Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

जोखिम मोलेर दूधकोशी र सुनकोशी तर्नुपर्ने बाध्यता

खोटाङ। हलेसी तुवाचुङ नगरपालिका–१, बाहुनीडाँडा र वडा नं २, डिकुवाका स्थानीयबासिन्दा वर्षौंदेखि जोखिम मोलेर डुङ्गामार्फत कोशी वारपार गर्न बाध्य छन् ।

सदरमुकाम दिक्तेल, राजधानी काठमाडौँ, उदयपुरको कटारी, घुर्मीलगायत तराईका विभिन्न जिल्ला आवतजावत गर्दा उनीहरूले डुङ्गामार्फत सुनकोशी नदी दुई ठाउँमा तर्नुपर्ने बाध्यता झेल्दै आएका छन् ।

आफ्नै नगरपालिकाको कार्यालय पुग्नसमेत त्यस क्षेत्रका बासिन्दालाई दुई ठाउँमा डुङ्गा चढ्नुपर्ने बाध्यता छ । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने डिकुवा र बाहुनीडाँडाका अधिकांश भाग दूधकोशी र सुनकोशीले छोएको छ ।

साविकको बाहुनीडाँडा–७ झापा, बाहुनीडाँडा–८ को खर्क, डुम्रे, बाहुनीडाँडा–९ को कुर्ले, रूपटार, सिरूवानी, चुखानलगायतका बासिन्दा जोर्तीघाटमा डुङ्गाबाट दूधकोशी मिसिएको सुनकोशी पार गर्न बाध्य छन् ।

यस्तै साविकको डिकुवा–३, बलुई र बाइटारका बासिन्दा पनि वर्षौंदेखि तराई पुगेर नूनदेखि सुनसम्मका उपभोग्य सामग्री ल्याउने क्रममा ठाउँठाउँमा डुङ्गा प्रयोग गर्न बाध्य छन् ।

जोर्तीघाट सुनकोशी र दूधकोशीको सङ्गमस्थल पनि हो । पुल नभएका कारण बाहुनीडाँडाका बासिन्दा जोर्तीघाटबाट डुङ्गा चढेर सुनकोशी तरेर उदयपुरको कटारी नगरपालिका–१४ लेखानी पुग्छन् ।

केही समय लेखानी पुछारमा नदीको किनारै किनार हिँडेका स्थानीय पुनःडुङ्गाबाटै सुनकोशी तरेर ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६, थाक्ले हुँदै हर्कपुर वा जयराम निस्केर यात्रा गर्न बाध्य छन् । उनीहरूको किनमेल गर्ने प्रमुख बजार नै घुर्मी हो ।

दशकअघिसम्म कटारीबाट घरायसी सामान ल्याउँदै आएका स्थानीयले हाल घुर्मीबाट चामल, नूनतेल, फलाम, लत्ताकपडालगायत दैनिक उपभोग्य सामग्री ल्याउने गरेका छन् । घुर्मी पुग्ने डिकुवा बलुई र बाइटारका बासिन्दाले भने बाहिरिने क्रममा कुर्लेघाट पार गरेपछि जोर्तीघाट पार गर्नुपर्छ ।

डुङ्गा नचल्ने कतिपय ठाउँमा गाडीको पाङ्ग्राको ट्युब प्रयोग गरेर नदी तर्ने गरिएको स्थानीय बासिन्दा बताउँछन् । ठूल्ढुङ्गाबाट उदयपुर, साँघुरीबाट ओखलढुङ्गाको थाक्ले र मसानेबाट उदयपुरको सोता जान–आउन ट्युबको प्रयोग हुने गरेको छ ।

बाहुनीडाँडा र डिकुवाका नदी किनारका स्थानीयले मोटरसाइकलसमेत डुङ्गाबाटै नदी तारेर चलाउने गरेका छन् । नदी वारपार गर्ने क्रममा डुङ्गा चालकलाई प्रतिव्यक्ति रु ५० का दरले शुल्क तिर्नुपर्छ ।

भौगलिक विकटता र नदीमा पुल नभएका कारण बाहुनीडाँडा र डिकुवाका बासिन्दा वर्षौंदेखि जोखिम मोलेर डुङ्गा प्रयोग गर्न बाध्य छन् । हिउँदमा डुङ्गाबाट नदी तर्न सकिए पनि वर्षामा डुङ्गा नचल्ने हुँदा स्थानीय बासिन्दा सास्ती खेप्न बाध्य छन् ।

जसले गर्दा नदीले कुनै वर्ष चार जनासम्मलाई बेपत्ता बनाएको छ । झोलुङ्गे पुल निर्माणका लागि पञ्चायतकालदेखि नै पटकपटक आवाज उठाउँदै आएको भए पनि अहिलेसम्म नबनेको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईले दुखेसो गरे । सो क्षेत्रमा सडक विस्तार नभएसम्म समस्या यथावत् रहने स्थानीय बासिन्दा बताउँछन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending