सप्तरी । एचआइभी सङ्क्रमितमाथि समाजको दृष्टिकोण, लाञ्छना र भेदभावलाई समुदायस्तरबाटै न्यूनीकरणका उपाय अवलम्बन गरिनुपर्नेमा जोड दिइएको छ ।
एचआइभी सङ्क्रमितमाथि हुने लाञ्छना तथा भेदभाव न्यूनीकरणका सम्बन्धमा आज राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सरोकारवालासँग आयोजित अन्तक्र्रियामा जोड दिइएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको सहयोगमा उक्त अस्पतालद्वारा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्य स्वयंसेविका र सरोकारवालालाई सो विषयमा जानकारी दिइएको एचआइभीएड्सका परमर्शदाता सुनिता यादवले बताए ।
सप्तरीमा २१२ एचआइभी सङ्क्रमित रहे पनि लोकलाज र चेतनाको कमीले एचआइभी सङ्क्रमित औषधोपचारका लागि खुलेर अगाडि नआउने गरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले जानकारी दिए । सुरक्षा कवच अपनाऔँ तर भेदभाव नगराँै भन्दै उनले सन् २०२० सम्ममा ९० प्रतिशत सङ्क्रमित पत्ता लगाएर तिनको उपचार गर्ने र ९० प्रतिशत नै जिवाणु कम गर्ने सरकारको नीति रहेको जानकारी दिए ।
निर्मलीकरण नगरिएका सिरिञ्ज र ब्लेडको साझा प्रयोगबाट, र्यालबाट, एचआइभी सङ्क्रमितको रगतबाट, शरीरका अङ्ग प्रत्यारोपण, सङ्क्रमित आमाले गर्भधारण गर्दा पनि सजिलै एचआइभी सर्नसक्ने भएकाले जथाभावी यौन सम्पर्कबाट मात्र एचआइभी सर्छ भन्ने सोच हटाउनुपर्ने डा दासले बताए ।
उक्त अस्पतालका नर्सिङ निरीक्षक लक्ष्मी चौधरीले छुँदैमा, हात मिलाउँदैमा, सँगै बस्दैमा, लुगा साटासाट गर्दैमा एचआइभी नसर्ने भएकाले सङ्क्रमितलाई लाञ्छना लगाई तिरस्कार गर्नुभन्दा सकारात्मक व्यवहारले सहयोग गरेमा उनीहरुको आयु बढाउन सकिने बताए।
निःशुल्क औषधोपचारको व्यवस्था भए पनि अस्पतालको तथ्याङ्कअनुसार जिल्लामा एचआइभी सङ्क्रमित १११ जनाले मात्र नियमित स्वास्थ्य परीक्षण र औषधि सेवन गर्दै आएकामा ११ बालबालिका पनि छन् । एचआइभी एड्सका कारण हालसम्म १३ पुरुष, तीन महिला र दुई तेस्रो लिङ्गीको मृत्यु भइसकेको उक्त अस्पतालले जनाएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: