Khabar Dabali २५ पुष २०८२ शुक्रबार | 9th January, 2026 Fri
Investment bank

काठमाडौं महानगरद्वारा ७५ घरको मौलिक स्वरुप रुपान्तरण गरिने

खबरडबली संवाददाता

काठमाडौं। काठमाडौं महानगरपालिकाले जयबागेश्वरी क्षेत्रका ७५ घरलाई मौलिक स्वरुपमा रुपान्तरण गर्ने प्रक्रिया थालेको छ ।   

कामपा-८ मा पर्ने उक्त क्षेत्रमा बोलपत्रमार्फत निर्माण पक्ष छनोट गरेर रु। नौ करोड चार लाख ८९ हजार ३७७ सम्झौता गरी काम अघि बढाइएको छ । यस योजना अन्तर्गत जयबागेश्वरी मन्दिरदेखि सेतोढोकासम्मको २९० मिटर सडक दायाँबायाँका घरहरुको सडकतर्फको मोहडालाई रुपान्तरण गरेर मल्लकालीन वा राणाकालीन स्वरुप प्रदान गरिने कामपाका सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतले जानकारी दिए।  

स्वामित्वका हिसाबले व्यक्ति वा संस्था जसको भए पनि इतिहासको निश्चित समयावधिमा काठमाडौँ उपत्यकाभित्र विकास भएका वास्तुशैलीलाई परम्परागत मानिएको छ । यसमा  मल्लकालदेखि राणा कालसम्मका संरचना पर्छन् । 

वडा नं ८ का अध्यक्षसमेत रहेका सङ्गतले भने, “मल्लकालीन शैलीमा घरको पेटी, कार्नेस, बलेँसी, पाखा वा पाली, झिँगटीको छानो जस्ता भाग राखिनेछ । घरको गारोमा प्रयोग गरिएका इँटा बाहिरबाट देखिने खालका हुन्छन् । एकमुखे, तीनमुखे, पाँचमुखे गरी बिजोर कुँदिएका बुँट्टेदार परम्परागत झ्यालहरू राखिनेछन् ।” 

यस क्षेत्रमा सडकसँग करिब २५० घर जोडिएका छन् । तीमध्ये सडक वा खुला ठाउँबाट देखिने घर अगाडिको भागको स्वरुप परिवर्तन गर्न लागिएको सङ्गतले जानकारी दिए।  

यी घरहरुसँग यही सडक खण्डभित्र सेतो ढोका ९टुयु ध्वाखा०, ढोकासिंह नरसिंह फल्चा, ताम्रेश्वर फल्चा, ताम्रेश्वर महादेव मन्दिर, मन्दिर परिसरमा परम्परागत इनार, ढोका छेँ फल्चा, बच्छलेश्वरी डबली फल्चा, मूर्तिसहितको गम्ती महादेव मन्दिर, मन्दिर परिसरमा परम्परागत इनारसहित धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्वका संरचना छन् । कुमारी द्य: दुद्ध स्तुप, रामलंका फल्चा, नवग्रह मूर्ति, मठा फल्चा, मृत्युञ्जय महादेव, ब्रह्मा मन्दिर, नरसिंह भगवान मन्दिर, नवदुर्गा फल्चा, नवदुर्गा डबली, जयबागेश्वरी मन्दिर, सुन्धारालगायत स्थानीय जनजीवन, आस्था र श्रद्धासँग जोडिएका मूर्त सम्पदा छन् । 

यो लिच्छविकालीन सहर हो । यही प्राचीनतालाई कायम राखेर मौलिकस्वरुप पुस्तान्तरण गर्नु योजनाको मुख्य उद्देश्य हो । यस क्रममा वडाले करिब तीन रोपनी क्षेत्रफलमा फैलिएको य:पुखु (मनपर्ने पोखरी) पुन:निर्माण गर्दैछ । 

कामपा क्षेत्रभित्रका ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक तथा वास्तुकलात्मक महत्वका परम्परागत शैलीका निजी तथा संस्थागत स्वामित्वका भवनको स्वरूपलाई कायम राख्न कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धार्मिक अशान्ति फैलाउनेलाई कानुनी कारबाही हुन्छ : गृह मन्त्री

काठमाडौँ । गृह मन्त्री ओमप्रकाश आर्यालसँग विश्व हिन्दु महासघंका अध्यक्ष अस्मिता भण्डारी लगायत संस्थाका प्रतिनिधिहरुले बिहीबार मन्त्रालयमा धार्मिक क्षे...

वर्तमान मन्त्रीहरूलाई दलतिर ढल्कने छुट छैन : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारमा रहेका मन्त्रीहरूलाई कुनै दलतिर झुक्ने छुट नभएको बताएका छन्। शुक्रबार ललितपुरमा आयोजित बागमत...

सुनको मुल्य तोलामा २ हजार १ सयले बढ्यो, चाँदी घट्यो

काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला २ लाख ६७ हज...

सप्तरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

सप्तरी। सप्तरीको खडक नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । नगरपालिकाको वडा नम्बर ४ स्थित क...

पछिल्लो समय युवापुस्ताको आकर्षण नेकपातर्फ बढ्दो छ: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट घटकलाई एकीकृत गर्दै अगाडि बढ्ने प्रक्रिया जारी रहेको बताएक...

निर्वाचन सुरक्षित र निष्पक्ष ढंगले हुन्छ: गृहमन्त्री अर्याल

काठमाडौँ। अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले सरकार निर्वाचन सुरक्षाका लागि जिम्मेवार रहेको बताएको छन्।  बिहीबार काठमाडौंमा आयोजित एक कार्...

काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस, कुन क्षेत्रबाट को ?

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको नाम सिफारिस गरेको छ । ...

घिसिङसँगको सहमति औपचारिक प्रक्रियामा छ : सभापति लामिछाने

नारायणगढ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले हिजोमात्रै मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङसँग भएको सहमतिलाई अब पार्टी...

पाँच वर्षमा एउटा कानुन बनाउनेलाई फेरि भोट हाल्न जाँदा हात काम्नुपर्छ: मन्त्री सिन्हा

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले आगामी निर्वाचनमा जनताप्रति उत्तरदायी र काम गर्न सक्ने जनप्रतिनिधि मात्र चुन्न आग्र...

विशेष महाधिवेशन गराउन निर्देशन दिन माग गर्दै महाधिवेशन पक्षधरको पत्र आयोगमा

पार्टीको आन्तरिक झगडामा प्रवेश नगर्ने आयोगको जवाफ

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending