Khabar Dabali ३० बैशाख २०८३ बुधबार | 13th May, 2026 Wed
Investment bank

चलचित्र जाँचसम्बन्धी कार्यविधिप्रति चलचित्रकर्मी असन्तुष्ट

खबरडबली संवाददाता

काठमाडौँ। केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) द्वारा गएको पुस २ गतेदेखि कार्यान्वयनमा ल्याइएको ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८२’ को सातौँ बुँदामा उल्लेख भएको महोत्सवमा प्रदर्शन गरिने चलचित्रलाई समेत जाँच गर्नुपर्ने नियम प्रति चलचित्रकर्मीले असन्तुष्टि जनाएका छन् ।

उक्त बुँदामा लेखिएको ‘समितिले चलचित्र जाँच गरी प्रदर्शन गर्न अधिकार प्रत्यायोजन गरेको अवस्थामा बाहेक समितिबाट जाँच पास भएका चलचित्र मात्र महोत्सवमा प्रदर्शन गर्न पाइनेछ’ प्रति असन्तुष्टि व्यक्त गर्दै चलचित्रकर्मीले यसलाई सच्याउनुपर्ने धारणा राखेका छन् । चलचित्र निर्देशक केपी पठाकले नयाँ कार्यविधिले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवलाई असर पुर्‍याउने बताए ।

उनले भने, “महोत्सवमा सहभागी हुने चलचित्र विश्वभर जाँच पास हुँदैनन्, त्यो त सार्वजनिक प्रदर्शनका लागि लिइने इजाजत हो । यो प्रावधानले नेपालमा हुने अन्तर्राष्ट्रिय चलचित्र महोत्सवलाई प्रत्यक्ष असर गर्छ ।” उनले यसबारे पुनर्विचार गर्नुपर्नेमा जोड दिए ।

चलचित्र निर्माता रामकृष्ण पोखरेलले चलचित्रको जाँचको सट्टा वर्गीकरण गर्ने नियम हुनुपर्ने बताए । “अधिकांश देशमा चलचित्रलाई जाँच गर्ने नाममा काट्नुको सट्टा वर्गीकरण गरिन्छ । उक्त चलचित्र हेर्न बन्देज गरिएको उमेर समूहमा निगरानी बढाइन्छ तर नेपालमा महोत्सवमा प्रदर्शन हुन् आउने चलचित्रलाई जाँच गर्ने नियम ल्याइएको छ । यसले दीर्घकालीन रूपमा घाटा नै गर्छ”, निर्माता पोखरेलले भने ।

उनले जाँच समितिले चलचित्रकर्मीको सृजनशीलता बुझ्ने र प्रोत्साहन गर्ने हुनुपर्नेमा जोड दिए । नयाँ कार्यविधिमा ‘चलचित्रसँग सम्बन्धित प्रचलित कानुनको पूर्ण पालना गर्दै’ स्वयंले जाँच गर्ने पद्धतिको विकास गर्ने (सेल्फ सेन्सरसिप) लाई प्रोत्साहन गर्ने कुरा पनि उल्लेख छ । तर, कार्यान्वयनमा आएको नयाँ कार्यविधिले चलचित्रकर्मीलाई प्रोत्साहन नगर्ने चलचित्र समीक्षक समाजका अध्यक्ष सामीप्यराज तिम्सिनाले बताए ।

“हामीले चलचित्रलाई प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय महोत्सव निकै आवश्यक छ । त्यहाँ विश्वभरका चलचित्रकर्मी एक ठाउँमा आएर आफ्नो देश चिनाउने सिर्जना प्रस्तुत गर्छन् । हामीले चलचित्र जाँचसम्बन्धी कानुन बनाउँदा अन्तर्राष्ट्रिय अभ्यास पनि बुझ्नुपर्थ्यो । अहिलेको अवस्थामा चलचित्रकर्मीलाई प्रोत्साहन गर्ने कार्यविधि ल्याउनुपर्ने हो, तर चलचित्रकर्मीले नै असन्तुष्टि व्यक्त गरेकाले त्यसमा पुन:विचार गर्नु नै उत्तम हो”, अध्यक्ष तिम्सिनाले भने । नयाँ कार्यविधि कार्यान्वयनमा आएसँगै यसअघिको चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८०’ खारेज गरिएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending