Khabar Dabali १७ बैशाख २०८३ बिहीबार | 30th April, 2026 Thu

भोजपुरमा ‘पिपिआर र स्वाइन फिभर’ रोगविरुद्ध खोप अभियान सुरु

खबरडबली संवाददाता

भोजपुर । भेडा–बाख्रामा देखिने पिपिआर तथा बङ्गुरमा देखिने स्वाइन फिभर रोगको नियन्त्रण तथा उन्मूलनका लागि खोप अभियान सुरु गरिएको छ ।

जिल्लाभरका पशुपालक किसानलाई लक्षित गर्दै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको आयोजनामा अभियान सञ्चालनमा ल्याइएको हो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख पुष्पराज दाहालका अनुसार जिल्लाका सबै नौवटै स्थानीय तहमा यही पुस ११ देखि ३० गतेसम्म खोप अभियान सञ्चालन हुनेछ ।
अभियानअन्तर्गत भेडा–बाख्रामा एक लाख पाँच हजार डोज र बङ्गुरमा २४ हजार डोज खोप लगाउने लक्ष्य लिइएको उनले जानकारी दिए ।

“भोजपुरमा पिपिआर र स्वाइन फिभर रोगको जोखिम बढ्दै गएकाले त्यसको नियन्त्रण तथा उन्मूलनका लागि खोप अभियान सुरु गरेका हौँ”, प्रमुख दाहालले भने, “किसानलाई सहज होस् भन्ने उद्देश्यले खोपकर्तालाई गोठगोठमै पुगेर खोप लगाउने व्यवस्था मिलाइएको छ ।”

पिपिआर र स्वाइन फिभर जस्ता सङ्क्रामक रोगका कारण पशु मृत्यु हुने तथा किसानले ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने अवस्था रहेकाले खोप अभियानलाई प्रभावकारी रूपमा अघि बढाइएको उनले बताए । रोग नियन्त्रण भएसँगै पशु उत्पादनमा वृद्धि हुने र पशुपालक किसानको आम्दानीमा सुधार आउने अपेक्षा गरिएको छ ।

विशेषगरी ग्रामीण क्षेत्रका अधिकांश किसान भेडा–बाख्रा तथा बङ्गुरपालनमै निर्भर रहेकाले यस अभियानले उनीहरूको जीविकोपार्जनमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

कोशी प्रदेश सरकारको ‘पशुजन्य पदार्थ निर्यातमा टेवा पुर्‍याई कृषकलाई आर्थिक रूपमा समृद्ध बनाऔँ’ भन्ने नाराअनुसार अभियान सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।

यसअन्तर्गत प्रत्येक बस्तीमा पुगेर खोपकर्ताले घरमै पशुलाई खोप लगाउने व्यवस्था गरिएको छ । कार्यालयका अनुसार यसअघि जिल्लामा गाई–भैँसीमा देखिने खोरेत रोग विरुद्धको खोप अभियान पनि सफलतापूर्वक सम्पन्न भइसकेको छ ।

यद्यपि अधिकांश किसान पशुपालन व्यवसायमा निर्भर रहे पनि पशुमा लाग्ने रोग, त्यसको लक्षण र उपचारबारे पर्याप्त जानकारी नहुँदा समस्या भोग्दै आएको अवस्था रहेको जनाइएको छ ।

यसलाई मध्यनजर गर्दै खोपसँगै पशु रोगसम्बन्धी जनचेतना फैलाउने कार्यक्रम पनि सँगसँगै सञ्चालन भइरहेको प्रमुख दाहालले जानकारी दिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending