहेको सम्बन्धित देशहरू...
आषाढ़ १३ गते, २०८३ - १२:५५
ललितपुर। काठमाडौँ उपत्यकामा पछिल्लो तीन महिनायता देखिएको बर्डफ्लु (एच-फाइभ एन-वान) सङ्क्रमण हाल तीव्र रूपमा फैलिन थालेको छ। पशुसेवा विभागका अनुसार हाल...
आषाढ़ १३ गते, २०८३ - १२:२७
काठमाडौँ। न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा शनिबार भएक...
आषाढ़ १३ गते, २०८३ - ११:४७
विराटनगर। विराटनगरका नेपाली कांग्रेस नेता अभिषेक गिरी पक्राउ परेका छन्। शनिबार बिहान प्रहरीले उनको घरमा छापा मारेर खानतलासी गरेपछि उनलाई नियन्त्रणमा ल...



प्रतिकृया लेख्नुहोस्: