Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

माेहन वैद्यले भने 'फेरि हतियार उठाउन सकिन्छ'

काठमाडाैं । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले आवश्यक परे फेरि हतियार उठाउन सकिने चेतावनी दिएका छन् । पार्टीको देशभक्त जनगणतान्त्रिक मोर्चाको प्रथम राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै आइतबार उनले देशले नयाँ विकल्प खोजे हतियार उठाउन सकिने बताएका हुन् ।

आजको नयाँ पत्रिकामा खबर छ - नयाँ विकल्प खोज्नुपर्छ । हामी त्यो विकल्प हौँ । सच्चा कम्युनिस्टहरू सत्ताबाहिर छन् । हामी जनवादी गणतन्त्रवादी पक्षधर कम्युनिस्ट हौँ,’ वैद्यले भने, ‘हामी मिल्यौँ भने यो व्यवस्था ढाल्न सकिन्छ । आन्दोलन कुराले मात्र हुन्न आवश्यक परे बन्दुक उठाउनुपर्छ ।’ अहिलेको सत्ता ढाल्न आवश्यक परे जनआन्दोलन, जनविद्रोह र सशस्त्र विद्रोहका लागि तयार हुनुपर्ने उनको भनाइ थियो ।

अमूर्त कुरा नगर्न सुझाब
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले एकीकृत क्रान्तिमार्फत अमूर्त कुरा गरेको वैद्यले आरोप लगाए । ‘विप्लव नजिक हुनुहुन्छ एकीकृत क्रान्ति भनेर कता–कता जान थाल्नुभएको छ,’ उनले भने, ‘एकीकृत क्रान्तिको कुरै बुझिँदैन, बुझिनेबारे छलफल गरौँ । अस्पष्ट–अमूर्त कुरा नगरौँ, सबैले बुझ्ने गरी कुरा गर्नुपर्छ ।’ विप्लव मात्र नभई, आहूति, किराती, मोहनविक्रम सिंह, सिपी मैनालीलगायत सबै कम्युनिस्ट एक हुनुपर्ने वैद्यले बताए ।

अहिलेको सरकार कम्युनिस्टको नभएको दाबी गर्दै वैद्यले कम्युनिस्टलाई बदनाम गर्ने मात्र भएको बताए । प्रधानमन्त्री केपी ओलीको समृद्ध नेपाल सुखी नेपालीको नारा लफ्फाजी भएको उनले आरोप लगाए ।

जनगणतन्त्रको कुरा गर्दा राजावादी आउँछन् भन्नु गलत
मसालका महासचिव मोहनविक्रम सिंहले जनणतन्त्रका निम्ति संघर्ष गर्दा राजावादी आउँछन् भन्नु बेकारको भ्रम भएको वैद्यले बताए । ‘मोहन विक्रम जीहरू जनणतन्त्रका निम्ति लड्ने भनेपछि राजावादी आइहाल्छन् भन्नुहुन्छ,’ उनले भने, ‘के यही संसद्, लोकतन्त्र मानेर बस्ने त रु त्यो तर्क नै होइन, बेकार कुरा हुन् ।’ सिपी मैनालीले पनि जनणतन्त्र भन्ने बित्तिकै भारत आएर ठोकिहाल्छ भन्ने गरेको वैद्यले बताए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending