काभ्रेपलाञ्चोक । सिन्धुलीको सुनकोशी गाउँपालिका–५ बन्दिपुर निवासी २२ वर्षीय आशमान तामाङको गोली लागेको अवस्थामा शव फेला परेको छ।
घ्याङ्लेख गाउँपालिका–१ स्थित पिउरीखोला जंगलमा तामाङको शव भेटिएको हो। उनको हत्या भएको हो वा आफैं बन्दुक पड्किएर गोली लागेको हो भन्ने विषयमा हालसम्म स्पष्ट हुन नसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिए।
तामाङको शव आफ्नै घरदेखि करिब तीन किलोमिटर दक्षिणतर्फ रहेको जंगलमा फेला परेको हो। नाइटोबाट रगत बगिरहेको अवस्थामा शव देखेपछि प्रहरी चौकी अमलेले जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई जानकारी गराएको थियो।
सूचना प्राप्त हुनासाथ राति नै प्रहरी चौकी अमले, इलाका प्रहरी कार्यालय वस्तीपुर तथा इलाका प्रहरी कार्यालय खुर्कोटबाट खटिएको टोली घटनास्थल पुगेको थियो।
प्रारम्भिक अनुसन्धानमा तामाङको पेटको भागमा गोली लागेको देखिएको छ। शव नजिकै एक थान भरुवा बन्दुक बीच भागबाट भाँचिएको अवस्थामा फेला परेको छ। साथै मृतकले बोकेको झोलामा बारुदजस्तो देखिने धुलो तथा फलाम र सिसाका टुक्राहरू समेत फेला परेको एसपी सुवेदीले बताए।
शवलाई मुचुल्का गरी पोस्टमार्टमका लागि सिन्धुली अस्पताल पठाइएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १२ गते, २०८३ - २०:१५
काठमाडौं । देशभर मनसुन सक्रिय भए पनि अपेक्षाअनुसार वर्षा हुन नसक्दा कुल वर्षा औसतभन्दा उल्लेख्य रूपमा कम रहेको छ । जल तथा मौसम विभागको तथ्याङ्कअनुसार ...
आषाढ़ १२ गते, २०८३ - २०:१२
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक प...
आषाढ़ १२ गते, २०८३ - २०:०७
गुल्मी । पहिले गाउँका प्रत्येक घरघरमा खेतबारी जोत्नका लागि गोरु पाल्ने चलन थियो । खेतीपाती गर्नका लागि गोरु नै किसानको मुख्य सहारा थिए। आजभोली ति दिन ...
आषाढ़ १२ गते, २०८३ - २०:०३
काठमाडौँ । पशुसेवा विभागले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन गरी नियन्त्रणको काम अघि बढाएको छ ...
आषाढ़ १२ गते, २०८३ - १८:१२
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि भएको मतदान सम्पन्न भएको छ। निर्वाचन आयोग स्रोतका अनुसार पदाधिकारी निर्वाचनमा ...
आषाढ़ १२ गते, २०८३ - १७:४१
मेलबर्न। १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालबाट टाढा राख्ने कानून अपेक्षाअनुसार प्रभावकारी हुन नसकेपछि अस्ट्रेलियाले त्यसलाई अझ कडा बनाउने तयारी...
आषाढ़ १२ गते, २०८३ - १७:२२
काठमाडौं । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजना हुने कार्यक्रममा केपी शर्मा ओली, पुष्पकमल दाहाल र माधव कुमार नेपाल एउटै मञ्चमा सहभागी ...
आषाढ़ १२ गते, २०८३ - १७:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीको शपथग्रहण आज साँझ हुने भएको छ। पार्टी...
आषाढ़ १२ गते, २०८३ - १६:४७
काठमाडौं । प्रतिनिधिसभाको बैठक लगातार तेस्रोपटक स्थगित भएको छ। आजका लागि तय गरिएको बैठक सूचना टाँस गरी आइतबार बस्ने गरि स्थगित गरेको संघीय संसद् सच...
आषाढ़ १२ गते, २०८३ - १६:३८
काठमाडौँ। नेदरल्यान्ड्समा आयोजना हुने आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट सङ्घ (क...



प्रतिकृया लेख्नुहोस्: