Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

शंकास्पद नेताहरुका घरमा प्रहरीको छापा, यस्तो छ कारण

फ्रान्स। उत्तरी फ्रान्सको शिते इस्लामिक केन्द्रका मुख्यालयहरु तथा यसका नेताहरुका घरमा करिब २०० फ्रान्सेली प्रहरीले छापा पारेको छ । सुरक्षा स्रोतहरुले यी शंकास्पद व्यक्ति र संस्थाहरुले आतङ्कवादी संस्थाहरुलाई मद्दत गरेको जनाएका छन् । आतङ्कवादी कृयाकलापबाट हुन सक्ने सुरक्षा चुनौतीलाई ध्यानमा राखी ग्रान्ड सिन्थेस्थित जाहरा सेन्टरको कार्यालयमा प्रहरीले छापा मारेको क्षेत्रीय प्रहरीले जनाएको छ । सुरक्षा स्रोतका अनुसार यसक्रममा ११ जनालाई पक्राउ गरिएको छ । प्रहरीले उक्त सेन्टरको सम्पत्ति पनि रोक्का राखेको छ । यो सेन्टरको नेतृत्व याहिआ गौसमीले गरिरहनुभएको छ । उहाँमाथि इरानसँग नजिकिएको र यहूदी बिरोधी धारणा सार्वजनिक गर्ने गरेको आरोप छ । प्रहरीले उक्त सेन्टरका गतिविधिहरुलाई नजिकबाट नियालीरहेको जनाएको छ । यो सेन्टरले धेरैवटा आतङ्कवादी संस्थालाई मद्दत गरेको तथा फ्रान्सका नीति नियमभन्दा फरक धारणा राख्दै आएको फ्रान्सेली अधिकारीहरुले बताएका छन् । सेन्टरको वेबसाइटमा सन् २००९ मा सेन्टर स्थापना भएयता यसले इस्लाम धर्मका बारेमा जानकारी दिने गरेको उल्लेख छ । इरानी विपक्षी समूहले गत जुनमा फ्रान्समा आयोजना गरेको भेलामा बम हमला गर्ने योजनामा यो सेन्टरसँग आबद्ध व्यक्तिको हुनसक्ने आशंका गरिएको छ । प्रहरीले बेल्जियम, फ्रान्स र जर्मनीबाट पनि ६ जनालाई पक्राउ गरेको छ । यो बम हमलामा इरानी कुटनीतिज्ञको समेत संलग्नता रहेको बताइन्छ । सन् २०१५ देखि निरन्तर भइरहेका इस्लामिक आक्रमणपछि फ्रान्समा उच्च सतर्कता अपनाइएको छ । यसबीचमा इस्लामिक आक्रमणमा दुई सय ४६ जनाको मृत्यु भइसकेको छ । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies