बझाङ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बझाङमा प्रशासन र निर्वाचन संयन्त्रले तयारी तीव्र पारेका छन् ।
मतदाता शिक्षा, जनशक्ति व्यवस्थापनदेखि सुरक्षा रणनीतिसम्मका कार्य अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालय बझाङका प्रमुख वसन्तबहादुर धानुकदे बताए। उनले निर्वाचनमा १ हजार १ सय ३४ जना कर्मचारी खटनपटन भइसकेको र उनीहरूलाई आवश्यक तालिम दिने तयारी भइरहेको उहाँले जानकारी दिए।
फागुन ३ गतेदेखि जिल्लाका १२ वटै स्थानीय तहका ९४ वडामा स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ । “मतदातालाई मतदान प्रक्रियाबारे स्पष्ट जानकारी दिन स्वयंसेवक परिचालन गरेका छौँ,” धानुकले भने।
सुरक्षा व्यवस्थातर्फ यसपटक २०७९ सालको निर्वाचनभन्दा थप कडाइ गरिएको प्रशासनको दाबी छ । प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरी र जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्र धमलाले विगतका कमजोरी नदोहोरिने गरी सुरक्षा योजना तयार गरिएको बताए।
निर्वाचनका लागि ७ सय ११ जना नेपाल प्रहरी, ४ सय ८ जना नेपाली सेना, १ सय ८४ जना सशस्त्र प्रहरी र १ हजार ५ सय ८० जना निर्वाचन प्रहरी गरी कुल २ हजार ८ सय ८३ जना सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सबै तयारी पूरा भएको प्रशासनले जनाएको छ ।
जिल्लामा कुल १ लाख २६ हजार ९ सय ३ मतदाता रहेका छन् । तीमध्ये ६२ हजार २ सय ८९ पुरुष र ६४ हजार ६ सय १४ महिला मतदाता छन् । निर्वाचनका लागि २ अस्थायी मतदान केन्द्र, १ सय ८९ स्थायी मतदान केन्द्र र १ सय ३७ मतदान स्थल तोकिएका छन् ।
तीमध्ये ३ मतदान स्थल सामान्य, ४९ संवेदनशील र ८५ अति संवेदनशील श्रेणीमा वर्गीकृत गरिएको छ । जिल्ला कारागार र जिल्ला समन्वय समितिको कार्यालयमा अस्थायी मतदान केन्द्र स्थापना गरिने भएको छ । मुख्य निर्वाचन अधिकृत सुवर्णमान बनेपालीका अनुसार जिल्लामा ५१ प्रकारका निर्वाचन सामग्री पुगिसकेको छ । “केही दिनभित्र मतदान स्थलमा सामग्री ढुवानी र व्यवस्थापन गरिने छ,” उनले भने।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०८३ - १६:१४
काठमाडौँ। बङ्गलादेशको राजधानी ढाकामा आयोजित ‘इम्पेरियल फोटो जर्नालिस्ट अप्रिसिएसन अवार्ड २०२६’ बाट नेपालका १० जना फोटोपत्रकार सम्मानित भएका छन् । ब...
बैशाख २० गते, २०८३ - १५:५५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार बन्न चाहने सदस्यहरूका लागि नयाँ योग्यता मापद...
बैशाख २० गते, २०८३ - १५:४९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उद्योगी व्यवसायीहरूलाई डर–त्रासमा नपर्न आग्रह गरेका छन्। आइतबार निजी क्षेत्रक...
बैशाख २० गते, २०८३ - १५:४२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली को हाल राजनीतिक भेटघाट नियन्त्रित गरिएको छ। हालै पत्थरीको शल्यक्रिया गरेका उनी ...
बैशाख २० गते, २०८३ - १४:०५
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले स्वतन्त्र प्रेसबिना सुशासन, पारदर्शिता र जनविश्वास मजबुत हुन नसक्ने बताएका छन् । ...
बैशाख २० गते, २०८३ - १३:५९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक सुरू भएको छ। पार्टी मुख्यालय घण्टीघरमा जारी बैठकमा समसामयिक राजनीतिक तथा सां...
बैशाख २० गते, २०८३ - १३:५१
काठमाडौं । सरकारले नदी किनारमा रहेका जोखिमयुक्त बस्तीहरूको स्थानान्तरण प्रक्रियाका क्रममा छुटेका नागरिकलाई सम्पर्कमा आउन आह्वान गरेको छ। शहरी विकास...
बैशाख २० गते, २०८३ - १३:४०
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका नवनियुक्त महानिरीक्षक(आईजीपी) नारायणदत्त पौडेलले सोमबार दर्ज्यानी चिन्ह (फुली) लगाउने भएका छन्। १८ वैशाखमा चार...
बैशाख २० गते, २०८३ - १३:१३
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सीके राउतले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै तत्काल सुधार गर्न चेतावनी...
बैशाख २० गते, २०८३ - १३:०६
काठमाडौं । अनामनगरस्थित साततले घरमा डोजर चलाइएको छ। सरकारी जग्गा अतिक्रमण गरेको आरोपमा भत्काउन सुरु गरिएको उक्त घर पूर्ण रूपमा नभत्काइ आंशिक क्षति पुर...


प्रतिकृया लेख्नुहोस्: