Ntc summer Offer
Khabar Dabali २ जेष्ठ २०८१ बुधबार | 15th May, 2024 Wed
NIMB

तालपोखरामा डुङ्गा चढ्नेको आकर्षण बढ्दो

पाल्पा। कृत्रिम तालका रूपमा विकास गरिएको रामपुरको तालपोखरामा डुङ्गा सयर गर्नेको आकर्षण बढ्दै गएको छ । सामाजिक सञ्जाल, सञ्चारमाध्यममा तालपोखराको फोटोसहित समाचार आउन थालेपछि पर्यटकको सङ्ख्यामा वृद्धि आएको हो । तालपोखरामा डुङ्गा सयर गर्दा फेवातालको झल्को मेटाएको पाल्पा बगनासकाली गाउँपालिका आर्यभन्ज्याङ्की नारायणी भट्टराईले बताए । तालपोखराको भौतिक पूर्वाधार अगाडि बढ्दै गएको खण्डमा फेवातालले जस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान बनाउनसक्ने उनी बताउछन् । करीब ५५ रोपनी क्षेत्रफलमा फैलिएको कृत्रिमताल अवलोकन गर्न आउने आन्तरिक पर्यटकको अहिले चाप बढ्दै गएको हो । दिनहुँ दुई सय भन्दा बढी पर्यटकले डुङ्गा सयर गर्ने गरेको तालपोखरा संरक्षण समितिका सचिव सुनिल देवकोटा बताउछन् । फेवातालको स्वरूपमा निर्मित तालपोखरामा डुङ्गा सयर गर्ने, तालको बीचमा रहेको जलेश्वर महादेवको मूर्तिमा पूजा गर्ने, फोटो खिचाउनेको चहलपहल रहेको छ । “डुङ्गा सयर गरेर ताल वरिपरि घुम्दै आनन्द लिन आउनेको सङ्ख्या दिनानुदिन बढ्दै जाँदा आम्दानी पनि राम्रै हुँदै गएको छ” देवकोटाले भने । साउनबाट यता पाँच हजार पर्यटकले डुङ्गा सयर गरेको र दुई लाख ५० हजार रुपैयाँ बराबरको आम्दानी भएको छ । २०७४ माघ २४ गतेदेखि तालपोखरामा डुङ्गा सञ्चालन शुरु गरिएको हो । यहाँ नियमितरूपमा दुईवटा डुङ्गा सञ्चालनमा छन् । अहिलेसम्म डुङ्गा सञ्चालनबाट रु आठ लाख बराबरको आम्दानी भएको समितिका सचिव देवकोटाले जानकारी दिए । डुङ्गाबाट उठेको आम्दानीको ४० प्रतिशत रकम डुङ्गा चलाउनेलाई दिने व्यवस्था गरिएको छ । प्रतिव्यक्ति रु ५० टिकट कायम गरिएको छ । आम्दानीको स्रोत बढाउन तालपोखरामा माछाका भुरासमेत राखिएको छ । अहिले १६ हजार माछा यहाँ रहेका छन् । माछा बिक्रीबाट करीब रु २० लाख बराबरको आम्दानी गर्ने समितिको सोच छ । कृत्रिम तालसँगै २० रोपनी क्षेत्रफलमा पार्क निर्माण गरिएको छ । पार्कबाट पनि राम्रै आम्दानी गर्ने वातावरण मिलेको छ । अहिलेसम्म पार्कबाट रु २५ हजार बराबरको आम्दानी भएको छ । पार्क प्रवेश शुल्क प्रतिव्यक्ति रु पाँच कायम गरिएको छ । मासिक रु ५० हजार खर्च हुने गरेको छ । दानपेटिकाबाट रु एक लाख भन्दा बढी रकम सङ्कलन भएको छ । तालपोखराको भौतिक पूर्वाधारमा हालसम्म रु एक करोड २० लाख रकम खर्च भइसकेको छ भने बाँकी रु एक करोड बराबरको रकम लाग्ने अनुमान छ । अहिलेसम्म पाल्पा, स्याङ्जा, तनहुँ, नवलरासी, रुपन्देही, कास्की, चितवन, नेपालगञ्ज, इलाम, अछामलगायत थुप्रै जिल्लाका आन्तरिक पर्यटक भित्रिसकेको तालपोखरा संरक्षण समितिका अध्यक्ष भरतराज देवकोटाले बताए । “निकट भविष्यमा पाल्पा सदरमुकाम तानसेन र पोखरा आएका बाह्य पर्यटकलाई रामपुरमा भित्र्याउने योजनाका साथ काम गरिरहेका छौँ” उनले भने, “तालपोखराको विकासका लागि स्थानीयवासीले महायज्ञ सञ्चालनबाट रकम सङ्कलन गरी २०६६ बाट यसको काम अगाडि बढाएका हुन् । रामपुर नगरपालिकाले आ व २०७३÷७४ मा एक लाख २५ हजार, ०७४÷७५ मा २८ लाख र ०७५÷७६ मा रु २० लाख रकम भौतिक पूर्वाधारका निम्ति सहयोग गरेको समितिका लेखापाल पुरुषोत्तम ढकालले जानकारी दिए । सरकारले हालैमात्र एक सय पर्यटकीय क्षेत्र अन्तर्गत तालपोखरालाई पनि पर्यटकीय क्षेत्रका रूपमा सूचीकृत गरेको छ । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies