Khabar Dabali १३ बैशाख २०८३ आईतवार | 26th April, 2026 Sun

बाढीले बीपी राजमार्ग अवरुद्ध, यात्रु उद्धार जारी

खबरडबली संवाददाता

बनेपा। शनिबार दिउँसोदेखि परेको लगातार वर्षाका कारण संघीय राजधानी काठमाडौँलाई पूर्वी पहाडी तथा तराईका जिल्लासँग जोड्ने बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । वर्षाका कारण राजमार्गको मङ्गलटार क्षेत्रमा अलपत्र परेका यात्रुहरूको उद्धार कार्य अघि बढाइएको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार वर्षाका कारण मङ्गलटारमा अलपत्र परेका यात्रुमध्ये महिला, बालबालिका तथा विदेश जाने टिकट भएका यात्रुहरूलाई भकुण्डेबाट तेमालतर्फको बाटो हुँदै सुरक्षित स्थानतर्फ ल्याउने पहल गरिएको छ ।

उनले भने, “वर्षाका कारण अलपत्र परेका महिला, बालबालिका र विदेश जाने यात्रुहरूलाई उद्धार गर्न भकुण्डेतर्फ १६ वटा चारपाङ्ग्रे सवारी साधन पठाएका छौँ ।”

उनका अनुसार उनीहरूलाई मङ्गलटार नजिकैको झोलुङ्गे पुलबाट खोला तारेर भकुण्डेतर्फ ल्याउने व्यवस्था मिलाइएको छ । उद्धार कार्यका लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रबिन बिष्टको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ भने आवश्यक समन्वयका लागि रोशी गाउँपालिका अध्यक्षसँग पनि समन्वय गरिएको छ ।

सवारी आवागमन अवरुद्ध भएपछि ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरी प्रमुखलाई समेत भकुण्डे क्षेत्रमा खटाइएको छ । जिल्ला प्रशासन कार्यालयले पूर्वबाट काठमाडौँ आउन चाहने सवारी साधनलाई बीपी राजमार्ग प्रयोग नगर्न तथा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । यसबारे सिन्धुलीका प्रमुख जिल्ला अधिकारीलाई समेत आवश्यक सूचना प्रवाह गर्न अनुरोध गरिएको छ ।

सडक डिभिजन भक्तपुरका इन्जिनियर हिमाल काफ्लेका अनुसार वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण बीपी राजमार्गका चौकीडाँडा, घुमाउने, चारसयबेसी, गिम्दी, नार्के, चिउरीबास, कालढुङ्गालगायत काभ्रेपलाञ्चोक खण्डका विभिन्न स्थानमा डाइभर्सन सडक बगाएको छ ।

उनले बिहानैदेखि डाइभर्सन मर्मत कार्य सुरु भए पनि निरन्तर वर्षाका कारण काम प्रभावित भएको बताए। वर्षा नरहे आज दिउँसोसम्म सडक सञ्चालनमा ल्याउन सकिने भए पनि निरन्तर वर्षाले समस्या थपिएको उनको भनाइ छ ।

डेढ वर्षअघि रोशी खोलामा आएको बाढीका कारण बीपी राजमार्गको भकुण्डेदेखि नेपालथोकसम्म करिब २८ किलोमिटर सडक पूर्ण रूपमा क्षति भएको थियो । त्यसयता क्षतिग्रस्त सडकको पुनर्निर्माण हुँदै आएको भए पनि अहिले डाइभर्सनमार्फत यातायात सञ्चालन भइरहेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुकुमवासीको अवस्थाबारे अनुगमन गर्न मानव अधिकार आयोगको टोली फिल्डमा

काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगको टोली सुकुमवासीको अवस्था बुझ्न फिल्डमा खटिएको छ। टोली आज बिहान कीर्तिपुरस्थित राधा स्वामी सत्सङ्ग व्यासमा पुगेर ...

ट्रम्प कार्यक्रममा आक्रमण प्रयास, राष्ट्रपति सुरक्षित

वासिङ्टन। अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी रहेको ‘डिनर कार्यक्रम’ मा एक हतियारधारी व्यक्तिले आक्रमण गर्ने प्रयास गर्दा ठुलो सुरक्षा घटना भएक...

उच्च अदालत बुटवलको जग्गामा बनेका टहरा हटाइयो

रुपन्देही। बुटवलमा उच्च अदालतको स्वामित्वमा रहेको जग्गामा निर्माण गरिएका घर–टहरा हटाइएको छ। बुटवल उपमहानगरपालिकाले आइतबार ती संरचनामा डोजर चलाएर खाली ...

जोगबुडामा झाडापखालाले बालकको मृत्यु, तीन जना अस्पतालमा

डडेल्धुरा। जिल्लाको भित्री मधेश जोगबुडामा झाडापखालाका कारण एक सात वर्षीय बालकको मृत्यु भएको छ । अत्यधिक गर्मी हुने चुरे क्षेत्रअन्तर्गत परशुराम नगरपाल...

बाढीले बीपी राजमार्ग अवरुद्ध, यात्रु उद्धार जारी

बनेपा। शनिबार दिउँसोदेखि परेको लगातार वर्षाका कारण संघीय राजधानी काठमाडौँलाई पूर्वी पहाडी तथा तराईका जिल्लासँग जोड्ने बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्...

त्रिवेणी–बुढीगङ्गा क्षेत्रमा नेटवर्क समस्या, स्थानीयलाई सास्ती

बाजुरा। जिल्लाको तल्लो क्षेत्र त्रिवेणी र बुढीगङ्गाका बासिन्दाले लामो समयदेखि नेटवर्क समस्याको सामना गर्दै आएका छन् । नेटवर्क सहज बनाउन नेपाल टेलिक...

सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा मनोहराको सुकुम्बासी बस्ती भत्काउन सुरु

भक्तपुर। मनोहरास्थित सुकुम्बासी बस्तीमा आइतबार सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा डोजर चलाइएको छ । अधिकार क्षेत्र मिचेर बनाइएका संरचना हटाउने भन्दै प्रश...

एसइईको नतिजा वैशाख अन्तिम साता

काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा वैशाख अन्तिम साता प्रकाशन गर्ने भएको छ ।  विगतमा परीक्षा सकिएको तीन महि...

एसएलआर राइफलको गोलीसहित एक पक्राउ

इलाम। इलामको सन्दकपुर गाउँपालिका–३ बाट प्रहरीले एसएलआर राइफलको गोलीससहित एक जनालाई पक्राउ गरेको छ ।  सन्दकपुर–३ स्थित कोइराला गाउँमा संकास्पद ढंगले...

बीपी राजमार्ग बन्द: यात्राअघि प्रहरीसँग समन्वय गर्न अनुरोध

बनेपा। काभ्रेपलाञ्चोकको बनेपालगायतका क्षेत्रमा वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द गरिएको छ। बनेपा, पनौती, नमोबुद्ध, बेथानचोक लगायतका स्थानमा पानी पर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending