Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

यी देशमा दिइन्छ बलात्कारीलाई मृत्युदण्ड

खबरडबली संवाददाता

काठमाडौं । संसारभरि नै कानूनले महिलाहरुको विशेष संरक्षण गरेको छ । महिलाको अस्मितालाई कानूनले महत्व दिने गरेको पाइन्छ । संसारका प्रजातान्त्रिक भनिएका धेरै देशहरुमा बलात्कारीलाई मृत्युदण्ड दिने कानून छ ।

जुन देशले बलात्कारीलाई मृत्युदण्ड दिने कानून बनाएका छन्, त्यस्ता देशले महिलाको अस्मिता र सुरक्षालाई विशेष महत्व दिई संरक्षण गरेको प्रष्ट हुन्छ । यहाँ हामीले केही देशमा रहेको बलात्कारविरुद्धको कानूनबारे सामान्य चर्चा गरेका छौं ।

संसारका धेरै देशमा बलात्कारका सजाय फरक छन्। इजिप्टमा बलात्कारको अभियोग पुष्टि भएमा झुन्ड्याएर मारिन्छ। संयुक्त अरब इमिरेट्स (यूएई)मा बलात्कारको अभियोग पुष्टि भएमा मृत्युदण्डको व्यवस्था छ। चीनमा पनि मृत्युदण्डको सजाय हुन्छ।

अफगानिस्तानमा मृत्युदण्डको व्यवस्था छ। यदि पीडितको ज्यान गएमा यो सजाय ३० वर्ष हुनेछ। अमेरिकामा ३० वर्षसम्म जेल सजाय हुन्छ। यस बाहेक इरान र उत्तर कोरियामा भने मृत्यु दण्डको नै व्यवस्था गरिएको छ।

भारतमा ‘क्यापिटल पनिसमेन्ट’ को नियम आउने विषयमा धेरै विवाद भएको थियो। यसमा विवाद गर्नुपर्ने कारण एउटै थियो। यदि मृत्युदण्ड दिइसकेपछि कुनै कारणले विगतको निर्णय गलत थियो भन्ने भएमा विगतको त्रुटिलाई सच्याउने कुनै ठाउँ नै हुँदैन ।

क्यापिटल पनिसमेन्टको विषय भारतका अत्यधिक विवादमा आएको हो। संसारका ५८ देशमा बलात्कारको अभियोगमा जेल सजाय हुने कानुन छ । चीनमा मृत्युदण्ड बाहेकको सजाय पनि हुनसक्छ। पिडकको संवेदनशील अङ्ग छेदन पनि हुनसक्छ । बलात्कारको पीडितमाथि धेरै किसिमको असर हुने गरेको छ। उनीहरू माथि हुने असरमा शारीरिक, मानसिक तथा भावनात्मक तीनै किसिमका समस्या देखिन्छन्।

२९ सेप्टेम्बरका दिन पाकिस्तानको संसद्ले बलात्कारीलाई मृत्युदण्डको विधेयकलाई पास गरेको थियो। भारतमा यो अभियोगलाई आजीवन कारावाससम्मको व्यवस्था गरिएको छ। त्यहाँ १२ वर्ष भन्दा कम उमेरका बालिकाको बलात्कार गरेमा मृत्युदण्ड दिइन्छ।

सन् २०२० को जनवरी सेप्टेम्बरसम्ममा बङ्गलादेशमा ९ सय ७५ बलात्कारका घटना भएका थिए। यी मध्ये २०८ ग्याङ रेप थिए। त्यो भयावह अवस्थाबाट पार पाउन नै बङ्गलादेशले कठोर नीति लिएको हो।  त्यहाँ मृत्युदण्ड पनि फरक किसिमले दिने चलन छ। साउदी अरेबियामा यस्ता अभियोग पुष्टि भएमा सार्वजनिक स्थानमा टाउको काट्ने प्रचलन छ। उत्तर कोरियामा त आगो लगाउने नै चलन हो।

अफगानिस्तानमा दुई किसिमले मृत्युदण्ड दिने चलन छ। अदालतको निर्णय अनुसार झुन्ड्याएर तथा टाउकोमा गोली हानेर मृत्यु दण्ड दिइन्छ। इजिप्टमा भने झुन्ड्याएर मारिन्छ । भारतमा पछिल्लो समय गत मार्चमा एक जना २४ वर्षीय युवालाई मृत्युदण्ड दिइएको थियो। भारतमा यस्ता विषयमा मृत्युदण्ड दिइएको घटना यो सबै भन्दा पछिल्लो हो।

सन् २०२२ मा एक ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको थियो। सो घटनालाई लुकाउन खोजेको आरोपमा पिडकको आमालाई समेत सात वर्षको जेल सजाय सुनाइएको छ। सो घटनाको छानबिनको क्रम एकदमै छिटो गतिमा भएको थियो। ८ महिनाको अन्तरालमा प्रहरीले २९ वटा प्रमाण जम्मा गरेको थियो।

विवाहित समलिंगीलाई मृत्युदण्ड !

समलिङ्गीलाई मृत्युदण्ड दिने कानुन समेत संसारमा केही देशमा छन् । यस किसिमको कानुन हुने देशमा इरान सबैभन्दा अगाडि छ । इरानको सारिया कानुनमा दुई पुरुषको बिचमा यस्तो कार्य भएमा मृत्युदण्डको व्यवस्था छ ।

सन् १९८४ मा माउरुटानीयमा एउटा कानुन पास भएको थियो। सो कानुन अनुसार विवाहित दुई पुरुषलाई भने मृत्युदण्ड नै हुनेछ ।

अविवाहिताको हकमा भने फरक कानुन छ। कतारको कानुन अझ कडा छ। जहाँ एक्सट्रा मारियल रिलेसन पुष्टि भएमा मात्र मृत्युदण्ड दिन सक्नेछ। सोमालियामा सारिया कानुन छ। त्यहाँ राज्यको मूल कानुनमा त्यस किसिमको व्यवस्था छैन। तर गाउँको कुनै स्थानमा सारिया कानुनले काम गर्छ। सो सारिया कानुन भएको स्थानमा भने समीलङ्गीलाई मृत्युदण्डको व्यवस्था समेत छ। सुडान र युएई मा पनि यसै किसिमको कानुनी व्यवस्था छ।

बढ्दै छ मृत्युदण्डको सजाय

संसारमा नै अहिले मृत्युदण्डको सजाय बढी रहेको छ। सन् २०२१ को एमनेस्टीको रिपोर्ट अनुसार २० देशमा करिब ८ सय ३३ जनालाई मृत्युदण्ड दिइएको थियो। सन् २०१७ को तुलनामा ५३ प्रतिशत बढी हो। भारतमा मात्र सन् २०२२ मा १६५ जनालाई मृत्युदण्डको सजाय सुनाइएको थियो।

पछिल्ला वर्षमा मानव अधिकारवादीसँग सरोकार राख्ने समुदायले यसको विरोध गरेका छन्। यसका मूल रूपमा तीन कारण छन्। पहिलो त न्यायालय पनि कहिले कहीँ झुट हुनसक्छ। मृत्युदण्ड नै दिइसकेपछि कुनै दिन त्यो निर्णय गलत भन्ने देखिएमा सच्याउने स्थान हुँदैन। दोस्रो पछिल्लो समय मृत्यु दण्डको घोषणा गरिएका देशमा पनि ती कानुनले अपराधको मात्रालाई घटाएको छैन। तेस्रो यसरी दोषी ठहरिने धेरै जना आर्थिक तथा सामाजिक रूपले विपन्न र तल्लो समुदायको भएको पाइन्छ।

छिमेकी देश भारतको हकमा भन्ने हो भने ३४ दशमलव ६ सीमान्तकृत समुदायका थिए। २४ दशमलव ५ अनुसूचित जातिका थिए। २० दशमलव ७ प्रतिशत धार्मिक अल्पसङ्ख्यक थिए। सन् २०१६ को डेटा अनुसार भारतमा मृत्युदण्ड पाउने मध्येका ७९ दशमलव ८ प्रतिशत सामाजिक रूपले कमजोर वर्गका थिए।

संसारमा अपराधको दायरा घटाउन कानुनमा विभिन्न समयमा संशोधन भएका छन्। यसरी संशोधन भएर बलात्कारको सवालमा कठोर कानुन हुने पहिलो क्षेत्र अरब हो। त्यसपछि सायद दक्षिण एसिया नै हो । स्रोत : डन, टिबीएन न्युज, एनडीटिभी, लिगल सभिर्ष इन्डिया

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

एमाले महाधिवेशनप्रति भीम रावलको तीखाे प्रहार, ‘ओलीको निरंकुशता अहिले पुष्टि हुँदैछ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending