Khabar Dabali २७ बैशाख २०८३ आईतवार | 10th May, 2026 Sun

लालीगुराँस संरक्षण अभियान सञ्चालन गर्दै जन्तेढुङ्गा

खबरडबली संवाददाता

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले ‘लालीगुराँस संरक्षण अभियान’ सञ्चालन गरेको छ । स्थानीय बासिन्दाले वन क्षेत्रमा जथाभावी घाँस तथा दाउरा सङ्कलन गर्ने क्रममा लालीगुराँसका रूख तथा बिरुवामा क्षति पुर्‍याएपछि लोप हुने अवस्थामा पुगेको भन्दै गाउँपालिकाले संरक्षण अभियान सुरु गरेको हो ।

लालीगुराँसको संरक्षणमा गम्भीर समस्या उत्पन्न भई यसको अस्तित्व जोखिममा पर्ने अवस्था देखिएपछि संरक्षण अभियान सुरु गरिएको गाउँपालिकाका अध्यक्ष अरुणदेवी राईले जानकारी दिइन् । “लागीगुराँस हाम्रो राष्ट्रिय फूल हो । वनको सौन्दर्य र जैविक विविधताको महत्वपूर्ण अंश भएकाले यसको संरक्षण अत्यन्त आवश्यक छ”, उनले भनिन्, “सबै वन उपभोक्ता तथा स्थानीय बासिन्दालाई वन क्षेत्रमा घाँस तथा दाउरा सङ्कलन गर्दा गुराँसका बिरुवामा कुनै क्षति नगर्न अनुरोध गरेका छौँ ।” उनका अनुसार लालीगुराँसका हाँगा भाँच्ने, फूल टिप्ने तथा गुराँसका बिरुवालाई हानी पुग्ने खालका गतिविधि नगर्नरनगराउन गाउँपालिकावासीलाई सूचित गरिएको छ ।

वन तथा वातावरणको संरक्षण गर्नु सबैको साझा जिम्मेवारी भएकाले लालीगुराँसको संरक्षणमा सबैको सक्रिय सहयोगका लागि गाउँपालिकाका तर्फबाट सार्वजनिक सूचना प्रकाशन गरेर सहभागिताका लागि आग्रह गरिएको गाउँपालिकाका अध्यक्ष राईले बताए । उनका अनुसार जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुङ्गा गाउँपालिकाको अधिकांश सामुदायिक तथा निजी वनमा लालीगुराँस पाइन्छ ।

लालीगुराँसको महत्व नबुझी स्थानीयबासिन्दाले सजिलो र कडा राप दिने भन्दै दाउराका रुपमा काट्ने गरेकाले त्यसो नगर्न अनुरोध गरिएको अध्यक्ष राईको भनाइ छ । अन्य रूखभन्दा काट्न सजिलो र छिटो सुक्ने भएकाले लालीगुराँसको दाउरा प्रयोग गर्ने गरिएको स्थानीयले बताएका छन् ।

पूर्वी पहाडी जिल्ला खोटाङका अधिकांश ग्रामीण भेगमा बसोबास गर्ने स्थानीयले खाना पकाउन तथा न्यानोका लागि आगो ताप्न दाउरा प्रयोग गर्दै आएका छन् । दश स्थानीय तह रहेको जिल्लामा हिउँदको समयमा वनजङ्गलबाट दाउरा सङ्कलन गरेर वर्षादको समयमा उपयोगमा ल्याउने प्रचलन छ ।

नेपाल सरकारले जारी गरेको वन ऐन २०७६ तथा नियमावली २०७९ मा उल्लेख भएअनुसार लालीगुराँस तथा अन्य बहुमूल्य प्रजातिका रूख काटेको पाइएमा रु पाँच वर्षसम्म कैद सजाय तथा रु एक लाखसम्म जरिवाना वा दुवै हुने कानुनी व्यवस्था छ । बिना अनुमति कसैले वन पैदावार चोरीनिकासी गरेको खण्डमा नेपाल सरकार वादी भएर मुद्दा लड्ने कानुनी व्यवस्था छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सोमबारदेखि देशभर ‘सरसफाइ सप्ताह’, सरकारी कार्यालयको फोहोर र अस्तव्यस्ततामाथि ‘एक्सन’

काठमाडौं । सरकारले सोमबारदेखि देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गर्ने भएको छ । सार्वजनिक सेवा प्रवाहलाई स्वच्छ, व्यवस्थित र नागरिकमैत्री बनाउन भन्दै ...

सामान्य विवादका क्रममा छुरा प्रहार हुँँदा एकको मृत्यु

सुनसरी । धरानमा धारिलो छुरा प्रहारबाट एक जना युवकको मृत्यु भएको छ । आइतबार धरान उपमहानगरपालिका-१९ मा स्थानीय युवाहरूबिच भएको सामान्य विवादका क्रममा छु...

लोघेकर दामोदरकुण्डद्वारा सौर्य ऊर्जा प्रणाली जडित हरित ऊर्जा प्रयोग

मुस्ताङ । लोघेकर दामोदरकुण्ड गाउँपालिकाले सौर्य ऊर्जा प्रणाली जडित हरित ऊर्जा प्रयोगमा ल्याएको छ । जलवायु क्षति न्यूनीकरण तथा वातावरणीय स्वच्छता कायम ...

'सुकुमबासी समस्यालाई दीर्घकालीन योजना बनाएर अगाडि बढौँ'

रौतहट । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सुकुमबासी समस्याको दीर्घकालीन समाधान गरिनुपर्नेमा जोड दिएका छन् ।  जिल्लाको चन्द्रपुर–२ टेम्प...

श्रीलङ्कामा बिजुली महसुल वृद्धि

काठमाडाैं । पश्चिम एसियामा जारी युद्धका कारण ऊर्जा आपूर्तिमा आएको असरले लागत बढेपछि श्रीलङ्काले बिजुली महसुल १८ प्रतिशतसम्म बढाउने निर्णय गरेको छ । ...

जुवातास खेलिरहेको अवस्थामा २७ जना पक्राउ

काठमाडौं । प्रहरीले मुलुकका विभिन्न स्थानमा चेकजाँचका क्रममा जुवातास खेलिरहेको अवस्थामा २७ जनालाई पक्राउ गरेको छ । प्रहरीले दाङ, कास्की र ललितपुरमा जा...

मकवानपुरमा लोक गायक राजु परियारसहित ७ स्रष्टा सम्मानित

मकवानपुर । मकवानपुरमा ७ स्रष्टा सम्मानित भएका छन् । भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठान मकवानपुरले विभिन्न विधाका ७ जना व्यक्तित्व सहित एक संस्था...

गुमनाम बन्दै नेकपा, मौन नेतृत्वले कार्यकर्ता अन्योलमा

काठमाडौं । एक समय देशको सबैभन्दा शक्तिशाली राजनीतिक शक्तिका रूपमा उभिएको नेकपा अहिले भने गुमनाम जस्तै बन्न थालेको छ । पार्टीका शीर्ष नेताहरू सार्वजनिक...

अदालतको आदेशपछि पनि डोजर चल्नु गलतः रवि लामिछाने

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले अदालतको आदेशपछि पनि सुकुमवासी बस्तीमा डोजर चल्नु गलत भएको बताएका छन् । रास्वपाका सांसदलाई प्रशिक्षण पछि ...

चोरीको मोटरसाइकलले ठक्कर दिँदा युवती गम्भीर, फरार युवक पक्राउ

जनकपुरधाम । रौतहटको मौलापुर नगरपालिका–५ स्थित आईटी चाेकमा मोटरसाइकलको ठक्करबाट युवती गम्भीर घाइते भएकी छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending