काठमाडौं । नेपाली कांग्रेसको इतर समूहले आयोजना गरेको तीनदिने राष्ट्रिय भेलाको समापन समारोहमा धर्मसम्बन्धी विषयलाई लिएर शीर्ष नेताहरूबीच विवाद भएको छ ।
सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजित समापन कार्यक्रममा निर्णयहरू सार्वजनिक गर्ने क्रममा पूर्वउपसभापति विमलेन्द्र निधि र निवर्तमान प्रवक्ता डा। प्रकाशशरण महतबीच भनाभन भएको हो । विवाद बढ्दै जाँदा दुई नेताबीच निर्णय लेखिएको कागज खोसाखोस भएको दृश्यसमेत मञ्चमा देखिएको थियो ।
भेलाबाट पारित निर्णय वाचन गर्ने तयारी भइरहेका बेला धर्मसम्बन्धी शब्दावलीलाई लिएर दुई नेताबीच मतभेद उत्पन्न भएको बताइएको छ ।
डा। महतले तयार पारेको निर्णयको मस्यौदामा ‘सनातनदेखि मानिँदै आएका धर्महरू मान्न सबैलाई स्वतन्त्र हुने’ भन्ने वाक्य समेटिएको थियो । तर, निधिले उक्त शब्दावलीप्रति असहमति जनाउँदै त्यसलाई परिमार्जन गरी ‘धार्मिक स्वतन्त्रता’ मात्र उल्लेख गर्नुपर्ने अडान राखेका थिए ।
यही विषयमा सहमति जुट्न नसकेपछि कार्यक्रमको प्रत्यक्ष प्रसारण भइरहेकै समयमा दुई नेताबीच केहीबेर विवाद भएको थियो । विवाद चर्किँदा निर्णयको कागज एकअर्काबाट खोस्ने प्रयाससमेत भएको थियो ।
मञ्चमै नेताहरूबीच विवाद भएपछि निवर्तमान सभापति शेरबहादुर देउवाले हस्तक्षेप गरेका थिए । देउवाको निर्देशनपछि अन्तत: डा। महतले तयार पारेको ‘सनातनदेखि मानिँदै आएका धर्महरू मान्न सबै स्वतन्त्र हुने’ भन्ने बुँदा नै वाचन गरिएको बताइएको छ ।
यसअघि समापन समारोहलाई सम्बोधन गर्दै देउवाले आफू व्यक्तिगत रूपमा हिन्दू धर्म मान्ने भए पनि सबै धर्मको सम्मान गर्ने बताएका थिए ।
देउवाले आफू हिन्दू भएको बताउँदै नेपालमा मुस्लिम, किराँतलगायत विभिन्न धर्म मान्ने समुदाय रहेको र आफू कुनै धर्म वा समुदायको विरोधी नभएको स्पष्ट पारेका थिए ।
धर्मको विषयमा आफ्नो व्यक्तिगत आस्थाबारे स्पष्ट पारेपछि देउवाले आफूले हिन्दू धर्म मान्न पाउने र आफ्नो धार्मिक विश्वास राख्न पाउने विषयमा कुनै भ्रम नराख्न आग्रह गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३१ गते, २०८३ - १५:३४
दमक। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता–कार्यकर्तालाई पद र व्यक्तिगत स्वार्थभन्दामाथि उठेर देश र जनताको ह...
श्रावण ३१ गते, २०८३ - १५:०७
पश्चिम नवलपरासी। पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा नारायणी नदीले कटान तीव्र पारेपछि तटीय क्षेत्रमा जोखिम उच्च बनेको छ । लगातारको वर्षासँगै उर्लिएर आए...
श्रावण ३१ गते, २०८३ - १४:४१
काठमाडौं । नेपाली कांग्रेसको तीनदिने राष्ट्रिय भेलाले नेपालको सनातन धर्म र संस्कृतिलाई राष्ट्रिय पहिचानको महत्वपूर्ण आधारका रूपमा अघि बढाउने विशेष प्र...
श्रावण ३१ गते, २०८३ - १४:३०
काठमाडौं । नेपाली कांग्रेसको इतर समूहले आयोजना गरेको तीनदिने राष्ट्रिय भेलाको समापन समारोहमा धर्मसम्बन्धी विषयलाई लिएर शीर्ष नेताहरूबीच विवाद भएको छ ।...
श्रावण ३१ गते, २०८३ - १४:०७
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू हिन्दू धर्म मान्ने व्यक्ति भए पनि कुनै धर्म वा समुदायको विरोधी नरहेको स्पष्ट पारेक...
श्रावण ३१ गते, २०८३ - १३:५२
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक बहससँगै रचनात्मक आन्दोलन आवश्यक रहेको बताएका छन् । ग्राम...
श्रावण ३१ गते, २०८३ - १३:४०
काठमाडौं । देशभर एलपी ग्यासको अभाव चर्किएपछि ग्यास विक्रेता महासंघ नेपालले उद्योग तथा विभिन्न नाममा सञ्चालन भइरहेका बिक्री केन्द्रबाट हुने प्रत्यक्ष ब...
श्रावण ३१ गते, २०८३ - १३:२७
हिले। धनकुटाको साँगुरीगढी गाउँपालिका वडा ६ चारखोले गोलाईस्थित कोशी लोकमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्...
श्रावण ३१ गते, २०८३ - १३:१३
जाजरकोट । चार जनाको ज्यान जाने गरी आएको बाढीपहिरोपछि उच्च जोखिममा रहेको जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ क्षेत्रका करिब २०० स्थानीयलाई सुरक्षित स्थानम...
श्रावण ३१ गते, २०८३ - १३:०१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको प्रस्तावित चीन भ्रमणको मिति सरेको छ । यसअघि अगस्ट दोस्रो साता चीन जाने तयारीम...



प्रतिकृया लेख्नुहोस्: