भक्तपुर। मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीमा आज ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् गम्भीर घाइते भएका छन् ।
लोकन्थली चोकको सडकमा काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको ना। ७ ख। ९२६६ नं।को डिजेल बोकेको ट्याङकरले भक्तपुरतर्फ नै जाँदै गरेको बा। २३ प। ९२३४ नं।को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार ३२ वर्षीया स्वस्तिका ऐर बडालको घटनास्थलमा नै मृत्यु भएको हो ।दुर्घटनामा मोटरसाइकल चालक दार्चुलाको नौगाड गाउँपालिका–१ घर भई हाल काठमाडौँको कीर्तिपुर बस्दै आएका ३४ वर्षीय करणसिंह बडाल गम्भीर घाइते हुनु भएको छ ।
उनको कौशलटारस्थित भक्तपुर इन्टरनेसनल अस्पतालमा उपचार भइरहेको प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक नमराज ढुङ्गानाले जानकारी दिए ।
प्रहरीले ट्याङकरका चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१, अम्लेखगञ्जका २५ वर्षीय प्रशान्त बललाई नियन्त्रणमा लिएको प्रहरी वृत्त थिमिले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १३ गते, २०८२ - १४:११
काठमाडौँ। लण्डन स्कूल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातक गर्नुभएका डा.स्वर्णिम वाग्ले नेपालको स्थापित अर्थशास्त्रीमध्येको एक छन्। गोरखाको बुङ्को...
चैत्र १३ गते, २०८२ - १३:५२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वमा नयाँ सरकार गठन भएको छ। १५ सदस्यीय मन्त्रिपरिषद् अनुसार डा। स्वर्णिम वाग्ले...
चैत्र १३ गते, २०८२ - १३:३४
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपति कार्यालयबाट बाहिरिएका छन्। प्रधानमन्त्रीको शपथ ग्रहणका लागि राष्ट्रपति कार्यालय, शीतलनि...
चैत्र १३ गते, २०८२ - १३:१९
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको १५ सदस्यीय मन्त्रिपरिषद्मा पाँच जना महिला मन्त्री रहेका छन्। नवनियुक्त महिला मन्त्रीहरू यस प्रकार ...
चैत्र १३ गते, २०८२ - १३:०९
काठमाडौं । राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल ले नयाँ मन्त्रीहरूलाई शपथ गराएका छन्। आजै प्रधानमन्त्री बाले...
चैत्र १३ गते, २०८२ - १२:४९
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को शपथ ग्रहण समारोहमा विभिन्न राजनीतिक दलका वरिष्ठ नेता र पूर्वप्रधानमन्त्रीहरू उपस्थित भएका छन्। राष...
चैत्र १३ गते, २०८२ - १२:४४
काठमाडौं। बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा ३६ वर्षी...
चैत्र १३ गते, २०८२ - १२:३८
काठमाडौं । निर्वाचित रास्वपाका सांसद अमरेशकुमार सिंहले मन्त्री बन्न अस्वीकार गरेका छन्। उद्योग, वाणिज्य एवं आपूर्ति मन्त्री बन्ने भनिएका सिंहले अस्...
चैत्र १३ गते, २०८२ - १२:२५
काठमाडौं । शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुबैको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८१ हजार रुपैय...
चैत्र १३ गते, २०८२ - ११:३४
काठमाडौं । बालेन्द्र साह (बालेन)नेतृत्वको सरकारमा सुनिल लम्साल मन्त्री बन्ने भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री समेत रहेका उ...



प्रतिकृया लेख्नुहोस्: