Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

जेनजी सहिद : दुई पुस्ताको विद्रोह, जनयुद्धदेखि जेनजी आन्दोलनसम्म…

खबरडबली संवाददाता

सङ्खुवासभा । यहाँको सिलिचोङ गाउँपालिका–३ का बालकिशोर कुलुङ मुलुकको व्यवस्था र अवस्था बदल्न तीन दशकअघि माओवादी विद्रोहमा सामेल भएका थिए । 

२०५२ साल फागुन १ गतेदेखि सुरु भएको ‘जनयुद्ध’मा क्रान्तिको विगुल फुक्दै हिँडेका कुलुङले करिब एक दशक माओवादी आन्दोलनको अग्रमोर्चामा बिताए । 

मुलुकमा गणतन्त्र आएपछि केही परिवर्तन होला भन्ने उनलाई लागेको थियो । त्यसपछिका दुई दशकमा भित्ताको पात्रो फेरिने बाहेक जनताले महसुस गर्ने परिवर्तन कुलुङले देख्न पाएनन् । मुलुकमा बढ्दो भ्रष्टाचार, अनियमितता र कुशासनको ग्राफ उस्तै गरी बढ्यो । 

त्यसो त उहाँ भूमिगत राजनीतिक यात्रालाई विराम लगाउँदै पारिवारिक जीवनमा फर्किए । 

राजनीतिक परिवर्तन सफल भए पनि जनताको अवस्थामा सोचेजस्तो परिवर्तन नहुँदा क्रान्ति पुनः जन्मिन्छ भन्ने उनलाई लाग्ने गर्थ्यो । भइदियो पनि त्यस्तै । आफूले लडेर ल्याएको राजनीतिक परिवर्तनको जगमा आफ्ना सन्तानले कुनै न कुनै दिन फेरि समृद्धिको ढोका उघार्लान् भन्ने अटल विश्वास थियो उनीमा ।

सायद कुलुङको रगतमै चेतनाको बीज पोखिएको हुनुपर्छ । मुलुकको बिग्रँदो अवस्था देखेर कुलुङका छोराहरु पनि निकै चिन्तित देखिन्थे । सामाजिक सञ्जालमा हुर्किएको र विश्वपरिवेश बुझेका युवा पुस्ता मुलुकको पछिल्लो अवस्थाप्रति सन्तुष्ट थिएनन् ।

मुलुकमा बढ्दो भ्रष्टाचार नियन्त्रण, सुशासन कायम, निष्क्रिय पारिएको सामाजिक सञ्जाल सक्रिय पार्नुपर्ने, जनताप्रति सरकारको जवाफदेहीतालगायत माग राख्दै जेनजीले गत भदौ २३ गते भद्र विरोध प्रदर्शन आयोजना गरे ।

सो आन्दोलनमा बालकिशोरका माइला छोरा प्रविण पनि होमिए । प्रवीणलाई लाग्यो राजनीतिक पविरर्तनमा बुबाको योगदानलाई संस्थागत गर्न पनि आफू आन्दोलनमा होमिनुपर्छ । त्यसपछि मात्र मुलुकमा आर्थिक समृद्धि स्थापना गर्न सम्भव हुन्छ ।

भदौ २३ गते प्रविण र उनका भाई मौसम दुवैजना विरोध प्रदर्शन क्षेत्रमा सहभागी भए। प्रदर्शनस्थलमा एकाएक गोली चलेपछि दुवैजना सुरक्षित स्थलतर्फ लागे । कैयौँले आँखै अगाडि ज्यान गुमाए ।  

त्यसदिन प्रविण र भाइ मौसम दुवै जना सकुशल कोठामा फर्किए । तर अघिल्लो दिनको दृश्यले उनीहरूलाई झनै छटपटी भयो । डर त्रासले रोकिने अवस्था रहेन । 

झनै आन्दोलनमा सहभागी हुने जोश पलायो । आन्दोलनमा राज्यपक्षबाट भएको बल प्रयोग र त्यसबाट भएको मानवीय क्षतिले दाजुभाइलाई नै मर्माहत बनायो । २४ गते बिहानै दाजुभाइ पुनः आन्दोलमा सडकमा ओर्लिए ।

गौशालामा भएको आन्दोलनमा सुरक्षाकर्मीको गोली लागेर २१ वर्षीय दाजु प्रविण ढले । भाइ मौसमले अन्य साथीको सहयोगमा अस्पताल पुर्याउँदा प्रविणले ज्यान गुमाइसकेका थिए । 

प्रविणको दायाँ छातीमा गोली लागेको थियो । भाइ मौसमले दाजुको निधनको खबर लुकुवा गाउँमा रहेका आमाबुबालाई सुनाए ।

ज्यान हत्केलामा राखेर देशका लागि लडेका बालकिशोरलाई छोरा सहिद भएपछि परेको पीडा मापन गर्ने कुनै यन्त्र छैन । 

“मैले पनि देशकै लागि भनेर लडेँ, छोरा पनि देशकै लागि सहिद भयो, अब कहिलेसम्म नेपालीले देशका लागि भनेर लडिरहनु पर्ने हो ?”, बालकिशोरले प्रश्न गर्दै भने, “देशमा आमूल परिवर्तन ल्याएर अब कसैले पनि बलिदानी गर्न नपरोस् ।”

लाउने खाने उमेरमा छोरो गुमाउनु परेपछि बुबा बालकिशोरका आँखा अझैँ ओभाएका छैनन् । बालकिशोर दम्पत्ति पुत्र वियोगको असह्य पीडामा छन् । 

प्रविणलाई सरकारले सहिद घोषणा गरिसकेको छ । तर, छोराको सपनाको पूरा हुन्छ कि हुन्न भन्ने चिन्ताले सधैँ बालकिशोरलाई सताउने गरेको छ । जेनजी आन्दोलनको नेतृत्व गरेकाहरू अहिले विभिन्न गुटमा विभाजित भएको देख्दा उनको मन खिन्न हुने गर्छ ।

सहिदका सपना पूरा गर्न सहिद परिवारबीचको एकता अपरिहार्य भएको बालकिशोरको भनाइ छ । 

“सहिदले उठाएको मुद्दा सम्बोधन र सपना पूरा हुनुपर्छ”, उनले भने, “राज्यले राहत दिने मात्रै होइन, सहिदका सपनापनि पूरा गर्नुपर्छ ।”
 
कोरिया जाने प्रविणको सपना

प्रविण एक वर्षअघि मात्र कोरियन भाषा पढ्न काठमाडौँ गएका थिए । उनले भाषा परीक्षा पास गरेर कोरिया जाने र पारिवारिक समृद्धि भित्र्याउने योजना बनाएका थिए। जेनजी आन्दोलनमा प्रविणको निधन भएपछि बुबा बालकिशोर र आमा मालतीको सपना ढलेको छ । 

प्रविणका कान्छा भाइ मौसम भन्छन्, “दाजुले जुन चाहनाले देशका लागि बलिदान दिनुभयो, सहिदको सपना पूरा गर्न सरकार र सम्बद्ध पक्षले ध्यान दिनुपर्छ ।”

प्रविणका बुबाआमा गाउँमै खेती किसान गर्दै आएका छन्। सहिद कुलुङको गाउँ लकुवा सदरमुकाम खाँदबारीबाट एक दिनको पैदल दूरीमा पर्दछ । 

सरकारले सहिद घोषणा गरेपछि सिलिचोङ गाउँपालिकामा निर्माणाधीन अपर सङ्खुवा जलविद्युत् आयोजनाले उनको परिवारलाई एक लाख ७४ हजार ३०५ रुपैयाँ आर्थिक सहयोग गरेको थियो ।

प्रविणको गत असोज १ गते सिलिचोङ–३ स्थित लकुवामा अन्त्येष्टि गरियो । मृत्यु भएको १० दिन पछि नेपाली सेनाको हेलिकोप्टरमार्फत विराटनगर हुँदै उनको शव सिलिचोङ ल्याइएको थियो । 

सिलिचोङ गाउँपालिकाको केन्द्र ताम्कुमा कुलुङको पार्थिव शरीरमा पालिका अध्यक्ष भूपालराज मेवाहाङले राष्ट्रिय झण्डा ओढाएर सम्मान अर्पण गरेको थियो । त्यसपछि कुलुङको शव यात्रासहित जन्म गाउँ लकुवामा लगेर अन्त्येष्टि गरिएको हो ।

बालकिशोरका छोरामध्ये प्रविण माइलो थिए । जेठो छोरा नेपाली सेनामा कार्यरत छन् । लकुवामा २०६० असोज ९ गते जन्मिएका प्रविणले गाउँकै सगरमाथा माध्यमिक विद्यालयबाट कक्षा १० र काठमाडौँको पुष्पलाल क्याम्पसबाट कानुन विषयमा कक्षा १२ उतीर्ण गरेका थिए । उनी हाल स्नातक तह पहिलो वर्षमा अध्ययनरत थिए । 

दुवै पुस्ता विद्रोही चेतले भरिएको कुलुङ परिवारको तेस्रो पुस्ताले भने देशका लागि बलिदानी दिनु नपरोस् भन्ने बालकिशोरका परिवारका अन्य सदस्यको चाहना छ। रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE