एजेन्सी । उत्तर कोरीयाले दुई पटक छोटो दूरीको क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाका अधिकारीहरूले बताएका छन्।
स्थानीय समय अनुसार शुक्रवार बिहान सबेरै देशको पूर्वी तटीय क्षेत्रमा ती परीक्षण गरिएका थिए।
अमेरिका र दक्षिण कोरियाबीच यसै महिना संयुक्त सैन्य अभ्यास गर्ने योजनाप्रतिको प्रतिक्रियाको रूपमा परीक्षणहरूलाई लिइएको छ।
दक्षिण कोरियाको सेनाका जोइन्ट चीफ एप स्टाफ ९जेसीएस० का अनुसार स्थानीय समय अनुसार विहान ०२स्५९ र ०३स्२३ मिनेटमा गरिएका ती प्रहार सी अफ जापानमा खसेका थिए।
ट्रम्पलाई छैन चिन्ता
फेडरेसन अफ अमेरिकन साइन्टिस्टस् सम्बद्ध अङ्कित पाण्डाका अनुसार यसअघि प्रयोग नभएको क्षेत्र अहिले क्षेप्यास्त्र परीक्षणस्थलको रूपमा देखिएको छ।
उनले भने, लगातार रात्रिकालीन परीक्षण गरिरहेको किम जोङ-अन शासनले यसअघि प्रयोग नभएका वा निकै कम प्रयोग भएका क्षेत्रहरूबाट परीक्षण गर्ने लक्ष्य लिएको देखिन्छ।
ह्वाइट हाउसमा बोल्दै राष्ट्रपति डोनल्ड ट्रम्पले पछिल्ला परीक्षणहरू छोटो दूरीका र निकै सामान्य भएको भन्दै त्यसबाट आफू चिन्तित नभएको बताएका छन्।
बुधवार उत्तर कोरियाले परिक्षण गरेका दुईवटा क्षेप्यास्त्रले २५० किलोमिटर दूरी पार गरेको दक्षिणले बताएको थियो।
उसका अनुसार ती अघिल्ला भन्दा फरक खालका क्षेप्यास्त्र थिए।
आक्रोशको कारण
तर बिहीवार प्योङयाङले विस्तृत विवरण नदिएरै आफूले नयाँ क्षेप्यास्त्र प्रहार प्रणालीको परीक्षण गरेको जनाएको थियो।
जुलाई २५ मा उत्तरले गरेका दुईवटा क्षेप्यास्त्र परीक्षणमध्ये एउटाले ६९० किलोमिटर दूरी पार गरेको थियो।
ट्रम्प र उत्तर कोरियाली नेता किमबीच दुई कोरियालाई छुट्याउने गैरसैनिक इलाकामा विना कुनै योजना जुन महिनामा भएको वार्तापछि भएको त्यो नै पहिलो परीक्षण थियो।
उक्त बैठकमा दुवै नेता पारमाणविक निरस्त्रीकरण वार्ता पुनः थाल्न सहमत भएको बताइएको थियो।
उत्तर कोरियाले हालसालै अमेरिका र दक्षिण कोरियाबीच आयोजना हुन लागेको संयुक्त सैन्य अभ्यासप्रति आक्रोश व्यक्त गरेको थियो।
दुवैले उक्त अभ्यास रद्द गर्न अस्वीकार गरेका छन्। तर अर्थपूर्ण रूपमा त्यसलाई पछाडि धकेलेका छन्।
उत्तर कोरियाले त्यसलाई युद्धको तयारीको रूपमा हेरेको छ।
उसले सिंगापुरमा गत वर्ष ट्रम्प र आफ्ना नेता किमले गरेको वार्तामा दुवैको हस्ताक्षरमा जारी संयुक्त वक्तव्यको ुमर्म विपरीतु भएको ठानेको छ।
उसले सैन्य अभ्यासका कारण वार्ता फेरि गर्ने कुरा प्रभावित हुने चेतावनी दिएको छ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले छिट्टै वार्ता हुनसक्ने आशा व्यक्त गरेक थिए। तर थप संवादको कुनै योजना देखिएको छैन।
पछिल्ला दिन क्षेप्यास्त्र परीक्षणलाई गति दिइरहेको उत्तर कोरियालाई अमेरिकासँग अर्थपूर्ण वार्ताहरूमा सहभागी हुन ब्रिटेन, फ्रान्स र जर्मनीले आग्रह गरेका छन्।
राष्ट्रसङ्घीय सुरक्षा परिषद्को बन्दसत्रको बैठकपछि ती देशहरूले प्योङयाङले आफ्नो बलिस्टिक क्षेप्यास्त्र र पारमाणविक कार्यक्रम समाप्त नगर्दासम्म अन्तर्राष्ट्रिय प्रतिबन्धहरू पूर्ण रूपमा लागु हुनुपर्ने खाँचो रहेको बताए।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: