Ntc summer Offer
Khabar Dabali २ जेष्ठ २०८१ बुधबार | 15th May, 2024 Wed
NIMB

पशुमा खोरेत रोगको प्रकोप

पाल्पा। निस्दी गाउँपालिकाका दुई वडामा महामारीको रुपमा पशुमा खोरेत रोगको प्रकोप भेटिएको छ । गाउँपालिकाको वडा नं ४ को मित्याल र ७ को ज्यामिरेमा पालिएका पशुमा खोरेत रोग देखापरेको हो । मित्यालको धिर्जे, दुमिदमार, खानीदमार र ज्यामिरेका मदनपुर, मोटेखर्क क्षेत्रका पशुमा महामारीको रूपमा खोरेत रोगको संक्रमण फैलिएको छ । यहाँका करीब १५० गाई, भैँसी, बाख्रा, बङ्गुरलगायतका पशुमा खोरेत रोगले सताएको निस्दी गाउँपालिकाका पशु शाखा प्रमुख ओमबहादुर मश्राङ्गी बताउछन् । संक्रमित क्षेत्रमा पशु शाखा कार्यालयका कर्मचारी, स्वयंसेवक, एक गाउँ एक प्राविधिकअन्तर्गतका प्राविधिक कर्मचारी गरी सात जनाको टोली निरन्तर खटिएर उपचारमा लागेको मश्राङ्गीले बताए । १५० संक्रमित पशुमा उपचार र दुई हजार २०० पशुमा खोरेतविरुद्धको भ्याक्सिन लगाउने काम भइरहेको छ । “बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म निरन्तर सात जनाले काम गरिरहेका छौँ, भ्याक्सिन लगाउने काम नसकिएकाले अझै दुई दिन लाग्नेछ” मश्रङ्गीले भने । उपचार शुरु गरेपछि संक्रमित पशुले घाँसपात खान थालेको पशु शाखा प्रमुख मश्राङ्गी बताए । यहाँ पालिएका पशुमध्ये विशेषगरी गाई, भँैसी र बाख्रामा संक्रमण बढी देखापरेको छ । खोरेत नलागेका पशुमा खोरेतविरुद्धको भ्याक्सिनका लागि निस्दी गाउँपालिकाले सशर्त अनुदानअन्तर्गत रु ४८ हजार रकम सहयोग गरेको छ भने संक्रमित पशुमा उपचारका लागि अत्यन्तै कम शुल्कमा उपचार भइरहेको छ । गोठमा पालिएका ११ वटै गाईमा खोरेत रोगको संक्रमणले सताएको मित्याल धिर्जेका कृषक हस्तबहादुर गाहा गुनासो गर्नुहुन्छ । सोही ठाउँकै कृषक अम्म फालका ५६ बाख्रामध्ये चारमा संक्रमण देखिएपछि उपचार गरिएको बताउनुभयो । अरु बाख्रालाई संक्रमणबाट बचाउन खोरेतविरुद्धको भ्याक्सिन लगाइएको छ । खोरेत रोग लागेको पशुमा मुखभित्रको म्युकस झिल्ली रातो रङ्गको हुने, मुखभित्र जिब्रो, गिँजा र खुट्टाको दुई खुरको बीचमा फोका बन्ने, मुखबाट बाक्लो लस्सादार ¥याल चुहिरहने, खुट्टा खोच्याउने, १०६ डिग्री फरेनहइट ज्वरो आउने, दानापानी नखाने, दुहुना पशुले दूध उत्पादन घटाउने गर्दछ । थुन र फाँचोमा पनि घाउ आउन सक्ने र थुनेलो समेत गराउने, कतिपय ब्याउने पशु तुहिन्छ र बाँझोपनका लक्षणहरु देखापर्ने पशुस्वास्थ्य प्राविधिक बताउँछन् । कात्तिकको दोस्रो साताबाट यस क्षेत्रमा पालिएका पशुमा खोरेत रोग देखापरेको हो । बेलाबेलामा खोरेतविरुद्धको भ्याक्सिन लगाइयो भने यो रोग लाग्नबाट पशुलाई बचाउन सकिन्छ । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies