वासिङ्टन । संयुक्तराज्य अमेरिकाले इरानी विदेशमन्त्री मोहम्मद जावाद जरिफमाथि बुधबार प्रतिबन्धहरु लगाउने घोषणा गरेको छ ।
अमेरिकी प्रतिबन्धहरुमा विदेशमन्त्री जरिफको संयुक्तराज्य अमेरिकामा रहेको वा अमेरिकी संस्थाहरुको नियन्त्रणमा रहेको सम्पत्ति रोक्का गरिनुका साथै जरिफको अन्तर्राष्ट्रिय भ्रमणलाई सीमित गरिने छ ।
अमेरिकी अर्थमन्त्री स्टिभेन मन्चिनद्वारा जारी वक्तव्यमा जरिफले इरानी सर्वोच्च नेताका एजेन्डाको जथाभावी पक्षपोषण गरेको तथा इरानी सत्ताको मुख्य प्रवक्ताका रुपमा विश्वभर इरानी धारणा फैल्याएको उल्लेख छ । वक्तव्यमा इरानी सत्ताको अहिलेका गतिविधि पूर्णतः अस्वीकार्य रहेकाले प्रतिबन्ध लगाउनु परेको जनाइएको छ ।
अमेरिकाले यसअघि इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनी विरुद्ध पनि प्रतिबन्धहरु लगाएको थियो ।
इरान र संयुक्तराज्य अमेरिकाबीचको सम्बन्धमा तनाबको स्थिति रहेकै बेला अमेरिकाको नयाँ घोषणा सार्वजनिक भएको हो ।
तर यसैबीच तीन वटा इरानी नागरिक आणविक परियोजनालाई छुट दिन बुधबार मात्र अमेरिकाले मन्जुरी दिएको थियो । खासगरी सन् २०१५ को आणविक सम्झौताका हस्ताक्षरकर्ता चीन, रुस, जर्मनी, फ्रान्स र बेलायतलाई विश्वासमा लिन पनि उक्त कदम चालिएको अनुमान छ ।
इरान मामिलामा कडा कदम चाल्नुपर्छ भन्ने ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले भने – यो ९० दिनका लागि मात्र म्याद थप गरिएको हो । हामी इरानी आणविक कार्यक्रमका बारेमा ज्यादै नजिकबाट मूल्याँकन गरिरहेका छौं ।
इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण प्रयोजनमा केन्द्रित रहेको दाबी गर्दै आएको छ । तर अमेरिका र साउदी अरेबीया, इजरायल समेतका खाडी क्षेत्रका केही मुलुकले इरानले गोप्य रुपमा आणविक हतियार निर्माण गरिरहेको बताएका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले इरानी विदेशमन्त्री जरिफले विदेशमन्त्रीको रुपमा नभई इरानी “प्रपोगन्डा” मन्त्रीका रुपमा काम गरिरहेको बताएको ह्वाइट हाउसका एक उच्च पदाधिकारीले बताएका छन् ।
यसैबीच इरानी राष्ट्रपति हस्सन रौहानीले विदेशमन्त्री मोहम्मद जरिफमाथि प्रतिबन्ध लगाउने अमेरिकी निर्णय गलत रहेको बताएका छन् । उनले आफ्ना विदेशमन्त्री जरिफबाट अमेरिका भयभित र त्रसित हुनुपर्ने कुनै कारण नरहेको बताउँदै पछिल्ला घटनाक्रमले इरानी भनाईको प्रतिवाद गर्न सक्ने सामथ्र्य अमेरिकाले गुमाएको छ भने।
अमेरिकाको न्यूयोर्कमा विदेशी सञ्चार माध्यमलाई विदेशमन्त्री जरिफले अन्तर्वार्ताहरु दिएको प्रसङ्ग उल्लेख गर्दै राष्ट्रपति रौहानीले एक टेलिभिजन अन्तर्वार्तामा भने – अमेरिकीहरु हाम्रा विदेशमन्त्रीका अन्तर्वार्ताबाट डराएका छन् । एएफपी
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: