एकै स्वरमा गरे तीन नेताले ओलीकाे विरोध- भने आफ्नै गुणगान गाएर हुन्न, चित्तबुझ्दो जवाफ चाहियो
पौष १३ गते, २०७५ शुक्रवार 28th December, 2018 Fri१०:१२:४३ मा प्रकाशित
काठमाडौं।नेकपा स्थायी समिति बैठकमा अध्यक्ष केपी ओलीले जवाफ दिँदा नेताहरूले प्रतिवाद गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका ओलीको प्रतिवादमा एकपछि अर्को स्थायी समिति सदस्य उत्रिएपछि बिहीबार बैठक समापन हुन सकेन । अचानक स्थगित गरी बैठक शुक्रबार बिहान ८ बजे बोलाइएको छ । अध्यक्षद्वय ओली र प्रचण्डले पेस गरेको प्रतिवेदन पास गरेर बिहीबार नै बैठक सक्ने तयारी थियो । तर, ओलीको दुई घन्टा लामो जवाफ सकिएलगत्तै वामदेव गौतम, घनश्याम भुसाल र भीम रावलले प्रतिवाद गरेका थिए ।
‘आजको नयाँपत्रीकामा खबर छ – अध्यक्ष ओलीजीले आफ्नो धारणा राखेपछि वामदेव गौतम, घनश्याम भुसाल र भीम रावलले प्रतिवाद गरेपछि धेरैजनाले बोल्नका लागि हात उठाउनुभएको थियो,’ स्थायी समिति सदस्य गणेश शाहले भने, ‘प्रचण्डजीले लौ भैगो, आज रात पनि पर्यो, भोलि बिहान फेरि छलफल गरौँला भनेपछि रोकियो ।’ स्थायी समिति सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिन उभिएका अध्यक्ष ओलीले दुई घन्टा भाषण गरे । सदस्यहरूले इंगित गरेका एउटै कमजोरी पनि ओलीले स्विकारेनन् । बरु उनले आफ्नो र सरकारको जनताले वाहवाही गरिरहेको, पार्टीभित्र भने विरोध भएकोमा असन्तुष्टि जनाए ।
‘अहिले पार्टीमा आलोचना भएको छ, तर जनतामा वाहवाही नै छ । ०५१ मा गृहमन्त्री हुँदा पनि मेरो कामको जनताले प्रशंसा गरेका थिए, पहिलोपटक प्रधानमन्त्री हुँदा पनि वाहवाही पाएकै थिएँ,’ अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै नेता मणि थापाले भने । ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष भइसकेको आफूलाई अब कुनै लोभ नरहेको बताउँदै नियतवश केही गल्ती नगरेको बताए । निर्मला पन्त घटनाका दोषीलाई पक्राउ गर्न नसकिए पनि संरक्षण भने नगरेको उनको भनाइ थियो । ‘निर्मलाका हत्यारा जोगाएर सरकारलाई कुनै फाइदा हुँदैन, बरु पत्ता लगाउँदा प्रशंसा पाइन्छ,’ ओलीले बैठकमा भने ।
एकै स्वरमा तीन नेताको विरोध– आफ्नै गुणगान गाएर हुन्न, चित्तबुझ्दो जवाफ चाहियो
नेताहरू वामदेव गौतम, घनश्याम भुसाल र भीम रावलले अध्यक्ष केपी ओलीको जवाफ चित्तबुझ्दो नआएको भन्दै एकै स्वरमा विरोध जनाए । यति लामो स्थायी समिति बैठक कुनै ठोस एजेन्डामा छलफल नगरी टुंग्याउन थालेकाले विरोध गरेको भुसालले बताए । यति लामो समयसम्म स्थायी समिति बैठक गरियो । हामीले उठाएका प्रश्नको कुनै ठोस जवाफ पनि आएन । अध्यक्ष ओलीजीले सरकारले यस्तो गर्यो, त्यस्तो गर्यो भन्दै आफ्नो गुणगानमै सक्नुभयो,’ भुसालले भने, ‘मैले स्थायी समितिमा के–के एजेन्डा हुन्, त्यो प्रस्तुत गर्नुपर्यो स्थायी समितिले नै पारित गर्छ भनेर अध्यक्ष प्रचण्डलाई पनि भनेको थिएँ । त्यसको सुनुवाइ पनि भएन ।’
अर्का नेता वामदेव गौतमले एसिया प्यासिफिक समिटमा सहभागिताको विषयमा आत्मालोचना गर्न अध्यक्ष ओलीलाई दबाब दिए । ‘एसिया प्यासिफिक सम्मेलनमा पार्टीका नेता र सरकार प्रत्यक्ष सहभागी हुनुभयो । तपाईंहरू गल्ती भएको विषयमा आत्मालोचना गर्न किन हिचकिचाउनुहुन्छ रु’ गौतमको भनाइ उद्धृत गर्दै नेता भुसालले भने, ‘खुलेआम क्रिस्चियन धर्म प्रचारमा लागेको विवादित संस्थामा सरकार सहभागी हुनु ठूलो गल्ती भयो, आत्मालोचना गर्नुस् ।’ उनले एउटा
अध्यक्षले पार्टीको नेतृत्व र अर्कोले सरकारको नेतृत्व गर्नुपर्ने माग पुनः उठाए ।
नेता भीम रावलले पार्टी एकताको विधि–प्रक्रियाबारे अध्यक्षले पार्टीमा प्रस्ट नपारेको भन्दै आलोचना गरे । ‘हामीले यति ठूला दुई कम्युनिस्ट पार्टीको एकता गर्दै छौँ,’ रावलले भने, ‘कुन विधि–प्रक्रियाबाट टुंगो लगाउन थालेका हौँ रु यस्तो गोलमटोल जवाफ दिएर पार्टी चल्दैन ।’ उनले पनि एसिया प्यासिफिक समिटमा सहभागी भएर सरकार र प्रधानमन्त्रीले गल्ती गरेको दोहोर्याए ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: