भोजपुर । भेडा–बाख्रामा देखिने पिपिआर तथा बङ्गुरमा देखिने स्वाइन फिभर रोगको नियन्त्रण तथा उन्मूलनका लागि खोप अभियान सुरु गरिएको छ ।
जिल्लाभरका पशुपालक किसानलाई लक्षित गर्दै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको आयोजनामा अभियान सञ्चालनमा ल्याइएको हो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख पुष्पराज दाहालका अनुसार जिल्लाका सबै नौवटै स्थानीय तहमा यही पुस ११ देखि ३० गतेसम्म खोप अभियान सञ्चालन हुनेछ ।
अभियानअन्तर्गत भेडा–बाख्रामा एक लाख पाँच हजार डोज र बङ्गुरमा २४ हजार डोज खोप लगाउने लक्ष्य लिइएको उनले जानकारी दिए ।
“भोजपुरमा पिपिआर र स्वाइन फिभर रोगको जोखिम बढ्दै गएकाले त्यसको नियन्त्रण तथा उन्मूलनका लागि खोप अभियान सुरु गरेका हौँ”, प्रमुख दाहालले भने, “किसानलाई सहज होस् भन्ने उद्देश्यले खोपकर्तालाई गोठगोठमै पुगेर खोप लगाउने व्यवस्था मिलाइएको छ ।”
पिपिआर र स्वाइन फिभर जस्ता सङ्क्रामक रोगका कारण पशु मृत्यु हुने तथा किसानले ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने अवस्था रहेकाले खोप अभियानलाई प्रभावकारी रूपमा अघि बढाइएको उनले बताए । रोग नियन्त्रण भएसँगै पशु उत्पादनमा वृद्धि हुने र पशुपालक किसानको आम्दानीमा सुधार आउने अपेक्षा गरिएको छ ।
विशेषगरी ग्रामीण क्षेत्रका अधिकांश किसान भेडा–बाख्रा तथा बङ्गुरपालनमै निर्भर रहेकाले यस अभियानले उनीहरूको जीविकोपार्जनमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।
कोशी प्रदेश सरकारको ‘पशुजन्य पदार्थ निर्यातमा टेवा पुर्याई कृषकलाई आर्थिक रूपमा समृद्ध बनाऔँ’ भन्ने नाराअनुसार अभियान सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।
यसअन्तर्गत प्रत्येक बस्तीमा पुगेर खोपकर्ताले घरमै पशुलाई खोप लगाउने व्यवस्था गरिएको छ । कार्यालयका अनुसार यसअघि जिल्लामा गाई–भैँसीमा देखिने खोरेत रोग विरुद्धको खोप अभियान पनि सफलतापूर्वक सम्पन्न भइसकेको छ ।
यद्यपि अधिकांश किसान पशुपालन व्यवसायमा निर्भर रहे पनि पशुमा लाग्ने रोग, त्यसको लक्षण र उपचारबारे पर्याप्त जानकारी नहुँदा समस्या भोग्दै आएको अवस्था रहेको जनाइएको छ ।
यसलाई मध्यनजर गर्दै खोपसँगै पशु रोगसम्बन्धी जनचेतना फैलाउने कार्यक्रम पनि सँगसँगै सञ्चालन भइरहेको प्रमुख दाहालले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १५ गते, २०८२ - २०:२२
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी दिनमा एमाले र नेपाली कांग्रेसबाहेक अरुले सरकार बनाउन नसक्ने दाबी गरेका छन्...
पौष १५ गते, २०८२ - २०:१९
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका अभिव्यक्तिहरूमाथि विद्यावारिधी गरिएको छ । त्यस क्रममा ओलीका अभिव्यक्तिमा उ...
पौष १५ गते, २०८२ - २०:१५
सङ्खुवासभा । यहाँको सिलिचोङ गाउँपालिका–३ का बालकिशोर कुलुङ मुलुकको व्यवस्था र अवस्था बदल्न तीन दशकअघि माओवादी विद्रोहमा सामेल भएका थिए । २०५२ साल ...
पौष १५ गते, २०८२ - १९:३९
भोजपुर । भेडा–बाख्रामा देखिने पिपिआर तथा बङ्गुरमा देखिने स्वाइन फिभर रोगको नियन्त्रण तथा उन्मूलनका लागि खोप अभियान सुरु गरिएको छ । जिल्लाभरका पशुपा...
पौष १५ गते, २०८२ - १९:३६
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ मा विनियोजित बजेटबाट सरकारले हालसम्म दुई लाख ४३ हजार मेट्रिक टन रासायनिक मल कृषकलाई वितरण गरेको छ । कृषि तथा पश...
पौष १५ गते, २०८२ - १९:३३
कास्की । सन् २०२५ बिदा हुँदैछ । सारा विश्व सन् २०२६ को प्रतिक्षामा छ । पर्यटकीय राजधानी सहर पोखरा पनि यतिबेला नयाँ वर्षको स्वागतमा व्यग्र छ । रङ्ग...
पौष १५ गते, २०८२ - १९:३०
नवलपुर । नवलपुरको गैँडाकोट नगरपालिका– १० स्थित लांघाली चोकमा मंगलबार दिउँसो सवारी दुर्घटना हुँदा एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ। मंगलबार दिउँस...
पौष १५ गते, २०८२ - १९:२८
काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १२ किलो गाँजासहित भारतीय नागरिक पक्राउ परेका छन् । आगमन एरियाबाट अवैध लागुऔषध गाँजाजस्तो देखिने व...
पौष १५ गते, २०८२ - १९:२६
उदयपुर । उदयपुरमा जंगली हात्तीले गाउँ पसेर आतंक मच्चाउँदा झन्डै तीन लाख रुपैयाँबराबरको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी केद...
पौष १५ गते, २०८२ - १९:२४
बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ। बाघको आक्रमणमा परी मधुवन नगरपालिका– २ की १७ वर्षीया विनिता परियारको मृत्यु भएको हो। ...




प्रतिकृया लेख्नुहोस्: