Khabar Dabali २० जेष्ठ २०८३ बुधबार | 3rd June, 2026 Wed
Investment bank

कप्तान रोहितका बुवा र आमा गृहनगरमा सम्मानित

खबरडबली संवाददाता

पश्चिम नवलपरासी। नेपाल प्रिमियर लिग ९एनपिएल० को दोस्रो संस्करणको उपाधि विजेता टोली लुम्बिनी लायन्सको ट्रफी उत्सव यात्रा राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको गृहनगर पश्चिम नवलपरासीको बर्दघाट पुगेको छ ।

मङ्गलबार बर्दघाट नगरपालिकाले आफ्नो नगरको गौरव तथा राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलका बुवा र आमालाई समेत भव्य सम्मान गरेको छ । बर्दघाट नगर सरकार र आम नगरवासीको तर्फबाट उनीहरूलाई सम्मान गरिएको हो ।

टोलीले जितेको एनपिएलको ट्रफीसहितको विजय उत्सव टोली कप्तान रोहितको घरमै पुगेको थियो, जहाँ स्थानीय जनप्रतिनिधि, खेलप्रेमी र नगरवासीले भव्य स्वागत गरेका थिए ।

कार्यक्रममा बोल्दै बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले रोहित पौडेलले क्रिकेटको माध्यमबाट बर्दघाट र सिंगो नेपाललाई विश्वसामु चिनाएको भन्दै प्रशंसा गरे। उनले रोहित जस्तो प्रतिभावान खेलाडीलाई जन्म दिने र यो स्थानसम्म पुर्‍याउन त्याग गर्ने अभिभावकलाई सम्मान गर्न पाउनु नगरपालिकाको लागि गौरवको विषय भएको बताए ।

लुम्बिनी लायन्सले लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूमा ट्रफी पुर्‍याएर खुसी साट्ने उद्देश्यले पुस ६ गते शनिबारदेखि यो यात्रा सुरु गरेको थियो । ट्रफी उत्सव यात्रा बर्दिया, दाङ, रुकुम, रोल्पा, प्युठान, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा हुँदै पश्चिम नवलपरासी पुगेको हो। यो यात्रा पुस १६ गते  रुपन्देहीको भैरहवास्थित मायादेवी मन्दिरमा पुगेर समापन हुनेछ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सप्तरीमा गर्मीको कहर, अस्पतालमा बिरामीको चाप बढ्यो

सप्तरी। सप्तरीमा एक सातायता बढेको अत्यधिक गर्मीको कारण जनजीवन कष्टकर बनेको छ ।  सँधै भिडभाड रहने राजविराज बजारमा सर्वसाधारणको आवतजावत पातलिएको छ । ...

वैकल्पिक विकास वित्त परिचालन विधेयकमा सुझाव दिन नसक्दा राष्ट्रियसभाको भूमिका स्वत: समाप्त

काठमाडौं । वैकल्पिक विकास वित्त परिचालन विधेयकमाथि सुझाव दिने संवैधानिक अवसर राष्ट्रियसभाले गुमाएको छ। प्रतिनिधिसभाबाट पारित भएर आएको उक्त विधेयकमा सं...

नेपाल र भारतले विकास कूटनीतिको नयाँ युगलाई आत्मसात् गर्नुपर्छ: रवि लामिछाने

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाल र भारतले अतीतका सीमालाई आत्मसाथ गर्दै विकास कूटनीतिको नयाँ युगमा प्रवेश ग...

एक महिनादेखि सम्पर्कविहीन सशस्त्रका असई र युवती झुण्डिएको अवस्थामा मृत फेला

काभ्रेपलाञ्चोक । करिब एक महिनादेखि सम्पर्कविहीन रहेका सशस्त्र प्रहरीका एक असई र एक युवतीको शव पाँचखालमा झुण्डिएको अवस्थामा फेला परेको छ। जिल्ला प्र...

समर्थन मूल्यभन्दा कममा धान खरिद गरे कारबाही

राजविराज। जिल्ला प्रशासन कार्यालय सप्तरीले सरकारद्वारा निर्धारण गरिएको न्यूनतम समर्थन मूल्यभन्दा कम दरमा धान खरिद नगर्न खरिदकर्ता तथा सरोकारवालालाई सच...

सामान्य अंकले बढ्यो सेयर बजार, निर्जीवन बीमा समूहमा लगानीकर्ताको आकर्षण

काठमाडौं । अघिल्लो कारोबार दिन उल्लेख्य वृद्धि भएको सेयर बजार बुधबार भने सामान्य अंकले मात्र उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचक २.६६...

नयाँदिल्लीको एक होटलमा भीषण आगलागी: २१ जनाको मृत्यु

नयाँदिल्ली। भारतको राजधानी नयाँदिल्लीको एक होटलमा भएको भीषण आगलागीमा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । पछिल्लो वर्ष राजधानीम...

पार्टी नेतृत्व नछोड्ने ओलीको घोषणा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेकपा एमालेको नेतृत्वमा निरन्तर रहने स्पष्ट गरेका छन्। राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रम...

सीमा समस्या समाधानका लागि कूटनीतिक प्रयास गर्न राष्ट्रियसभा सदस्यहरूको सुझाव

काठमाडौं । राष्ट्रियसभा सदस्यहरूले नेपाल–भारत सीमा समस्या समाधानका लागि कूटनीतिक प्रयासलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। राष्ट्रियसभाको बुधबारको...

नेपालसँग साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्न भारत तयार: मोदी

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्न भारत तयार रहेको बताएका छन्। भारत...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending