काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र स्वतन्त्र निर्वाचित काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच करिब ६ घण्टा ‘वान–टु–वान’ वार्ता भएको छ।
काठमाडौंको कमलपोखरीस्थित रास्वपा नेता असीम साहको निवासमा साँझ ६ बजेदेखि सुरु भएको भेट करिब ६ घण्टासम्म चलेको थियो।
वार्तामा रवि लामिछानेसँगै रास्वपा उपसभापति डीपी अर्याल र असीम शाह सहभागी थिए भने बालेन शाहका तर्फबाट उनका सल्लाहकार कुमार बेन उपस्थित थिए। स्रोतका अनुसार बैठकको अधिकांश समय रवि र बालेनबीच प्रत्यक्ष ५ घन्टा छलफल भएको थियो भने अन्य नेताहरू छुट्टै बसेका थिए।
सुरुवातमा दुवैबीच व्यक्तिगत र भावनात्मक कुराकानी भएको बताइएको छ। केही दिनअघि बाबु गुमाएका बालेन र करिब २६० दिन कारागार बसेर रिहा भएका रविबीच अनुभव र पीडाका कुरा साटासाट भएका थिए। त्यसपछि मुलुकको समसामयिक राजनीतिक अवस्था, वैकल्पिक राजनीतिलाई संस्थागत गर्ने र देश परिवर्तनका लागि दीर्घकालीन सहकार्यका विषयमा गम्भीर छलफल भएको जनाइएको छ।
बैठकपछि प्रतिक्रिया दिँदै रास्वपा नेता असीम शाहले यो लामो प्रतीक्षापछिको भेट भएको उल्लेख गर्दै सबैको आशा र अपेक्षा अनुसार देश निर्माणका लागि मिलेर अघि बढ्ने भावनासहित सौहार्दपूर्ण संवाद भएको बताए।
उनीहरूबीच आइतबार र सोमबार लगातार भेट पनि भएको थियो। ‘अन्ततः कथाको सुखद सुरुवात भएको छ। रवि र बालेन दुई दाजु–भाइको मिलन भएको छ। यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो। हामी सबै नेपालीलाई बधाई१,’ उनले भनेका छन्।
उनीहरूबीच सकारात्मक कुराकानी भएको नेताहरूले बताएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ९ गते, २०८२ - ०९:२२
भोजपुर । पौवादुङमा गाउँपालिका–१ श्यामशिलाका वडाध्यक्ष राजेन्द्र तामाङ जनताको सेवासँगै व्यावसायिक गाईपालनमा व्यस्त छन् । उनी जनप्रतिनिधिको जिम्मेवारीका...
चैत्र ९ गते, २०८२ - ०९:१८
काठमाडौं । फागुन महिनामा विगत तीन महिनायता कै सबैभन्दा धेरै एलपी ग्यास आयात भए पनि उपभोक्ताले बजारमा अभावको सामना गर्नुपरेको छ। बढ्दो माग र आपूर्ति अस...
चैत्र ९ गते, २०८२ - ०९:११
काठमाडौं । डोनाल्ड ट्रम्पले ऊर्जा ढुवानीका लागि अत्यन्तै महत्त्वपूर्ण जलमार्ग स्ट्रेट अफ होर्मुज खोल्न इरानलाई ४८ घण्टाको अल्टिमेटम दिएका छन्। यसैबीच ...
चैत्र ९ गते, २०८२ - ०७:५२
काठमाडौं । पार्टीका नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरिएको परिचयात्मक तथा अभिमुखीकरण कार्यक्रममा समेत अनुपस्थित भएपछि व्यापक रूपमा खोजी गरिएका राष्...
चैत्र ९ गते, २०८२ - ०७:४३
काठमाडौं । राष्ट्रिय सभा सदस्यमा सिफारिस गृहमन्त्री ओमप्रकाश अर्यालको नाम राष्ट्रपति रामचन्द्र पौडेलले एक सातादेखि ‘होल्ड’ मा राखेका छन् । प्रधानमन्त्...
चैत्र ९ गते, २०८२ - ०७:३९
काठमाडौं । जिम्मेवारीबाट बिदा हुन एक साता पनि बाँकी नरहँदा चुनावी सरकारकी महान्यायाधिवक्ता सविता भण्डारीले सात अर्बभन्दा बढी करछलीसम्बन्धी मुद्दा नचला...
चैत्र ९ गते, २०८२ - ०७:३३
काठमाडौँ । विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर आवासीय नेपालीहरुका लागि अब त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान कक्षमा एउट...
चैत्र ९ गते, २०८२ - ०७:२९
काठमाडौँ । पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै आइतबार सम्पन्न भएक...
चैत्र ९ गते, २०८२ - ०७:२५
कैलाली । विसं २०७७ सालमा 'वैज्ञानिक वन व्यवस्थापन' कार्यविधि खारेज भएपछि सुदूरपश्चिमका सयौँ सामुदायिक र साझेदारी वनहरू नीतिगत अन्योलको भुमरीमा...
चैत्र ९ गते, २०८२ - ०७:१७
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलान्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ । तीन वर्षअघि सुरु गरिएक...


प्रतिकृया लेख्नुहोस्: