Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

कोटा सिस्टम लगाएपछि भन्सारमै थन्कियो चिनी

वीरगञ्ज। साल्ट ट्रेडिङ कर्पोरेशनले भित्र्याएको करीब रु १३ करोड मूल्य बराबरका २४ हजार ४५ मेट्रिक टन भारतीय चिनी सुख्खा बन्दरगाहको गोदाममा थन्किएको छ । सरकारले चिनी आयातमा परिणात्मक बन्देज (कोटा सिस्टम) लगाएपछि कर्पोरेशनले भित्र्याएको उक्त परिणामको भारतीय चिनी गोदाममा थन्किएको हो । परिणात्मक बन्देजका कारण पाँच महीना भइसक्दा पनि कर्पोरेशनले चिनी लग्न सकेको छैन । हिन्दूको महान् चाँड दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी कर्पोरेशनले भारतको गुजरात राज्यस्थित रेणुका सुगर मिलबाट सो परिणामको चिनी आयात गरेको थियो । ढिलो गरी आयात भएकाले सो चिनी भन्सार पास हुन नसक्दा गोदाममै थन्किएकोे छ । विगत लामो समयसम्म गोदाममै थन्किएका कारण चिनी बिग्रदै गएको छ । २०७५ भदौ ३१ गते बसेको मन्त्रिपरिषद्को निर्णयलाई आधारमानी वाणिज्य विभागले चिनीको जाँचपास नगर्न पत्राचार गरेकाले यस्तो स्थिति आएको सुख्खा बन्दरगाह भन्सार कार्यालयले जनाएको छ । कार्यालयका अनुसार साल्ट ट्रेडिङ कर्पोरेशनले आयात गरेको चिनी असोज ६ गते सुख्खा बन्दरगाहमा आएकाले भन्सार पास हुन नसकी गोदाममै थन्किएको छ । सुख्खा बन्दरगाहको गोदाममा राखिएको सो चिनी छाड्ने बारे विभागबाट कुनै पनि पत्र नआएकाले यस बारेमा अहिले केही भन्न नसकिने भन्सार अधिकारीको भनाइ छ । विगत पाँच महीनादेखि भन्सारमै थन्किएको सो चिनी गोदाममा राखेको भाडावापत साल्ट ट्रेडिङ कर्पोरेशनले बन्दरगाह सञ्चालक कम्पनी हिमालयन ट्रर्मिनललाई रु चार करोडभन्दा बढी रकम तिर्नसमेत सकेको छैन । गोदाममा राखे वापतको भाडा दर प्रतिदिन रु तीन लाख ७६ हजार ६०० रहेकाले हालसम्म कर्पोरेशनले भाडा तिर्न नसकेको गोदाम इञ्चार्ज सुनिलकुमार सिंहले राससलाई बताए । गत पुस अन्तिम साता बसेको मन्त्रिपरिषद्को बैठकले बन्दरगाहमा थन्किएर बसेको सो परिणामको चिनीका लागि भन्सार जाँचपासमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेपछि यस सम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड अञ्चल कार्यालय वीरगञ्जका प्रमुख अमोज लामिछानेले बताए । यता साल्ट ट्रेडिङ कर्पोरेशनले सो चिनी आयात गर्न एलसी खोलेको थियो । चिनी आपूर्तीकर्ता गुजरातको रेणुका सुगर मिलले चिनी नेपाल पठाउन रेल्वे बुक गरेको भए पनि बुक गरेको रेल्वे जाम र चापका कारण १५ दिन ढिलो गरी सो चिनी सुख्खा बन्दरगाहमा आइपुगेकोले चिनी गोदाममै थन्किएको हो । विगत पाँच महीनादेखि सो चिनी सुख्खा बन्दरगाहको गोदाममा थन्किएकोले बोरा च्यातिएको, चिनी जथाभावी छरिएको, मजदुरलाई काम गर्न समस्या भएको तथा चिनीका बोरा बिग्रिन थालेपछि चिनी खराब भइरहेको मजुदरको भनाइ छ । चिनी आयातमा ३० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने गरेको छ । सरकारले चिनीमा भन्सार बढाउँदासमेत भारतबाट चिनी आउने क्रम नरोकिएपछि सरकारले भदौ ३१ गतेदेखि कोटा प्रणाली लगाएको थियो । फलस्वरुप असोज १ गतेदेखि कुनै पनि भन्सार नाकाबाट चिनी नेपाल भित्रिएको छैन । सरकारले चिनी आयातमा रोक लगाएपछि यहाँका उपभोक्ता भारतीय चिनी प्रति केजी रु ७० का दरले किन्न बाध्य छन् । सुख्खा बन्दरगाहमा रोकिएको चिनी हालसम्म बजारमा आउन नसक्दा भारतबाट तस्करी गरी ल्याएको चिनी महङ्गो दरमा उपभोक्ता किन्ने गरेका छन् । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending