Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

विदेशबाट आउँदा के–के सामान ल्याउन पाइन्छ ? जान्नुहोस् सरकारले यी कुरा ल्याउन निषेध गरेको छ

काठमाडौं । सरकारले आगामी जेठ १५ देखि कार्यान्वयन गर्ने गरि विदेश जाने र आउने यात्रुले के कस्ता सामानहरु ल्याउन वा लैजान पाउने भन्ने बारे सूची सार्वजनिक गरेको छ । अर्थ मन्त्रालयले भन्सार ऐन २०६४ को प्रावधानअनुसार त्यस्तो सूची सार्वजनिक गर्ने गर्दछ ।

अब विदेशबाट आउने यात्रुले ५० ग्रामसम्म सुनको गहना, ५ सय ग्रामसम्मको चाँदीको गहना र एक लाख रुपैयाँसम्मको जवाहिरात जडित सुन वा चाँदीका सामान ल्याउन पाइने भएको छ । यी सामान ल्याउँदा भन्सार शुल्क लाग्ने छैन् । साथै भन्सार महसुल तिरेर १०० ग्रामसम्मको सुन ल्याउन पाईने अर्थ मन्त्रालयले उल्लेख गरेको छ ।

विदेशबाट आउँदा १ सय ग्राम सम्मको सुन ल्याउँदा भने पहिलो ५० ग्राममा प्रति १० ग्राम ६ हजार २ सय रुपैयाँ र ५० ग्राम भन्दा बढीमा प्रति १० ग्राम ७ हजार २ सय रुपैयाँ तिरेर भित्राउन पाउने गरी वयवस्था गरिएको अर्थ मन्त्रालयले उल्लेख गरेको छ ।

विदेशमा बसेका नेपाली यात्रुले दुई सय खिल्लीसम्म चुरोट भन्सार दरबन्दी बमोजिम लाग्ने महसुल तिरेर ल्याउन पाउने सुविधा दिइएको छ । त्योभन्दा बढी परिमाणको चुरोट ल्याएमा दोब्बर थप भन्सार लाग्ने मन्त्रालयले जानकारी दिएको छ ।

जान्नुहोस् यी सामान ल्याउँदा भन्सार लाग्दैन्
लुगाफाटो
बरबिछ्यौना
घर गृहस्थीका पुराना सामान
औषधि उपचार गराई बिरामीले ल्याएको औषधि
शारीरिकरुपमा अशक्त यात्रुले सहाराका रुपमा प्रयोग गरेका सामान
५० ग्रामसम्म सुनका गहना
५ सय ग्रामसम्मको चाँदीको गहना
एक लाख रुपैयाँ मूल्यसम्मको जवाहिरात जडित सुन वा चाँदीका साथमा ल्याएको गहना गुरिया
ट्यावलेट वा ल्यापटप वा डेस्कटप कम्प्यूटर, घडी
क्यामरा
भिडियो क्यामरा
सेलुलर मोवाइल फोन र पेनड्राइभ एकरएक थान
बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक(एक थान
पेशागत यात्रुले प्रयोग गरी ल्याएको एकरएक उपकरणरवस्तु
सात किलोसम्म खाद्य परिकार
मदिरा एक लिटरसम्म

भारतीय सेना प्रहरीबाट सेवा निवृत्त भई निवृत्तिभरण पाउने गरी स्वदेश फर्कँदा निवृत्त भएको कागजात पेश गर्दा एक पटकका लागि ५० हजारसम्मका निजी प्रयोगका सामानमा पूर्ण भन्सार छुट दिइएको छ । सरकारले तोकेको परिणामभन्दा बढी सामान लुकाई छिपाई ल्याउन खोजेमा त्यस्तो सामान जफत हुने र कारवाही प्रक्रियामा जाने जानकारी अर्थ मन्त्रालयले गराएको छ ।

विदेश जाँदा के-के लैजान पाइन्छ ?
नेपाली नागरिक विदेश जाँदा सौगातका रुपमा नेपालमा उत्पादन भएका ५० हजार रुपैयाँसम्मका सामानमा महसुल छुट दिइएको छ । वायुसेवा कम्पनीले यात्रुलाई लैजान छुट दिएको तौलसम्मको नेपाली बजारमा खरीद गरिएका सामान लैजान चाहे कानून बमोजिम शुल्क र महसुल तिरेर लैजान पाउने व्यवस्था गरिएको छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending