गोरखा। गोरखा सदरमुकाममा रहेको एकमात्र सरकारी अस्पताल गोरखा अस्पतालबाट निस्कने फोहरको उचित व्यवस्थापन हुन नसकेको एक अध्ययनले देखाएको छ । फोहर व्यवस्थापनको अध्ययन गर्न गोरखा आइपुगेको ‘हेल्थकेयर फाउण्डेसन’ नामक संस्थाले गरेको अध्ययनले अस्पतालबाट निस्कने फोहरको व्यवस्थापन राम्रो नभएको प्रतिवेदन सार्वजनिक गरेको हो ।
अस्पतालले कुहिने र नकुहिने फोहरलाई एकै ठाउँमा मिसाएर फाल्ने गरेको, फोहर राख्ने भाँडामा चिन्ह नलेखिएको, कुन फोहर कहाँ फाल्ने भन्ने व्यवस्थासमेत नरहेको पाइएको संस्थाका निर्देशक महेश नकर्मीले बताए । अस्पतालबाट धेरैजसो जोखिमयुक्त फोहर निस्कने भए पनि त्यसलाई पुरानै ढङ्गबाट व्यवस्थापन गर्दा वरपरको वातावरणमा समेत नराम्रो प्रभाव पार्ने निष्कर्ष अध्ययनले निकालेको छ ।
अध्ययनपछि प्रतिवेदन सार्वजनिक कार्यक्रममा निर्देशक नर्कमीले भने, “गोरखा अस्पतालबाट दैनिक करीब ५० किलो फोहर निस्किने भए पनि त्यसको उचित व्यवस्थापन गर्न अस्पतालले सकिरहेको छैन ।” अस्पतालबाट निस्कने फोहरको न्यूनीकरणमात्रै नभएर व्यवस्थापन पनि राम्रो हुनुपर्नेमा जोड दिए । “यसका लागि अस्पतालले फोहर न्यूनीकरण नीति ल्याउनु आवश्यक छ”, निर्देशक नर्कमीले भने, “दीर्घकालीनरुपमा व्यवस्थापन गर्न सजिलो हुनेछ ।”
अहिलेको तुलनामा केही वर्षपछि निस्कने फोहरको मात्रा बढी हुने भएकाले अहिलेदेखि नै पछिका लागि सोच्न नसके केही वर्षमा थप धेरै जटिल सिर्जना हुनसक्ने उनको तर्क छ । “१० दिनसम्म अस्पतालमै बसेर हामीले अध्ययन ग¥यौं”, निर्देशक नकर्मीले भने, “अस्पतालका फोहर फाल्ने बाल्टिनसमेत उचित ठाउँमा राखिएको रहेछन्, कतिपय त आफू बस्ने टेबलमुनि समेत राखेको पाइयो जुन फोहर व्यवस्थापनका हिसाबले राम्रो मानिँदैन ।”
त्यस्तै ७० प्रतिशतभन्दा बढी फोहर फ्याँक्ने बाल्टिनमा कुनै सङ्केसमेत नभएको पाइएको निर्देशक नकर्मीले जानकारी दिए । ९५ प्रतिशतभन्दा बढी सिसा, कागज, प्लाष्टिक सबै एकै ठाउँमा मिसाएर फ्याँक्ने गरेकाले अस्पतालले पछि पुनःप्रयोग गर्न मिल्ने र नमिल्ने फोहर छुट्याउन चाहे पनि अप्ठ्यारो हुने उनको भनाइ छ ।
अस्पतालबाट निस्कने फोहरमध्ये सुई बढी प्रयोग भएको र त्यसलाई व्यवस्थापन गर्दा सुरक्षित सुईको नियम पनि लागू भएको पाइएको प्रतिवेदनमा जनाइएको छ । अस्पतालमा डम्पिङसाइडको पनि उचित व्यवस्थापन नभएको, सरसफाइको काम गर्ने कर्मचारीले सरसफाइ गर्दा सुरक्षित सामग्रीको प्रयोगसमेत नगर्ने गरेको पाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
अध्ययनपछि संस्थाले जिल्ला अस्पतालको फोहर व्यवस्थापनका लागि तत्काल एउटा घर निर्माण गर्न सुझाव दिएको छ । घर निर्माण भए अस्पतालबाट निस्कने ९० प्रतिशत फोहर पुर्नप्रयोग गर्न सकिने उनले भने । गोरखा नगरपालिकासँगको समन्वयमा अस्पतालबाट निस्कने फोहरको अध्ययन गरेको संस्थाले फोहर व्यवस्थापनका लागि समयसमयमा निरीक्षण गर्नुपर्ने सुझावसमेत दिएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: