Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

कुखुराको दानाको मूल्य ह्वात्तै बढ्यो

भरतपुर। कुखुराको दानाको मूल्यमा भारी वृद्धि भएको छ । दाना उद्योगीको भेलाले प्रतिबोरा रु १५० का दरले दानाको मूल्य बढाएको हो । दानामा प्रयोग हुने मुख्य कच्चा सामग्री मकै र भटमास पिनाको मूल्य बढेकाले दानाको मूल्य बढाइएको दाना उद्योग सङ्घका केन्द्रीय अध्यक्ष रवीन पुरीले बताए । तीन महीनाको अवधिमा तीन पटक दानाको मूल्य वृद्धि भएको छ । पछिल्लो पटक आइतबारदेखि लागू हुने गरी अहिलेसम्मकै उच्च दरमा दानाको मूल्यमा वृद्धि गरिएको हो । मङ्सिरमा रु ७५ वृद्धि गरिएको दानाको मूल्य, पुसमा १२५ र तेस्रो पटक माघ महीनामा रु १५० बढाइएको पुरीले बताए । तीन महीनाको अवधिमा प्रतिबोरा रु ३७५ ले दानाको मूल्य बढेको उहाँले जानकारी दिए । प्रतिकेजी रु १४ मा पाइने मकै तीन महीनाको अवधिमा बढेर रु ४० पुगेको छ भने भटमास पिना ५५ बाट बढेर प्रतिकिलो रु ६५ पुगेको छ । कुखुराको दाना बनाउन मकै, भटमास पिनालगायतको कच्चापदार्थ आवश्यक हुन्छ । भटमासको पिना शत प्रतिशत र मकै ७० प्रतिशत भारतबाट आयात हुने गरेको छ । मकै, भटमास मात्र वार्षिक रु २५ अर्बको आयात हुने गरेको दाना उद्योग सङ्घले जानकारी दिएको छ । ब्रोइलर कुखुराको दाना ९बिपिएच० थोक मूल्य बोरा रु १५० बढेर रु तीन हजार १२५ पुगेको छ । यस्तै बिबान दाना रु दुई हजार ८७५ बाट बढेर रु तीन हजार २५ पुगेको छ भने बिटु दाना रु दुई हजार ८२५ बाट बढेर रु दुई हजार ९७५ पुगेको छ । लेयर्स कुखुराको दाना पनि सोही अनुपातमा वृद्धि भएको छ । यस वर्ष मकैको मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै वृद्धि भएको दाना उद्योग सङ्घका पूर्वअध्यक्ष एवं कुखुरापालन विज्ञ डा तिलचन्द्र भट्टराईले बताए । यस वर्ष भारतमा मकै भटमासको उत्पादन कम भएको र बाहिरी देशमा निर्यात र निर्वाचनका कारण मूल्य बढेको उहाँले जानकारी दिए । नेपालमा मकै र भटमास पर्याप्त नहुञ्जेलसम्म सरकारले दिँदै आएको भन्सार छुट हटाएका कारण पनि मूल्य बढेको दाना उद्योगीको भनाइ छ । सरकारले दाना उद्योगलाई पाँच प्रतिशत कृषि सुधार शुल्कमध्ये कच्चा सामग्री आयातमा ३।६ प्रतिशत छुट दिँदै आएको थियो । सरकारले दाना उद्योगका लागि कच्चा पदार्थ आयात गर्दा पाँच प्रतिशत कर लिने र तयारी दाना भारतबाट आयात गर्दा पाँच प्रतिशत मात्रै भन्सार शुल्क लिने नीति बनाएका कारण दाना उद्योगी धरासायी बन्ने अवस्थामा रहेको भट्टराईले बताए । नेपालमा दैनिक तीन हजार मेट्रिक टन दाना खपत हुन्छ । यसैबीच कुखुरा र अण्डाको मूल्य नपाएका किसान दानाको मूल्यमा भारी वृद्धि भएपछि चिन्तित बनेका छन् । अहिलेको लागत मूल्यअनुसार अण्डाको मूल्य धेरै कम पाएको नवलपुरको दुम्किबासका किसान चूणामणि भुसालले बताए । “अहिले अण्डाको मूल्य प्रतिक्रेट रु २३५ छ”, उनले भने, “लागत मूल्य उठाउन पनि प्रतिक्रेट रु २९० पाउनुपर्छ ।” अझै तीन महीना दानाको मूल्य यस्तै रहिरहे र अण्डाले मूल्य नपाए कुखुरापालन व्यवसाय छाड्नुपर्ने अवस्था सिर्जना हुने उनको गुनासो छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending