Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

बजारका तरकारीको विषादी अवशेष परीक्षण

रुपन्देही। रुपन्देहीमा स्थानीय हाटबजारमा आउने तरकारी तथा फलफूलको समेत विषादी अवशेषको परीक्षण हुन थालेको छ । केही महीनादेखि बुटवल र भैरहवाको हाटबजारमा आउने तरकारीको विषादीको अवशेष परीक्षण भइरहेको विषादी अवशेष द्रूत एकाइ विश्लेषणका प्रमुख तथा बाली विकास अधिकृत रामबहादुर खत्रीले जानकारी दिए । उनले तरकारी उत्पादन क्षेत्रबाट समेत नमूना परीक्षण गर्न लागेको उल्लेख गर्दै जनशक्तिको व्यवस्थापन नहुँदा केही कठिनाइ आएको बताए । “बेमौसमी र हिउँदे उत्पादनमा सबैभन्दा बढी विषादीको प्रयोग देखिएको र परीक्षण भएका नमूनामा ३४ प्रतिशतमा केही न केही विषादीको अवशेष देखिएको छ”, बाली विकास अधिकृत खत्रीले भने । उहाँले एक वर्षको अवधिमा परीक्षण भएका नमूना परीक्षणमध्ये लौका, भान्टा र भेँडेखुर्सानी प्रयोग गर्न अयोग्य देखिएको जानकारी दिँदै फलफूलमा केरा र आँपमा पकाउनका लागि प्रतिबन्धित रसायन प्रयोग गरेको पाइएकाले नष्ट गरिएको बताए । खासगरी बालीनालीमा प्रयोग हुने कीटनाशक औषधिको पर्खनुपर्ने समयलाई ध्यान नदिँदा किसान मारमा परेका छन् । बुटवलमा भारत, चितवन, धादिङ, हेटाँैडा, पाल्पा, सल्यानबाट तरकारी बुटवल भित्रिने गर्छ भने फलफूल भारत र चीनबाट आउने गर्छ । बुटवल कृषि थोक सञ्चालक समितिका अध्यक्ष कलाधर पन्थीले विषादी अवशेषको परीक्षण हुन थालेपछि कृषक सचेत भएको उल्लेख गर्दै विषादी प्रयोगको मात्रा बढी भेटिएमा नष्ट गर्ने काम भएको बताए । बुटवलमा दैनिक रु दुई करोड बराबरको ४०० देखि ४५० टन तरकारी तथा फलफूल भित्रिने गर्छ । ‘फोटो स्पोक्टोमिटर’ नामक प्रविधिको प्रयोग गरेर तरकारी तथा फलफूलमा विषादीको अवशेष परीक्षण गरिन्छ । एउटा उत्पादनको नमूना परीक्षण गर्न रु ४०० देखि रु ५०० खर्च हुने बताइएको छ । सरकारले एउटा प्रदेशका लागि एउटा शहरमा विषादीको अवशेष परीक्षण गर्ने प्रयोगशाला स्थापनाको लक्ष्य लिएपछि प्रदेश नं ५ को अस्थायी राजधानी बुटवलमा यो परीक्षण विसं २०७४ भदौमा स्थापना भएको हो ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies