Khabar Dabali २४ पुष २०८२ बिहीबार | 8th January, 2026 Thu
Investment bank

हेर्नुहोस् यस्तो छ राप्रपाको 'यात्रा हाइलाइट्स्'

काठमाडौं । राप्रपाले फागुन १५ देखि ३० गतेसम्म सञ्चालन गर्ने मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको तयारी निरन्तर भइरहेको छ । यात्रालाई व्यवस्थित र प्रभावकारी ढंगबाट सम्पन्न गर्न केन्द्रमा सचिवालय स्थापना गरि यात्राको सम्पूर्ण तयारी हुँदैछ भने जिल्लाको तयारीका लागि केन्द्रबाट विभिन्न चारवटा टोली पठाइएको छ । यात्रा हाइलाइट्स् - राप्रपा अध्यक्ष कमल थापाले एक भव्य समारोहका बीच फागुन १५ गते ताप्लेजुङ सदरमुकाममा यात्राको औपचारिक समुदघाटन गर्नुहुनेछ । - हिन्दु राष्ट्रको पुनःस्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य, स्वदेश मै पर्याप्त रोजगारीको सिर्जना गर्ने वातावरण बनाउन दबाब दिने, सबैखाले महिला हिंसा, जातीय विभेद र छुवाछुतको अन्त्यका लागि जनजागरण गर्ने यात्राको उद्देश्य हुनेछ । -यात्रा अवधिभर शुद्ध शाकाहारी भोजनको व्यवस्था गरिएको छ, यसबारे यात्रा पुग्ने जिल्लाका सम्बन्धित समितिलाई सर्कुलर समेत पठाइएको छ । -ताप्लेजुङबाट पाँचथर, इलाम, झापा सहित तराईका २२ जिल्ला र देशका विभिन्न भाग हुँदै सुदुर पश्चिमको कञ्चनपुर पुग्ने यात्रा कञ्चनपुरबाट फर्केर बुटवलबाट पाल्पा, स्याङ्जा, कास्की हुँदै फागुन २९ गते उपत्यका प्रवेश गर्नेछ र फागुन ३० गते विशाल सभा गर्दै सम्पन्न हुनेछ । -काठमाडौंमा दशरथ रंगशाला त्रिपुरेश्वरबाट ५००० भन्दा बढी कलश यात्रा हुनेछ । -ताप्लेजुङबाट काठमाडौं सम्मको १५ दिने यात्राले २२६० किमि दुरीको यात्रा तय गर्नेछ । - हरेक दिन बिहान धार्मिक अनुष्ठान गरि यात्रा प्रारम्भ हुनेछ भने बेलुका आरती गरिनेछ । - यात्राको क्रममा हिन्दु, बौद्ध र किराँत धर्मलाई चिनाउने सजावटयुक्त मन्दिर, चैत्य बनाइनेछ । -यात्रामा राष्ट्रिय भावनाले भरिपूर्ण गीत संगीत र भगवानका भजनहरु निरन्तर बजाइनेछ । -यात्राको क्रममा विभिन्न नदि तथा कुण्डको पानी संकलन गरिनेछ, त्यसरी संकलन गरिएको जललाई काठमाडौंमा हुने कलश यात्रामा प्रयोग गरि पशुपतिनाथ मन्दिरमा अभिषेक गरिनेछ । -यात्राका क्रममा साना ठूला गरि १०० भन्दा बढी सभाहरु हुनेछन् । प्रत्येक सभालाई अध्यक्ष कमल थापाले सम्बोधन गर्नु हुनेछ । अन्य वरिष्ठ र केन्द्रीय नेताहरूले आवश्यकता अनुसार सम्बोधन गर्नु हुनेछ ।  
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending