पश्चिम नवलपरासी। नेपाल प्रिमियर लिग ९एनपिएल० को दोस्रो संस्करणको उपाधि विजेता टोली लुम्बिनी लायन्सको ट्रफी उत्सव यात्रा राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको गृहनगर पश्चिम नवलपरासीको बर्दघाट पुगेको छ ।
मङ्गलबार बर्दघाट नगरपालिकाले आफ्नो नगरको गौरव तथा राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलका बुवा र आमालाई समेत भव्य सम्मान गरेको छ । बर्दघाट नगर सरकार र आम नगरवासीको तर्फबाट उनीहरूलाई सम्मान गरिएको हो ।
टोलीले जितेको एनपिएलको ट्रफीसहितको विजय उत्सव टोली कप्तान रोहितको घरमै पुगेको थियो, जहाँ स्थानीय जनप्रतिनिधि, खेलप्रेमी र नगरवासीले भव्य स्वागत गरेका थिए ।
कार्यक्रममा बोल्दै बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले रोहित पौडेलले क्रिकेटको माध्यमबाट बर्दघाट र सिंगो नेपाललाई विश्वसामु चिनाएको भन्दै प्रशंसा गरे। उनले रोहित जस्तो प्रतिभावान खेलाडीलाई जन्म दिने र यो स्थानसम्म पुर्याउन त्याग गर्ने अभिभावकलाई सम्मान गर्न पाउनु नगरपालिकाको लागि गौरवको विषय भएको बताए ।
लुम्बिनी लायन्सले लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूमा ट्रफी पुर्याएर खुसी साट्ने उद्देश्यले पुस ६ गते शनिबारदेखि यो यात्रा सुरु गरेको थियो । ट्रफी उत्सव यात्रा बर्दिया, दाङ, रुकुम, रोल्पा, प्युठान, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा हुँदै पश्चिम नवलपरासी पुगेको हो। यो यात्रा पुस १६ गते रुपन्देहीको भैरहवास्थित मायादेवी मन्दिरमा पुगेर समापन हुनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १६ गते, २०८२ - ११:५०
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिल कुमार सिन्हाले काठमाडौं विमानस्थलबाट यात्रा गर्दा आफ्नो अनुभव सुखद नभएको बताएका छन्। मन्त्री...
पौष १६ गते, २०८२ - ११:३६
मुगु। नाग्म गमगढीको दुरवस्थाबारे सङ्घ तथा प्रदेश सभाका सदस्यहरूले आवाज उठाउँदै आएका छन् । तर उनीहरूको आवाज सरकारले सुन्दैन । मुगुबाट विघटित तत्कालीन स...
पौष १६ गते, २०८२ - ११:१७
काठमाडौँ । स्थानीय बजारमा बुधवार सुनको मूल्यमा गिरावट आएको छ । मंगलबारको तुलनामा बुधवार सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले घटेको हो । यसअघि मं...
पौष १६ गते, २०८२ - १०:५७
कञ्चनपुर। कञ्चनपुरका दुई पालिकाका विद्यालयमा सार्वजनिक बिदा दिइएको छ । यहाँको वेदकोट नगरपालिका र भीमदत्त नगरपालिकाले चार दिनका लागि विद्यालयमा बिदा दि...
पौष १६ गते, २०८२ - १०:४३
काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाउने क्रममा गम्भीर त्रुटि गरेको पाइएको छ। मंगलबार बिहान बुझाइएको सूचीमा पूर्...
पौष १६ गते, २०८२ - १०:३४
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा एक युवक र एक युवती मृत अवस्थामा फेला परेका छन्। वीरेन्द्रनगर नगरपालिका–४ स्थित सहिद पार्क नजिकैको जंगलमा उनीहरूका श...
पौष १६ गते, २०८२ - १०:२४
काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेशकी पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको राजकीय अन्त्येष्टिमा सहभागी हुन ढाका प्रस्थान गरेका छन्। ...
पौष १६ गते, २०८२ - १०:०७
काभ्रेपलाञ्चोक । सिन्धुलीको सुनकोशी गाउँपालिका–५ बन्दिपुर निवासी २२ वर्षीय आशमान तामाङको गोली लागेको अवस्थामा शव फेला परेको छ। घ्याङ्लेख गाउँपालिका...
पौष १६ गते, २०८२ - ०९:५९
पश्चिम नवलपरासी। नेपाल प्रिमियर लिग ९एनपिएल० को दोस्रो संस्करणको उपाधि विजेता टोली लुम्बिनी लायन्सको ट्रफी उत्सव यात्रा राष्ट्रिय टोलीका कप्तान रोहित ...
पौष १५ गते, २०८२ - १७:००
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलले आगामी निर्वाचनका लागि कांग्रेस र एमालेले बराबरी सिट बाँडेर सहकार्य गर्न स...




प्रतिकृया लेख्नुहोस्: