Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

नौ-नौ महीनामा सरकार ढल्ने दुर्भाग्यबाट नेपालले मुक्ति पायो- उपप्रधानमन्त्री पोख्रेल

दमौली। उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोख्रेलले आज व्यास नगरपालिका–५ चापाघाटस्थित कृष्णदल गणको निरीक्षण गरेका छन् । तनहुँका विभिन्न कार्यक्रममा सहभागी हुन आएका उपप्रधानमन्त्री पोख्रेलले उक्त गणको स्थलगत वस्तुस्थिति, तालीम, बन्दोबस्तीलगायतका विविध पक्षबारे जानकारी लिए । उपप्रधानमन्त्री पोख्रेलले आज नै भानु नगरपालिका–१ मा रहेको नेपाली सेनाको बारुदखानाको समेत निरीक्षण गररेका छन् । सबैको एउटै लक्ष्य आर्थिक विकास र समृद्धि उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोख्रेलले आर्थिक विकास र समृद्धि सबै पार्टीको साझा लक्ष्य भएको बताएका छन् । तनहुँ निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठका बुबा स्व केवलबहादुर श्रेष्ठको १३ औँ दिनको पुण्यतिथिमा आज दमौलीमा आयोजित श्रद्धाञ्जलीसभामा रक्षामन्त्री पोख्रेलले आर्थिक विकास र समृद्धिका लागि लाग्नुपर्ने आवश्यकता रहेको बताए । उनले भने, “जुनसुकै पार्टीमा बाँधिए पनि वा पार्टी बाहिर रहे पनि सबैले आर्थिक समृद्धि र विकासको लक्ष्य बनाउनुपर्छ ।” नौ/नौ महीनामा सरकार ढल्ने दुर्भाग्य सिलसिलाबाट नेपालले मुक्ति पाएको चर्चा गर्दै उपप्रधानमन्त्री पोख्रेलले अब नेपाली जनताले राजनीतिक अस्थिरताको दुष्चक्रमा पर्नु नपर्ने बताए । आर्थिक समृद्धिका लागि सबै पार्टी एकताबद्ध भएर लाग्नुपर्ने आवश्यकतामा जोड दिदै उनले आर्थिक समृद्धिका लागि सहकार्य र सहमतिमा जोड दिए । “हामीले प्रतिस्पर्धा राजनीतिमा ग¥यौँ, प्रतिस्पर्धाको परिणाम पनि हामीले पायौँ,” उनले भने, “अब विकास र निर्माणका लागि साझा सहमति र सहकार्य गर्ने, एकताबद्ध भएर अघि बढ्ने अर्को बाटो हुन सक्दैन ।” जनतासँग कबुल गरेका सबै प्रतिबद्धता पूरा गरेर छाड्ने उपप्रधानमन्त्री पोख्रेलले बताए । “अहिले यतिबेला सबै कुरा सलल बगेको जस्तो देखिएन भनेर अन्यथा लिनु जरुरी छैन,” उनले भने, “हिजो चुनावका बेलामा जुन प्रतिबद्धताहरु गरेका थियौँ, ती सबै कुरा पूरा गर्छौं ।” रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending