Khabar Dabali २५ पुष २०८२ शुक्रबार | 9th January, 2026 Fri
Investment bank

कैलालीको नदीहरुमा ५४ डल्फिन भएको अभिलेख

खबरडबली संवाददाता

धनगढी। कैलालीमा यसवर्ष ५४ वटा डल्फिन रहेको अभिलेख भएको छ । डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपालसँगको सहकार्यमा राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाले यसवर्ष गरेको अध्ययनको क्रममा सो सङ्ख्यामा डल्फिन अभिलेख भएका हुन् । 

जसमा विहान १५ वटा र साँझ आठवटा अर्धवयस्क बच्चा देखापरेका थिए । डल्फिन अवलोकन सिजन चलेको बेला गत भदौमा कैलालीस्थित मोहना, पथरैया नदीमा टीकापुर, भजनी क्षेत्रमा अध्ययन गरिएको थियो । 

स्थानीय समुदायलाई तालिम दिएर उनीहरुको समेत सहभागितामा व्यवस्थित र वैज्ञानिक तरिकाले अध्ययन गरेको कोषको बर्दिया प्रमुख अजित तुम्बाहाम्फेले बताए। 

उनका अनुसार जिपिएस समेतको प्रयोग गरेर साँझ–विहान अध्ययन गरिएको थियो । विश्वमै दुर्लभ गङ्गेटिक प्रजातिको डल्फिन मनसुनभरि कैलालीको नदीमा आउने गरेका छन् । नदीमा जलस्तर कम भएपछि भने पुन: तल्लो तटीय क्षेत्रमा फर्कने गरेका छन् । 

विगतमा स्थानीय संरक्षणकर्मीको अध्ययनले ६८ वटासम्म डल्फिन कैलालीमा अभिलेख गरेको थियो । त्यसको तुलनामा यो पटक कम डल्फिन पाइएको प्रमुख तुम्बाहाम्फेले बताउनुभयो । उहाँले अब हरेक वर्ष मोहना, पथरैया नदीमा डल्फिनको अध्ययन गर्ने उल्लेख गरे। 

स्थानीयस्तरबाट डल्फिन संरक्षणका लागि भइरहेको प्रयास राम्रो रहेको कोषले जनाएको छ । नदी क्षेत्रमा हुने उत्खनन रोक्न र फोहोरमैलाको उचित व्यवस्थापन गर्नसके अझ राम्रो हुने तुम्बाहाम्फेको भनाइ छ । 

कोषले मोहना नदीको कैलारी गाउँपालिका, धनगढी उपमहानगरपालिका लगायत माथिल्लो क्षेत्रमा अध्ययन नगरेको जनाएको छ । मनसुनमा डल्फिन धनगढी उपमहानगरपालिकाको फूलबारीसम्म पुग्नेगरेको सर्वसाधारणले बताउने गरेका छन् । विगतमा डल्फिन त्रिनगर भन्सारमा रहेको पुलमुनि क्षेत्रमा समेत मोहना नदीमा देखिएको डल्फिन संरक्षणकर्मी विजयराज श्रेष्ठले बताए।  

डल्फिन देखिने विभिन्न अवलोकन क्षेत्रमा अवलोकन विधिबाट अध्ययन गरिएको थियो । यो वर्ष गत वर्षको तुलनामा डल्फिनको बच्चा बढी अभिलेख भएको डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुङ्गानाले बताए। 

उनका अनुसार डल्फिनको सङ्ख्या भने विगत वर्षको तुलनामा केही कम छ । २०७८ सालमा ६२ डल्फिन सूचीकरण भएका थिए । त्यस्तै, २०७९ मा ६८ वटा डल्फिन गणना गरिएको थियो । गतवर्ष ५० वटा डल्फिन अभिलेख भएको ढुङ्गानाको भनाइ छ । डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपालले केही वर्षदेखि नै स्थानीय स्तरबाट डल्फिन गणना गर्दैआएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धार्मिक अशान्ति फैलाउनेलाई कानुनी कारबाही हुन्छ : गृह मन्त्री

काठमाडौँ । गृह मन्त्री ओमप्रकाश आर्यालसँग विश्व हिन्दु महासघंका अध्यक्ष अस्मिता भण्डारी लगायत संस्थाका प्रतिनिधिहरुले बिहीबार मन्त्रालयमा धार्मिक क्षे...

वर्तमान मन्त्रीहरूलाई दलतिर ढल्कने छुट छैन : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारमा रहेका मन्त्रीहरूलाई कुनै दलतिर झुक्ने छुट नभएको बताएका छन्। शुक्रबार ललितपुरमा आयोजित बागमत...

सुनको मुल्य तोलामा २ हजार १ सयले बढ्यो, चाँदी घट्यो

काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला २ लाख ६७ हज...

सप्तरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

सप्तरी। सप्तरीको खडक नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । नगरपालिकाको वडा नम्बर ४ स्थित क...

पछिल्लो समय युवापुस्ताको आकर्षण नेकपातर्फ बढ्दो छ: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट घटकलाई एकीकृत गर्दै अगाडि बढ्ने प्रक्रिया जारी रहेको बताएक...

निर्वाचन सुरक्षित र निष्पक्ष ढंगले हुन्छ: गृहमन्त्री अर्याल

काठमाडौँ। अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले सरकार निर्वाचन सुरक्षाका लागि जिम्मेवार रहेको बताएको छन्।  बिहीबार काठमाडौंमा आयोजित एक कार्...

काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस, कुन क्षेत्रबाट को ?

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको नाम सिफारिस गरेको छ । ...

घिसिङसँगको सहमति औपचारिक प्रक्रियामा छ : सभापति लामिछाने

नारायणगढ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले हिजोमात्रै मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङसँग भएको सहमतिलाई अब पार्टी...

पाँच वर्षमा एउटा कानुन बनाउनेलाई फेरि भोट हाल्न जाँदा हात काम्नुपर्छ: मन्त्री सिन्हा

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले आगामी निर्वाचनमा जनताप्रति उत्तरदायी र काम गर्न सक्ने जनप्रतिनिधि मात्र चुन्न आग्र...

विशेष महाधिवेशन गराउन निर्देशन दिन माग गर्दै महाधिवेशन पक्षधरको पत्र आयोगमा

पार्टीको आन्तरिक झगडामा प्रवेश नगर्ने आयोगको जवाफ

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending