Khabar Dabali १२ बैशाख २०८३ शनिबार | 25th April, 2026 Sat

नेपालगन्जमा पहिलो पटक सडक खाना महोत्सव सुरु

खबरडबली संवाददाता

नेपालगन्ज। बाँकेका होटल व्यवसायीहरूले पर्यटन प्रवर्द्धन, स्थानीय परिकारको पहिचान तथा होटल र रेस्टुरेन्ट व्यवसायलाई प्रोत्साहन गर्ने उद्देश्यले तीन दिने सडक खाना महोत्सवको आयोजना गरेका छन् ।

नेपालगन्जमा पहिलो पटक आयोजना गरिएको उक्त सडक खाना महोत्सवमा रैथाने परिकारदेखि पाँचतारे होटलसम्मका विविध परिकारहरू एकै स्थानमा उपलब्ध गराइएको होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भिम कँडेलले बताए।

नेपालगन्ज–१, वाटरपार्क परिसरमा होटल व्यवसायी संघ बाँके र होटल संघ नेपाल बाँकेको संयुक्त आयोजनामा सञ्चालन गरिएको ‘नेपालगन्ज स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल–२०८३’ को शुक्रबार साँझ नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले उद्घाटन गरेको हो ।

बाँके, बर्दिया तथा सीमा पारिका भारतीय नागरिकलाई लक्षित गरी आयोजना गरिएको उक्त महोत्सवमा विभिन्न प्रकारका खाना परिकार, लाइभ म्युजिक, सांस्कृतिक प्रस्तुति तथा अन्य आकर्षक गतिविधिहरू सञ्चालन भइरहेको होटल संघ नेपाल बाँकेका अध्यक्ष दिवाकर खनालले बताए।

उनका अनुसार महोत्सवमा स्थानीय रैथाने परिकारसँगै होटलका विशेष परिकार तथा विभिन्न ब्रान्डका पेय पदार्थहरू पनि सहुलियत मूल्यमा उपलब्ध छन् ।

मनोरञ्जनका लागि लोकप्रिय “दि फिरन्ते ब्यान्ड” को विशेष प्रस्तुति तथा राष्ट्रिय र स्थानीय कलाकारहरूको प्रस्तुति समेत भइरहेको अध्यक्ष खनालले जानकारी दिए।

उद्घाटन कार्यक्रममा होटल संघ नेपाल (हान) का केन्द्रीय अध्यक्ष विनायक शाह र होटल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष शंकर भण्डारीले यस्ता महोत्सवहरूले सहरको स्वाद चिनाउनुका साथै पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए।

तीन दिनसम्म मध्यरातसम्म सञ्चालन हुने उक्त महोत्सवमा ५५ वटा स्टलमार्फत सहुलियत मूल्यमा विभिन्न खाना परिकार तथा पेय पदार्थ उपलब्ध गराइएको होटल संघ नेपाल ९हान० बाँकेका वरिष्ठ उपाध्यक्ष केशव न्यौपानेले जानकारी दिए। उनले पाँचतारे होटलमा पाइने स्वादसमेत सडकमा सस्तो मूल्यमा उपलब्ध गराइएको बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तनहुँमा ‘शून्य फाइल सप्ताह’, ढिलासुस्ती अन्त्य गर्ने नयाँ मोडेल

तनहुँ । तनहुँ जिल्लाका सरकारी कार्यालयहरूले प्रशासनिक सेवालाई झन्झटमुक्त, चुस्त र नागरिकमैत्री बनाउन ‘शून्य फाइल सप्ताह’ को अवधारणा कार्यान्वयनमा ल्या...

थापाथलीमा सुकुमवासी बस्ती हटाउने कार्य तीव्र, थपिए दुई डोजर

काठमाडौं । थापाथलीस्थित बागमती नदी किनारमा रहेका सुकुमवासी बस्तीका संरचनाहरू शनिबार बिहानदेखि भत्काउन थालिएको छ। सरकारले दुई दिनअघि सूचना जारी गर्द...

भरुवा बन्दुकको छर्राले घाइते वडा सदस्य ऐरीको निधन

बैतडी। भरुवा बन्दुक पड्किँदा घाइते भएका सूर्नया गाउँपालिका–२ का वडा सदस्य दानबहादुर ऐरीको उपचारका क्रममा निधन भएको छ । बुधबार आफ्नै भरुवा बन्दुकको ...

सुकुम्बासी बस्तीबाट सामान सार्न प्रहरीको सहयोग

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित बागमती किनारमा रहेका सुकुम्बासी बस्ती खाली गर्ने क्रममा नेपाल प्रहरीले बासिन्दालाई सरसामान सार्न सहयोग गरेको छ । ...

सुकुमवासी बस्ती भत्काउँदा पाइप फुट्यो, यी क्षेत्रमा खानेपानी आपूर्ति अवरुद्ध

काठमाडौं । थापाथलीस्थित सुकुमवासी बस्तीमा स्काभेटर प्रयोग गर्ने क्रममा खानेपानीको मुख्य पाइप फुटेपछि काठमाडौंका विभिन्न क्षेत्रमा पानी आपूर्ति अवरुद्ध...

नेपालगन्जमा पहिलो पटक सडक खाना महोत्सव सुरु

नेपालगन्ज। बाँकेका होटल व्यवसायीहरूले पर्यटन प्रवर्द्धन, स्थानीय परिकारको पहिचान तथा होटल र रेस्टुरेन्ट व्यवसायलाई प्रोत्साहन गर्ने उद्देश्यले तीन दिन...

तनहुँ शेराटार बस दुर्घटना अपडेट: २ जनाको मृत्यु, २७ घाइते पोखरा रिफर

पोखरा । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ शेराटारमा भएको बस दुर्घटनामा २ जनाको ज्यान गएको छ भने २७ जना घाइतेलाई पोखरा रिफर गरिएको छ। पोखराबाट भैरहवा...

उद्योगी शेखर गोल्छाविरुद्ध ४ दिनको म्याद थप, धितोपत्र मुद्दामा अनुसन्धान सुरु

काठमाडौं । उद्योगी शेखर गोल्छा विरुद्ध अनुसन्धान गर्न अदालतले ४ दिनको म्याद दिएको छ। गोल्छालाई बिहीबार काठमाडौंको नक्सालबाट केन्द्रीय अनुसन्धान ब्य...

ढुक्क हुनुस्, वास्तविक सुकुमवासीलाई चाँडै जग्गा वितरण गर्छौं : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले वास्तविक सुकुमवासी बस्तीको समस्या आफ्नो नेतृत्वको सरकारले समाधान गर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत धारणा ...

ओमानमाथि नेपाल ‘ए’ को सानदार जित, शृङ्खला बराबरीमा टुङ्गियो

काठमाडौँ। नेपाल ‘ए’ टोलीले दोस्रो अभ्यास खेलमा ओमानलाई ११५ रनको फराकिलो जित हात पारेको छ । ब्याटिङ र बलिङ दुवै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेको नेपाल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending