सोल । उत्तर कोरियाली नेता किम जोङ उन संयुक्त राज्य अमेरिकासँग र्को अर्थात् तेस्रो चरणको वार्ताका लागि सकारात्मक देखिएको समाचार छ ।
उत्तर कोरियाली नेता किमले आफू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तेस्रो चरणको वार्ता गर्ने इच्छा व्यक्त गरेको एक समाचारमा जनाइएको छ ।
उनले यदि अमेरिका सही रूपमा प्रस्तुत भएर वार्ताको टेबलमा बस्छ भने आफू अर्को चरणको वार्तामा बस्न पनि तयार रहेको बताएका हुन् ।
उत्तर कोरियाली नेता किमले यस वर्षको अन्त्यसम्म पनि आफूले अमेरिकाको एक साहसहिक निर्णयको लागि पर्खिबस्ने धारणा राखेका थिए ।
त्यस्तो साहसिक निर्णय अर्को बैठकबाट पनि आउन सक्ने तर्फ इंगित गर्दै उनले यदि अमेरिका सही मानसिकताका साथ वार्तामा बस्ने हो भने त्यसका लागि आफू तयार रहेको धारणा राखेका हुन् ।
उनीहरूबीच केही महिनामात्र अघि भियतनामको हनोइमा पछिल्लो अर्थात् दोस्रो चरणको बैठक भएको थियो । तर त्यस बैठकमा भने उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति ट्रम्पबीच कुनै निर्णय भने हुन सकेको थिएन ।
कुनै निर्णय अथवा सहमति नभएको भएता पनि वार्ता सकारात्मक भएको अमेरिका र उत्तर कोरियाले बताउँदै आएका छन् । यसैबीचमा आफू फेरि अर्को वार्ताका लागि पनि तयार रहेको धारणा उनले राखेको समाचारमा जनाइएको छ ।
गएको फेब्रुअरी महिनामा भियतनामको राजधानी हनोइमा भएको दोस्रो चरणको बैठकले वास्तवमा अमेरिका उत्तर कोरियासँग सम्बन्ध विस्तार गर्न सकारात्मक छ कि छैन भन्ने विषयमा प्रश्न पनि उठेको नेता किमले बताए ।
उनले शनिवार उत्तर कोरियाको संसदलाई सम्बोधन गर्दै भनेका थिए, ुहनोइ वार्तामा केही सहमति भएन तर वार्तालाई नकारात्मक भन्न मिल्दैन ।ु तर पनि अमेरिका उत्तर कोरियासँगको सम्बन्धलाई थप विस्तारित गर्न साँच्चिकै इच्छुक छ कि छैन भन्ने बारेमा प्रश्न भने उठेको छ ।
संसदलाई सम्बोधन गरेको भन्दै उत्तर कोरियाली सरकारी समाचार समिति केसीएनएले दिएको जानकारी अनुसार सो सम्बोधनका क्रममा उत्तर कोरियाली नेता कमिले उत्तर कोरिया अमेरिकी धारणा बुझ्नका लागि पनि एक पटक फेरि तेस्रो चरणको वार्तामा बस्न इच्छुक छ, यदि अमेरिका चाहन्छ भने हामी तयार छौं ।
सोही सम्बोधनकै क्रममा उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको आफ्नो सम्बन्ध भने बलियो रहेको उनले बताए ।
उनले भने, ुमेरो व्यक्तिगत सम्बन्धको कुरा गर्दा अमेरिकी राष्ट्रपति ट्रम्पसँग राम्रो सम्बन्ध छ, हामीले जुनबेला आवश्यक ठान्छौं, त्यतिबेला एक आपसमा चिठी लेख्न पनि सकेका छौं, लेखेका पनि छौं ।ु
उनीहरूबीच यसअघि दुई चरणमा वार्ता भएको छ । पहिलो चरणको वार्ता गत वर्षको जुन महिनामा सिंगापुरमा भएको थियो भने अर्को वार्ता यसै वर्षको फेब्रुअरीमा भियतनाको राजधानी हनोइमा भएको हो ।
पहिलो चरणको वार्तामा उत्तर कोरियाली आणविक अस्त्रको होडबाजी रोक्ने र पारमाणविक उत्पादनहरूलाई रोक्ने विषयमा सहमति भएको भए पनि दोस्रो चरणको हनोइ बैठकमा भने त्यस्तो केही सहमति भएको थिएन ।
तर दोस्रो चरणको बैठकमा पनि फेरि अर्को चरणको वार्ता भने गर्ने सहमति भएको बताइएको थियो । सोही बमोजिम उत्तर कोरियाली नेताले यो प्रस्ताव गर्नुभएको अनुमान गरिएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: