Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

श्रीमानसहित परिवारै मिलेर दोस्रो श्रीमती सुनीताको निर्मम हत्या

रौतहट । श्रीमतीको हत्या गर्ने गढीमाई नगरपालिका–१ का ३० वर्षीय सरमोद ठाकुरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ठाकुरले शनिबार राती श्रीमती सुनीताकुमारी ठाकुरलाई बाँसको चिर्पटले हानेर हत्या गरेका थिए । हत्यापछि गुपचुप रूपमा शव जलाउँदै गर्दा प्रहरीले ठाकुरसहित चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ठाकुरका काका ६० वर्षीय रामेश्वर ठाकुर, बहिनीहरू १९ वर्षीया निभाकुमारी ठाकुर र १८ वर्षीया सीमाकुमारी ठाकुर छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नवीन कार्कीका अनुसार सुनीतालाई श्रीमान्, काका ससुरा र नन्दहरू मिलेर घरभित्रै कुटपिट गरेर हत्या गरेका हुन् । सुनीता ठाकुरकी दोस्री श्रीमती हुन् ।

हत्या गरेर गुपचुप शव जलाएको भन्दै माइती पक्षले प्रहरीलाई खबर गरेपछि शनिबार राति नै इलाका प्रहरी कार्यालय गरुडा र चन्द्रनिगाहपुरको टोली घटनास्थलमा पुगेर उनीहरूलाई पक्राउ गरेको हो । सुनीताको हत्या गरेर जलाउँदै गरेको शवबाट केही अवशेष प्रहरीले बरामद गरेको छ ।

तीन वर्षअघि वैदेशिक रोजगारीमा गएका ठाकुर होली मनाउन घर आएका थिए । उनी विदेश बस्दा दुवै श्रीमती माइतमा बसेका स्थानीयले बताएका छन् । घर आएपछि ठाकुरले दुवै श्रीमतीलाई घरमा बोलाएका थिए । घटनाको थप अनुसन्धान भइरहेको इप्रका गरुडाका प्रहरी निरीक्षक अनमोल खड्काले जानकारी दिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies