Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

शैक्षिक असमानता हटाउने अभियानमा जुट्ने युवाहरूलाई मन्त्रि पोखरेलको शुभकामना

काठमाडौं । शैक्षिक समानताका लागि अभियान अघि बढाइरहेको संस्था टिच फर नेपालले बिहिबार आफ्नो छैठौं बार्षिकोत्सव एक कार्यक्रमका बीच सम्पन्न गरेको छ । शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रि गिरिराजमणि पोखरेल प्रमुख अतिथिरहेको उक्त कार्यक्रममा टिच फर नेपाल अन्तगर्त २ वर्षको फेलोसिप सम्पन्न गरेका लाई बिदाइ तथा नयाँ प्रज्ञार्थीलाई शुभकामना प्रदान गरिएको थियो ।

कार्यक्रममा शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रि गिरिराजमणि पोखरेलले आफु टिच फर नेपाल र टिच फर नेपालको कामलाई नजिक बाट नियालिरहेको बताए । “टिच फर नेपालले नेपालको शिक्षा सुधारमामा ठुलो भूमिका खेलिरहेको छ, र यो प्रक्रिया निरन्तर चलिरहे साक्षर नेपाल बनाउन धेरै समय लाग्ने छैन” मन्त्रि गिरिराजमणि पोखरेलले बताए । उनले २ वर्ष सकेका प्रज्ञार्थीहरूको उर्जा बुझेको र आगामी दिन मन्त्रालयको सहकार्यमा अघि बढ्न पहल समेत गरे । उनले नेपालको शिक्षा प्रणालीमा विद्यमान् कुरीतिले आफुलाई चिन्तित भएको बताए ।

२०१६ को प्रज्ञार्थीका रुपमा नेपालका ६ जिल्लाको ५१ सार्वजनिक बिद्यालयमा ४० प्रज्ञार्थीले २ वर्ष अद्ध्यापन गराएका थिए । “बर्षेनी धेरै जिल्ला बाट प्रज्ञार्थीको माग बढिरहेको र आफुहरू माग पूर्ति गर्न उत्साहित तथा चिन्तित रहेका छौ” प्रमुख कार्यकारी अधिकृत शिशिर खनाल ले बताए ।

कार्यक्रममा टिच फर नेपालले अध्यापन गराईरहेका बिभिन्न बिद्यालयका बिद्यार्थीहरुले बिज्ञान, प्रबिधि, इन्जिनियर, गणित संग सम्बन्धित प्रविधिहरुको पनि प्रदर्शनी गरेको थियो ।

टिच फर नेपाल बारे

टिच फर नेपाल सामूदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर वृद्धि गर्न कृयाशील एक शैक्षिक अभियान हो । यसले आफ्नो अभियानलाई शिक्षा मन्त्रालय, शिक्षा विभाग तथा सम्बन्धित जिल्ला शिक्षा कार्यालयहरूसँगको समन्वयमा विगत २०७० देखि ललितपुर, २०७१ देखि सिन्धुपाल्चोक, २०७२ देखि धनुषा,२०७५ देखी दाङ, लम्जुङ, पर्सा गरी ६ वटा जिल्लाहरुमा र २०७६ बाट तनहुँमा सञ्चालन हुने छ । यस अभियानको लागि यस संस्थाले विद्यालयसँगको साँझेदारीमा विभिन्न विश्वविद्यालयहरूबाट स्नातक उत्तीर्ण युवाहरुलाई छनौट तथा तालिम पश्चात अंग्रेजी,गणित र विज्ञान शिक्षकका रूपमा उपलब्ध गराउँदै आएको छ । हाल ललितपुर, सिन्धुपाल्चोक, धनुषा, दाङ, लम्जुङ , पर्सा र तनहुँका जम्मा ६७ सामुदायिक विद्यालयहरूमा यो अभियान सञ्चालित छ । जसमा १३८ जना प्रज्ञार्थी शिक्षकहरू कार्यरत हुनुहुन्छ । यस कार्यक्रमका लागि विभिन्न संघ, संस्था तथा व्यक्तिले विभिन्न प्रकारका सहयोगहरू गर्दै आएका छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending