Khabar Dabali १२ बैशाख २०८३ शनिबार | 25th April, 2026 Sat

थापाथली क्षेत्रका चालिस प्रतिशत घरटहरा हटाइयो

खबरडबली संवाददाता

काठमाडौँ। थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका छन् । हालसम्म ४० प्रतिशत टहरा हटाइएका छन् ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र काठमाडौँ महानगर प्रहरीले संयुक्त रूपमा घरटहरा हटाइरहेका छन् । बल प्रयोग नगरी शान्तिपूर्ण रूपमा थापाथली क्षेत्रका करिब ४० प्रतिशत घरटहरा हटाइसकिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जानकारी दिए।

“अवैध रूपमा बनाइएका संरचना हटाउन सुरक्षाकर्मीले बल प्रयोग गर्नुपर्ने अवस्था कहीँ पनि छैन । त्यहाँ बसोवास गरिरहनुभएका नागरिकले सरकारको अभियानलाई सहयोग गरिरहनुभएको छ”, प्रजिअ पौडेलले भने, “सुकुमवासीलाई घरटहरा खाली गर्न सुरक्षाकर्मीले मद्दत गरिरहेका छन् ।”

आवश्यक पर्नेलाई सुरक्षाकर्मीले मानवीय सहायता पनि गरिरहेका उनले जानकारी दिए । सरकारले दुई दिन अघि देखिनै जोखिमयुक्त सार्वजनिक क्षेत्रमा बसिरहेका सुकुमवासी तथा भूमिहीनलाई आफ्ना सरसामान, पशुचौपायलाई सुरक्षित स्थानमा सार्न आग्रह गर्दै आएको थियो ।

थापाथली क्षेत्रमा अवैध संरचान हटाउन सुरक्षाकर्मी, प्राविधिक, डोजर अपरेटर, एम्बुलेन्स, सामग्री ओसापसार गर्ने ट्रक, उद्धार गरिएको नागरिकलाई पहिलो आश्रय स्थलसम्म लैजान कर्मचारी ओसार्न प्रयोग हुँदै आएका सवारी साधन सञ्चालन गरिएको प्रजिअ पौडेलले जानकारी दिए।

“धेरैले आफ्नो व्यवस्थापन आफैँ गरेका छन् । सहयोग आवश्यक पर्नेहरू सरकारसँग माग्न आउनुहुन्छ, उहाँहरूलाई सोही अनुसार व्यवस्थापन गर्छौं,” प्रजिअ पौडेलले भने।

थापाथलीका सुकुमवासीलाई त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाालामा राखिएको छ । त्यहाँ उनीहरूको विवरण सङ्कल भइरहेको छ । वास्तविक सुकुमवासी पहिचान भएपछि उहाँहरूलाई अस्थायी बसोवासका लागि व्ययवस्था गरिएको स्थानमा स्थानान्तरण गरिने छ ।

अस्थायी बसोवासको प्रबन्ध सहरी विकास मन्त्रालयले गरिरहेको छ ।“सुरक्षाकर्मीहरूले उहाँहरूका सरसामग्रीको सुरक्षा, अपङ्गता भएका, ज्येष्ठ नागरिक, बिरामी, अशक्त, दीर्घरोगी, बालबालिका, गर्भवती, सुत्केरीलगायत मानवीय सहयोग उपलब्ध गराइरहनुभएको छ”, प्रजिअ पौडेलले भने, “उपचार सेवा आवश्यक भएकालाई अपस्पताल पठाइएको छ ।” बस्तीबाट सामान सार्नका लागि सरकारी ट्रकको पनि प्रयोग गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी पौडेलले आज काठमाडौँको थापाथली क्षेत्र र गैरीगाउँ सिनामङ्गल क्षेत्रका घरहटरा हटाइने जानकारी दिए। “समयले भ्याएसम्म आजै मनोहरा क्षेत्रमा पनि त्यस्ता बस्ती हटाउन सुरु गरिने छ”, उनले भने।

यसैबिच, मनोहराका सुकुमवासी पनि घरटहरा छाडेर  गएका छन् । उनीहरूलाई सुरक्षाकर्मीले आफ्ना सामग्रीलाई सुरक्षित स्थानमा लैजान अनुरोध गरिरहेका छन् ।

प्रधानमन्त्री वालेन्द्र शाहले शनिबार र आइतबार काठमाडौँ उपत्यकाका नदी किनारामा अवैध ढङ्गले बनाइएका घरटहरा हटाउन निर्देशन दिएको थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अभिव्यक्तिमा विवादपछि रास्वपा सांसद विश्वराजले मागे माफी, भएको के थियो ?

काठमाडौं । आफ्नै अभिव्यक्तिका कारण विवादमा तानिएका विश्वराज पोखरेल ले सार्वजनिक रूपमा माफी मागेका छन्। ओखलढुङ्गाबाट निर्वाचित तथा पूर्व एआइजीसमेत र...

गाजा युद्धपछि पहिलो पटक मतदान अभ्यास गर्दै प्यालेस्टिनीहरु

रामल्लाह। गाजा युद्धपछि पहिलो पटक शनिबार वेस्ट बैँक र गाजाको मध्य क्षेत्रमा प्यालेस्टिनीहरूले स्थानिय चुनावमा मतदान गर्न लागेको जनाइएको छ । रामल्लाहस्...

दशरथ रङ्गशालामा सुकुमवासीको ‘स्क्रिनिङ’: चार परिवारलाई कीर्तिपुर पठाइयो

काठमाडौँ। थापाथलीस्थित बागमती नदी किनारमा बसोबास गर्दै आइरहेका सुकुमवासी र भूमिहीनको ‘स्क्रिनिङ’ जारी छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा काठमाडौ...

कानुन व्यवसायीमाथि हातपात

खजुरा। नेपालगन्जमा एक जना कानुन व्यवसायीमाथि हातपात भएको नेपालगन्ज उच्च अदालत बार एसोसिएसन र बाँके जिल्ला अदालत बार एसोसिएसनले जनाएका छन् । नेपालगन...

गैरीगाउँको सुकुमवासी बस्तीमा पनि चल्न डोजर सुरु

काठमाडौं । काठमाडौंको गैरीगाउँस्थित बागमती नदी किनारका सुकुमवासी बस्तीमा बनेका संरचना हटाउने कार्य सुरु गरिएको छ। शनिबार बिहानदेखि सरकारले काठमाडौंका ...

थापाथली क्षेत्रका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ। थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका छन् । हालसम्म ४० प्रतिशत टहरा हटाइएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहर...

आइसिसी विश्वकप लिग–२ : नेपालले युएईलाई दियो २०१ रनको लक्ष्य

काठमाडौँ। दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय इनिङ्स खेलेपछि नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा जितका लागि संयुक्त अरव...

थापाथलिका १३ घरवारविहीनलाई सुन्दरीघाट स्थानान्तरण

काठमाडौं । थापाथलीस्थित अव्यवस्थित बस्ती खाली गराउने क्रममा आफूलाई घरवारविहीन बताउने १३ जनालाई काठमाडौं महानगरपालिकाले सुन्दरीघाटस्थित राधास्वामी सत्स...

थापाथलिका १३ घरवारविहीनलाई सुन्दरीघाट स्थानान्तरण

काठमाडौं । थापाथलीस्थित अव्यवस्थित बस्ती खाली गराउने क्रममा आफूलाई घरवारविहीन बताउने १३ जनालाई काठमाडौं महानगरपालिकाले सुन्दरीघाटस्थित राधास्वामी सत्स...

थापाथलीको सुकुमवासी बस्तीका ६ परिवार मात्रै घरवारविहीन भएको भन्दै सरकारको सम्पर्कमा

काठमाडौं । बागमती नदी किनारस्थित थापाथली क्षेत्रमा रहेका सुकुमबासी बस्तीका संरचनाहरू सरकारले भत्काएको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलको सचिवालयका...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending