काठमाडौं । नेपाली कामदार लैजाने विषयमा सोमबार सरकार र जापानी पक्षबीच समझदारी (एमओसी)मा हस्ताक्षर भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल र नेपालका लागि जापानी राजदूत मासामिची साइगोबीच कामदार आपूर्तिबारे सहकार्यको समझदारी (एमओसी) मा हस्ताक्षर भएको हो।
आगामी अप्रिल १ देखि कार्यान्वयनमा आउने गरी दुई देशबीच भएको सम्झौता अनुसार जापानमा जाने कामदारले जापानी सरह सेवा सुविधा पाउने छन् । सम्झौता अनुसार जापान जाने कामदारको न्यूनतम तलब २ लाख रुपैयाँ हुनेछ।
जापानीज भाषा र सीप परीक्षा पास गर्नुपर्ने
सम्झौता अनुसार जापान जान चाहने सबै श्रमिकहरूले जापानी भाषा र सीप परीक्षा अनिवार्य रूपमा पास गर्नुपर्नेछ । भाषा र सीप परीक्षा सञ्चालन गर्ने संयन्त्र जापानको सम्बन्धित निकायले लिने छ । यसअघि सरकारले यस्तै प्रकृतिको सम्झौता दक्षिण कोरियामा कामदार पठाउन गरेको थियो ।
जापानीज नागरिक सरह सुविधा
समझदारी पत्रमा नेपाली श्रमिकहरूले जापानी नागरिक सरह सेवा सुविधा पाउने उल्लेख छ । सम्झौता अनुसार जाने कामदारलाई भाषा सिक्न, स्वास्थ्य सेवा लिन र काम परिवर्तन गर्न समेत सहजीकरण हुनेछ । श्रमिकहरू जुन कार्यक्षेत्रमा गएका हुन्, सोही कार्यक्षेत्रमा रोजगारदाता परिवर्तन गर्न अनुमति दिइने व्यवस्था छ । यसमा सामाजिक रोजगार सेवा केन्द्रले सहयोग र समन्वय गर्नेछ सम्झौतामा उल्लेख छ ।
परिवारका सदस्य समेत लैजान पाउने
जापानले कामदारलाई वर्गीकरण गरि लैजाने छ । जसमा सामान्य तहको सीप र उच्च तहको सीप भनी छुट्याएको छ । पहिलो वर्ग (एसएसडब्लू–आई) का कामदारलाई जापान जान सम्बन्धित कार्यक्षेत्रमा अनुभव आवश्यक पर्छ । उनीहरु बढीमा ५ वर्षसम्म जापानमा बस्न पाउँछन् । र, दोस्रो वर्ग (एसएसडब्लू–आईआई) का कामदारका लागि भने उच्च तहको सिप आवश्यक पर्छ । डाक्टर, नर्स, इन्जिनियर लगायतले यस्तो भिसा पाउनेछन् । यस्ता कामदारको पनि भिसा अवधि थप गर्न सकिने र परिवारका सदस्यहरुलाई समेत जापान लैजान सक्ने सुविधा हुने समझदारी भएको छ ।
१४ वटा क्षेत्रका लागि कामदार लगिने
जापानले नेपालसहित ९ वटा देशबाट विदेशी कामदार लैजान लागेको छ। अप्रिलदेखि नै कामदार भर्ना गर्ने जापानको तयारी छ। उसले ९ देशबाट नर्सिङ, सुरक्षा गार्ड, उत्पादनमूलक उद्योग, होटल तथा आतिथ्यता व्यवसाय, कृषि, मत्स्य संकलन, खाद्य प्रशोधन तथा खाद्य आपूर्तिलगायत १४ वटा क्षेत्रका लागि कामदार लैजान लागेको छ। यद्यपि कुन कार्यक्षेत्रमा कति नेपाली लैजाने भन्ने विषयको टुंगो भने लागिसकेको छैन् ।
अब जापानी भाषा परीक्षा एवं सीप परीक्षणका लागि जापानी पक्षलाई सहयोग गर्न वैदेशिक रोजगार विभाग अन्तर्गत बेग्लै इकाई स्थापना हुनेछ । समझदारीपत्रको प्रभावकारी कार्यान्वयनका गर्न दुवै देशका प्रतिनिधिहरू रहने गरी एक संयुक्त समितिको व्यवस्था गरिएको छ । सो समितिले नेपाली श्रमिकहरूको भर्ना, रोजगारी र स्वदेश फिर्ती लगायतका विषयमा अवलम्बन गर्ने विधि एवं प्रक्रियाको टुंगो लगाउने छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: