Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

त्रिविमा यसरी हुँदोरहेछ सेटिङमा कपी परीक्षण, २५ हजार घुससहित दुई विशेषज्ञ पक्राउ

काठमाडौं। विद्यार्थीसँग रकम असुलेर कपी परीक्षण गरेको पाइएपछि प्रहरीले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको कीर्तिपुर नेसनल आयुर्वेद रिसर्च एन्ड ट्रेनिङ सेन्टरमा कार्यरत एक विशेषज्ञसहित दुईजनालाई पक्राउ गरेको छ । नयाँपत्रिकामा खबर छ । पक्राउ पर्नेमा ट्रेनिङ सेन्टरमा करार सेवामा कार्यरत कालिकोटका २८ वर्षीय खेमराज शाही र अर्जुन भाट छन् । उनीहरूलाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । विद्यार्थी खोज्ने र रकम बार्गेनिङको जिम्मा भाटले लिन्थे प्रहरीका अनुसार पक्राउ शाही र भाटले यसअघि पनि विद्यार्थीसँग रकम असुलेर कपी परीक्षण गर्दै आएका थिए । विद्यार्थी खोजी र रकमको बार्गेनिङ भाटले गर्थे । उत्तरपुस्तिकाको सिम्बल नम्बरसहित संकलन भएको रकम भाटले शाहीलाई बुझाउने गर्थे । कपी परीक्षण गर्दा केही नम्बर थप गरेरै विद्यार्थी उत्तीर्ण हुनेजस्तो देखिए सबै काम शाही आफैँ गर्थे । उत्तरपुस्तिका नै अर्को लेख्नुपर्ने स्थिति देखिए प्रश्नपत्र हेरेर लेख्ने काम भाटले गर्थे । यसका लागि विश्वविद्यालयको होलोग्राम, सम्बन्धित अधिकारीको हस्ताक्षरदेखि दुरुस्तै देखिने कपीको व्यवस्था शाहीले गरिदिन्थे । प्रहरीका अनुसार शाहीले तथ्यांकशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनले ललितपुरको लिटिल एन्जल्स एकेडेमी, सीतापाइलाको भ्याली कलेज र एसियन कलेजमा प्राध्यापन गर्ने गर्छन् । भाटले भ्याली कलेजमै प्राध्यापन गर्दै आएका छन् । प्रहरीका अनुसार उनीहरूले विशेषगरी सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रका विद्यार्थीसँग रकम असुलेर कपी परीक्षण गर्दै आएका थिए । ‘हामीले विद्यार्थीको सक्कल उत्तरपुस्तिकाको हेन्डराइटिङ र पछि तयार गरिएको उत्तरपुस्तिकाको हेन्डराइटिङ हे(यौँ । परीक्षण पनि ग(यौँ । त्यो एक–अर्कासँग मेल खाएन,’ डिएसपी बोगटीले भने । सेटिङमा कपी परीक्षण प्रहरीका अनुसार विशेषज्ञ शाहीले पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत ‘ब्याचलर इन पब्लिक हेल्थ’ चौथो सेमेस्टरको कपी परीक्षण गर्दा विद्यार्थीबाट रकम असुलेका थिए । उनले प्रतिविद्यार्थी २५ हजार रुपैयाँ उठाएका थिए । एक महिनाअघि मात्रै उनले विश्वविद्यालयबाट कपी परीक्षण गर्न ल्याएका थिए । यस क्रममा उनले १० भन्दा बढी विद्यार्थीसँग रकम असुलेर कपी परीक्षण गरेर सम्बन्धित निकायलाई बुझाइसकेका थिए । पक्राउ परेकामध्ये शाहीलाई प्रहरीले थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाएको छ । उनीसँगै पक्राउ परेका भाटलाई भने काठमाडौं परिसरकै हिरासत कक्षमा राखिएको छ । ‘सेटिङमा कपी परीक्षण गरिएको पुष्टि भएको छ । यस क्रममा फरेन्सिक टेस्ट पनि गरिएको छ । थप अनुसन्धानका लागि शाहीलाई अख्तियारको जिम्मा लगाएका छौँ,’ परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले भने ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending