हेटौंडा । विगतमा आत्महत्याको घटनामा कसैलाई दोषी ठहर गरिदैनथ्यो । मानसिक एवं शारिरीकलगायत विभिन्न किसिमको तनाव दिएर आत्महत्या गर्न बाध्य पारेको भए पनि कोही कसैमाथि मुद्दा चलाउन पाइदैनथ्यो ।
गत भदौ १ गतेदेखि कार्यान्वयनमा आएको नयाँ फौजदारी संहिताले आत्महत्या गर्न बाध्य पार्ने पनि कारवाहीको भागिदार हुने कानुनी व्यवस्था रहेको छ । उक्त कानुनी व्यवस्था अनुसार जिल्ला अदालत मकवानपुरले पत्नीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पतिलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश जारी गरेको छ ।
जिल्ला न्यायाधीश खडानन्द तिवारीको शुक्रबारको इजलाशले हेटौडा उपमहानगरपालिका—३ का ४५ वर्षीय राजु थिङले ३५ वर्षीया पत्नी सोनु थिङलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा थुनामा राख्ने आदेश दिएको हो ।
आत्महत्याको घटनामा मकवानपुरमा मुद्दा चलेको यो पहिलो घटना हो ।
राजुले पत्नी सोनुलाई बेलारबेलामा कुटपिट गर्दै आएका थिए । कुटपिट पश्चात् हेटौडा उपमहानगरपालिकाको न्यायिक समितिमा गत वैशाख १७ गते पतिले सधैं कुटपिट गर्ने गरेकाले आत्महत्या गरौं जस्तो भइसक्यो भनेर उजुरीसमेत दिएकी थिइन् ।
उक्त न्यायिक समितिमा उजुरी दिएको एक महिना बित्न नपाउँदै जेठ १६ गते सोनुले घरमै झुण्डिएर आत्महत्या गरेकि थिइन् । आत्महत्या गरेको समयमा उनका पतिमात्र घरमा थिए ।कान्तिपुरबाट
सोनुका दाजु लालबहादुर ब्लोनले आफ्नो बहिनीलाई ज्वाई राजुले आत्महत्या गर्न बाध्य पारेकाले कारवाही गर्न जिल्ला प्रहरी कार्यालय हेटौंडामा उजुरी दिएका थिए । उक्त उजुरीको आधारमा राजुलाई प्रहरीले पक्राउ गरेर आत्महत्या दुरुत्साहन मुद्दा अदालतमा चलाएको थियो । जिल्ला प्रहरी कार्यालय हेटौंडाका अनुसार आत्महत्या भएको घटनामा अदालतमा मुद्दा चलाएको यो पहिलो हो ।
आत्महत्या दुरुत्साहन मुद्दामा ५ वर्षसम्म कैद र ५० हजार रुपैयासम्म दण्ड गर्न सक्ने कानुनी व्यवस्था रहेको जिल्ला अदालतका श्रेस्तेदार केशव कौशिकले बताए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: