काठमाडौं । धादिङमा भएको भीषण बस दुर्घटनाको घटनाबारे सरकारले छानबिन गर्ने निर्णय गरेको छ। दुर्घटनामा ठूलो जनधनको क्षति भएपछि सोमबार गृह मन्त्रालयमा बसेको उच्चस्तरीय बैठकले औपचारिक रूपमा छानबिन समिति गठन गर्ने निर्णय गरेको हो।
गृह मन्त्रालयकी सहप्रवक्ता रमा आचार्यका अनुसार बैठकमा गृहमन्त्री ओम प्रकाश, भौतिक पूर्वाधार मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, यातायात व्यवसायी महासंघका प्रतिनिधि, तीनवटै सुरक्षा निकायका प्रमुख तथा अन्य सरोकारवाला निकायका पदाधिकारीहरू सहभागी थिए। छलफलपछि दुर्घटनाको कारण पत्ता लगाउन समिति बनाउने सहमति भएको हो।
पोखराबाट काठमाडौं आउँदै गरेको ग२ख १४२१ नम्बरको बस आइतबार राति करिब १ बजेतिर धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैंसेगौडा भन्ने स्थानबाट त्रिशूली नदी किनारमा खसेको थियो। दुर्घटनामा १८ जनाको मृत्यु भएको पुष्टि भएको छ। जसमध्ये १७ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा ल्बतष्यलब ित्चबगmब ऋभलतभच मा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएकामध्ये १० जनालाई कलंकीस्थित ल्बतष्यलब िऋष्तथ ज्यकउष्तब िमा उपचारका लागि लगिएको छ। त्यस्तै १५ जनालाई ट्रमा सेन्टर पुर्याइएकोमा एक जनाको उपचारका क्रममा मृत्यु भएको र १४ जनाको उपचार भइरहेको छ।
सरकारले गठन गर्ने छानबिन समितिले दुर्घटनाको कारण, सम्भावित लापरवाही, सडक र सवारीको अवस्था लगायतका विषयमा अध्ययन गरी प्रतिवेदन पेश गर्ने अपेक्षा गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ११ गते, २०८२ - १२:५९
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले धादिङमा भएको बस दुर्घटनाप्रति दु:ख व्यक्त गरेको छ । पोखराबाट काठमाडौँ आउँदै गरेको ग १ ख १४२१ नम्बरको ...
फाल्गुन ११ गते, २०८२ - १२:४८
कालीकोट। मोटरसाइकल दुर्घटनामा परेर कालीकोटमा एक जनाको मृत्यु भएको छ । कालीकोट सदरमुकाम मान्मदेखि घर जानेक्रममा पचालझरना गाउँपालिका –४ का जन्मप्रसाद न्...
फाल्गुन ११ गते, २०८२ - १२:२९
काठमाडौँ । दक्षिण कोरियामा रहेका विभिन्न देशका ११६ कूटनीतिक नियोग तथा दूतावासमध्ये तीन देशका राजदूतलाई ‘उत्कृष्ट राजदूत अवार्ड बेस्ट’ मार्फत विशेष सम्...
फाल्गुन ११ गते, २०८२ - १२:०५
काठमाडौँ। पोखराबाट काठमाडौँ आउँदै गर्दा धादिङमा दुर्घटना भएको ग। २ ख। १४२१ नम्बरको यात्रुवाहक बसका घाइते यात्रुमध्ये २२ जनालाई थप उपचारका लागि काठमाडौ...
फाल्गुन ११ गते, २०८२ - ११:५३
बझाङ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बझाङमा प्रशासन र निर्वाचन संयन्त्रले तयारी तीव्र पारेका छन् । मतदाता शिक्षा, जनश...
फाल्गुन ११ गते, २०८२ - ११:४३
काठमाडौं । धादिङमा भएको भीषण बस दुर्घटनाको घटनाबारे सरकारले छानबिन गर्ने निर्णय गरेको छ। दुर्घटनामा ठूलो जनधनको क्षति भएपछि सोमबार गृह मन्त्रालयमा बसे...
फाल्गुन ११ गते, २०८२ - ११:२९
मुस्ताङ। फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मुस्ताङका आवश्यक पर्ने मतपत्रबाहेक सम्पूर्ण सामग्री आइपुगेको छ । जिल्ला निर्वाचन का...
फाल्गुन ११ गते, २०८२ - ११:२०
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइका लागि सर्वोच्च अदालतमा पेसी तोकिएको छ। न्यायाधीशद्वय नहकुल सुवेदी र ...
फाल्गुन ११ गते, २०८२ - ११:०३
पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। आइतबार साँझ दुई युवा समूहबीच झडप भएपछि उत्पन्न सु...
फाल्गुन ११ गते, २०८२ - १०:५४
काठमाडौँ । सुनचाँदीको मूल्य आज पुन: बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ३ लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको...



प्रतिकृया लेख्नुहोस्: