काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बजेट अभावका कारण सबै सडक मर्मत सम्भार गर्न नसकेको बताएका छन्।
मन्त्री घिसिङले २३औँ वार्षिकोत्सव समारोहमा बोल्दै भने, “सडकको अवस्था सुधार गर्नुपर्ने धेरै सडक छन्। सडक बोर्डले आफ्नो जिम्मेवारी बहन गरेको छ, तर बजेटको सीमा (लिमिटेशन) का कारण मर्मत सम्भार समयमै गर्न सकिएको छैन।”
उनले थपे कि संघ, प्रदेश र स्थानीय तहबाट केही सडक मर्मत भइरहेको छ, तर बजेट अभावले समयमै काम गर्न समस्या भइरहेको छ। यसै कारण जनतामा ठुलो आक्रोश देखिएको उनले बताए। उनले आगामी वर्षमा बजेट दायरा बढाउनुपर्ने आवश्यकता पनि औँल्याए।
मन्त्री घिसिङले केही सडक मर्मतमा निर्माण व्यवसायीका कारण ढिला भएको बताए र भने, “अबका दिनमा काम भएन भने निर्माण व्यवसायीले पेनाल्टी तिर्नुपर्ने अवस्था बनाएर काम अघि बढाउनुपर्छ।”
सडक बोर्डका कार्यकारी निर्देशक गणेश बहादुर केसीले भने कि समयमा मर्मत नभए लागत बढ्दै गएको छ। उनले थपे, “समयमै सडक मर्मत नगरे तीन–चार गुणा लागत बढ्छ। सडक मर्मतलाई वैज्ञानिक ढङ्गबाट गर्नु आवश्यक छ। सडक बोर्डले नियमित मर्मत, पटके मर्मत र अद्यावधिक मर्मत गर्दै आएको छ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ११ गते, २०८२ - १७:४६
काठमाडौं। पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो दलले जेन-जी आन्दोलनको भावनालाई समर्थन गरे पनि हिंसात्मक गतिविधिमा संलग्न नरहेको बताएका छन्। भदौ...
चैत्र ११ गते, २०८२ - १७:२६
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले जाँचबुझ आयोगमा दिएको बयानमा भदौ २४ गते भएको विध्वंसात्मक घटनामा आफ्नो पार्टी स...
चैत्र ११ गते, २०८२ - १७:२०
काठमाडौं। गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकारीमाथि विभागीय कारबाही गर...
चैत्र ११ गते, २०८२ - १७:११
काठमाडौं। यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थमा भएको हालैको मूल्यवृद्धिलाई आधार मानी सार्वजनिक यातायातको भाडा वृद्धि गर्न सरकारलाई सिफारिस गरेक...
चैत्र ११ गते, २०८२ - १६:४३
काठमाडौं। काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र (बालेन) शाहले गत २३ भदौको शान्तिपूर्ण र्यालीमा आफ्नो समर्थन रहेको तर आन्दोलनमा प्रत्यक्ष संलग्न ...
चैत्र ११ गते, २०८२ - १६:३३
काठमाडौं। २३ भदौमा कर्फ्यु जारी हुनुअगावै चार घण्टासम्म प्रदर्शनकारी र सुरक्षा निकायबीच भएको ‘भीडन्त’ रोक्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृह...
चैत्र ११ गते, २०८२ - १५:५८
१०८ जना बटुकले स्वस्तिवाचन गर्ने, १६ जना भिक्षुले अष्ठमंगल पाठ गर्ने
चैत्र ११ गते, २०८२ - १५:४९
सुर्खेत। नेपाल प्रहरीले १६ वर्षीया बालिका इनिसा विकको मृत्यु प्रकरणको अनुसन्धान पूरा गरी प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ। जिल्ला ...
चैत्र ११ गते, २०८२ - १५:२०
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न गराउने क्रममा निर्वाचन आयोगले कायम गरेको मानक आगामी निर्वाचनमा पनि य...
चैत्र ११ गते, २०८२ - १४:४१
काठमाडौँ। नेपालका आठ जना क्रिकेटरले एकै पटक वेल्जियमको लिग खेल्ने भएका छन् । आगामी जुन ६ देखि १४ तारिखसम्म वेल्जियकमा हुने युरोपियन टी–२० लिगमा नेप...


प्रतिकृया लेख्नुहोस्: