Khabar Dabali २४ पुष २०८२ बिहीबार | 8th January, 2026 Thu
Investment bank

बुलेटबाट ब्यालेटतर्फ विप्लव: रोल्पाबाट संसदीय राजनीतिमा प्रवेश

खबरडबली संवाददाता

काठमाडौँ । लामो समय सशस्त्र संघर्ष, भूमिगत राजनीति र राज्यसँगको टकरावको मार्ग रोजेको नेत्रविक्रम चन्द ‘विप्लव’ अब प्रत्यक्ष चुनावी राजनीतिमा उत्रिने भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रोल्पा क्षेत्रबाट पार्टी महासचिव विप्लवको नाम एकल उम्मेदवारका रूपमा सिफारिस गरेको छ ।

पार्टीकी रोल्पा इञ्चार्ज सम्झना घर्ती ‘असिना’ का अनुसार बुधबार बसेको पार्टी बैठकले कुनै वैकल्पिक नाम नदिई महासचिव विप्लवलाई नै उम्मेदवार बनाउने निर्णय गरेको हो । रोल्पा विप्लवको जन्मथलो मात्र होइन, सशस्त्र विद्रोहको राजनीतिक आधार क्षेत्रसमेत भएकाले सोही क्षेत्रबाट उम्मेदवारी दिने निर्णय गरिएको पार्टीको भनाइ छ ।

यस निर्णयसँगै विप्लव नेतृत्वको नेकपा पहिलो पटक औपचारिक रूपमा निर्वाचन आयोगमा दर्ता भएको दलका रूपमा संसदीय चुनावमा सहभागी हुन लागेको छ । राज्यसत्तालाई ‘संसदीय भ्रम’ भन्दै अस्वीकार गर्दै आएको समूहको यो कदमलाई नेपाली राजनीतिमा ठूलो मोडका रूपमा हेरिएको छ ।

विश्लेषकहरूका अनुसार विप्लवको उम्मेदवारी केवल एक क्षेत्रको चुनावी प्रतिस्पर्धा मात्र होइन, भूमिगत आन्दोलनबाट मूलधारको राजनीतितर्फ आएको घोषणाजस्तै हो । रोल्पाबाट चुनाव लड्ने निर्णयले विप्लवले आफ्नै राजनीतिक आधारभूमिमा जनमत परीक्षण गर्न खोजेको संकेत पनि दिएको छ ।

अब प्रश्न उठेको छ—क्रान्तिको नाराबाट मतपत्रसम्म आइपुगेको यो यात्राले रोल्पामा कस्तो राजनीतिक तरंग पैदा गर्छ ? र मतदाताले विप्लवको यो रूपान्तरणलाई स्वीकृति दिन्छन् कि दण्ड ?

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विशेष महाधिवेशनको पक्षमा काठमाडौं कांग्रेस

काठमाडौं। नेपाली कांग्रेस जिल्ला कार्यसमिति काठमाडौंले पार्टीको दोस्रो विशेष महाधिवेशनको स्वागत गरेको छ। जेनजी आन्दोलनपछि कांग्रेसको नेतृत्व भूमिका बल...

नियमित महाधिवेशनको बहानामा नेतृत्व परिवर्तन टार्न खोजिँदैछ : गगन थापा

विशेष महाधिवेशन चुनावअघि अनिवार्य, प्रक्रियाबाट भाग्नु पार्टीका लागि घातक

राप्रपाद्वारा प्रधानमन्त्री कार्कीलाई पृथ्वी जयन्तीकाे निम्तो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री सुशीला कार्कीलाई पृथ्वी जयन्तीको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन औपचारिक ...

बालुवाटारमा ओली–कार्कीबीच भेट, निर्वाचनबारे तीन घण्टा छलफल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन् । बिहीबार बिहान ११ बजे पूर्वप्रधानमन्त्रीसमेत रहे...

राप्रपा अध्यक्ष लिङ्देनसहित नेताहरू बालुवाटारमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहित पार्टीका नेताहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई भेट गरेका छन् । ...

बसमा यात्रा गर्दै हुनुहुन्छ ? सावधान ! नगद र सुनको सिक्री चोरी गर्ने गिरोहका चार जना काठमाडौंमा पक्राउ

काठमाडौं । सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुहरूलाई लक्षित गरी नगद तथा सुनको सिक्री चोरी गर्ने गिरोहका चार जनालाई काठमाडौं प्रहरीले पक्राउ गरे...

विशेष महाधिवेशनको पक्षमा रसुवा कांग्रेस पनि खुल्यो

जिल्ला कार्यसमितिद्वारा स्वागत, उपस्थित हुन औपचारिक आह्वान

जेनजी आन्दोलनपछि पनि कारागार सुरक्षा चुनौतीमै

सुदूरपश्चिममा अझै ३५२ कैदीबन्दी फरार, खोजी अभियान जारी

केन्द्रीय कारागारबाट फरार कैदी ताप्लेजुङमा पक्राउ

ताप्लेजुङ । जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार काठमाडौंबाट फरार अमृत मगरलाई प्रहरीले पक्राउ गरेको छ । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका घर भएका मग...

कांग्रेस विशेष महाधिवेशनको तयारी तीव्र

काठमाडौंका ठमेल, नक्साल, सुन्धारा र एयरपोर्ट क्षेत्रका होटेलमा १५ सय कोठा बुक

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending