लमजुङ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि लमजुङबाट प्रत्यक्षतर्फको उम्मेदवारमा संस्थापक जिल्ला अध्यक्ष एवं केन्द्रीय संगठन विभागका सदस्य इन्जिनियर धर्म के.सी.लाई सिफारिस गरेको छ।
रास्वपा लमजुङको सोमबार बसेको बैठकले केसीलाई आगामी प्रतिनिधि सभा निर्वाचनमा लमजुङबाट एकल उमेदवारको रुपमा सिफारिस गरेको हो। पार्टीका गण्डकी प्रदेश समितिका सदस्यको उपस्थितिमा जिल्ला कार्य समिति, अधिवेशन सम्पन्न भएका तथा तदर्थ समिति रहेका पालिका तथा वडा समिति र जिल्लामा गठन भएका विभिन्न तहगत समितिहरुको संयुक्त बैठकले केसीलार्ई सर्वसम्मत एकल उमेदवारका रूपमा सिफारिस गरिएको जिल्ला सभापति अशोक सापकोटाले जानकारी दिए।
२०७९ को प्रतिनिधि सभा निर्वाचनमा पनि केसी लमजुङबाट रास्वपाको प्रत्यक्ष तर्फको उमेदवार थिए। सो निर्वाचनमा केसीले तेस्रो स्थानमा रहँदै ९ हजार २९ मत पाएको थिए।
उज्यालो नेपाल पार्टी पनि रास्वपामा समाहित भएपछि सो पार्टीका केन्द्रीय सदस्य निर्देश सिलवालले पनि लमजुङबाट उम्मेदवार बन्ने संकेत गरेको छन्। उनले लमजुङबाट उठ्ने संकेत गरेपछि रास्वपा र उज्यालोका नेता तथा कार्यकर्ताहरुको पक्ष र विपक्षमा सामाजिक सञ्जाल तातेको थियो। सिलवाल २०७४ मा विवेकशील साझाबाट लमजुङमा र २०७९ मा काठमाडौं क्षेत्र नम्बर–६ बाट स्वतन्त्र उम्मेद्वार बनेको थिए। उनले २०७४ मा लमजुङमा ६१८ र २०७९ मा काठमाण्डौं–६ मा १२७ मत प्राप्त गरेको थिए।
जिल्लाले केसीलाई एकल उम्मेदवार सिफारिस गरेपछि रास्वपाका केन्द्रीय प्रवास विभाग सचिव पदमराज पन्थीले राष्ट्रिय स्वतन्त्र पार्टीको नीतिबमोजिम कुनै पनि उम्मेदवारलाई जिल्ला वा निर्वाचन क्षेत्रको सिफारिस आवश्यक नपर्ने बताएको छन्। उनले जिल्लाको सिफारिस भन्दै नाम सिफारिस गरिएको विषय पूर्णत गलत भएको सामाजिक सञ्जालमा टिप्पणी गरेको छन्।
जिल्लाले केसीलाई सिफारिस गरे पनि केन्द्रबाट उज्यालो वा बालेन पक्षकालाई टिकट दिएर पठायो भने समर्थन गरेर अघि बढ्नु पार्टीको दायित्व हुने नेताले बताएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २४ गते, २०८२ - १७:२१
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट घटकलाई एकीकृत गर्दै अगाडि बढ्ने प्रक्रिया जारी रहेको बताएक...
पौष २४ गते, २०८२ - १६:५१
काठमाडौँ। अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले सरकार निर्वाचन सुरक्षाका लागि जिम्मेवार रहेको बताएको छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्...
पौष २४ गते, २०८२ - १६:४२
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको नाम सिफारिस गरेको छ । ...
पौष २४ गते, २०८२ - १६:३७
नारायणगढ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले हिजोमात्रै मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङसँग भएको सहमतिलाई अब पार्टी...
पौष २४ गते, २०८२ - १६:२७
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले आगामी निर्वाचनमा जनताप्रति उत्तरदायी र काम गर्न सक्ने जनप्रतिनिधि मात्र चुन्न आग्र...
पौष २४ गते, २०८२ - १६:०७
पार्टीको आन्तरिक झगडामा प्रवेश नगर्ने आयोगको जवाफ
पौष २४ गते, २०८२ - १५:४१
काठमाडौं । गत भदौ २३ र २४ गते सम्पन्न जेनजी आन्दोलनका क्रममा भएको भौतिक क्षतिको पुनर्निर्माण, मर्मत तथा नयाँ संरचना निर्माणका लागि ३६ अर्ब ३० करोड रुप...
पौष २४ गते, २०८२ - १५:३०
काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि नमुना मतपत्र छाप्न सुरु गरेको छ । पहिलो हुने निर्वाचित हुने ...
पौष २४ गते, २०८२ - १५:१७
ओखलढुङ्गा। आगामी प्रतिनिधिसभा निर्वाचनका लागि ओखलढुङ्गाबाट नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित पाँच जनाको नाम उम्मेदवारका रूपमा केन्द्रमा सिफारिस गरेको ...
पौष २४ गते, २०८२ - १४:५३
ढाका। बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी)का नेता अजिजुर रहमान मुसब्बिरको गोली हानी हत्या गरिएको तथा कारवान बजार भ्यान एसोसिएसनका महासचिव अबु सुफियान म...




प्रतिकृया लेख्नुहोस्: