Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

‘बाख्रा साटासाट’ कार्यक्रमबाट विपन्न समुदाय लाभान्वित

खबरडबली संवाददाता

झापा । विर्तामोड नगरपालिकाले सञ्चालन गरेको विपन्न समुदाय लक्षित ‘बाख्रा साटासाट’ कार्यक्रम लोकप्रिय बनेको छ । दुई वर्षअघि सुरु भएको यो कार्यक्रममा सयौँ किसान लाभान्वित भएका छन् । 

नगरपालिकाको पशु तथा मत्स्य विकास शाखाकी प्रमुख सावित्रा दाहालले मेयर पकेट कार्यक्रमअन्तर्गत १५ वटा किसान समूहलाई बाख्राको पाठा, खोर, औषधि र नश्लसुधारमा सहयोग पु(याउँदै आएको बताइन् । नगरपालिकाले दिएको तीन वटा बाख्राले पाठा ब्याएपछि एउटा पाठा नगरपालिकालाई फर्काउनुपर्ने नियम छ । त्यसरी फर्काइएका पाठा नगरपालिकाले फेरि अर्को किसान समूहलाई दिने गर्छ । चालु आर्थिक वर्षमा १५ वटा समूहमा दुई सय २५ जना बाख्रापालक किसान कार्यक्रममा जोडिएका छन् । एउटा समूहमा १५ जना किसान छन् ।

नगरपालिकाले मेयर पकेट कार्यक्रम अन्तर्गत बाख्रापालनमा लागेका किसान समूहलाई खोर निर्माण गर्न चालु आवमा रु पाँच लाख २५ हजार खर्च गरेको छ । किसानलाई रु दुई लाख ५० हजार मूल्य बराबरका बाख्राको पाठा वितरण गरिसकेको छ । नश्ल सुधारका लागि हरेक समूहलाई रु ७० हजारको दरले बोयर प्रजातिको बीउ बोका दिइएको दाहालले जानकारी दिइन्। 

बाख्रा साटासाट कार्यक्रमले दलित, जनजाति, आदिवासी र विपन्न महिला समुदायको जीविकोपार्जनमा  मद्दत पु(याएको विर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतराले बताइन् । उनले भनिन्, “अधिकांश ग्रामीण महिलालाई आत्मनिर्भर बनाउन स्वरोजगार बनाउनै पर्दछ । यहीकारण नगरपालिकाले बाख्रा साटासाट कार्यक्रमलाई निरन्तरता दिएको हो ।”

नगरपालिकाले सुरुमा सुङ्गुर साटासाट कार्यक्रम सञ्चालन गरेको थियो । यसबाट विपन्न समुदाय लाभान्वित भएपछि बाख्रा र कुखुरा साटासाट कार्यक्रम थप गरिएको हो । सुङ्गुर र बाख्रा साटासाट कार्यक्रम प्रभावकारी भए तापनि कुखुरा साटासाट कार्यक्रम सफल हुनसकेन । बाख्राको खोर, गाईको गोठ निर्माणसँगै रोग कीरा नियन्त्रणका लागि नगरपालिकाले किसानलाई अनुदान र प्राविधिक सहयोग गर्दै आएको छ । 

शाखा प्रमुख दाहालका अनुसार जुका नाम्लेको औषधिसहित घाँसमासमेत नगरको सहयोग छ । नगरले माछा प्रवद्र्धन कार्यक्रममा चालु आवमा रु १४ लाख खर्च गरेको छ । नगरपालिका माछामा आत्मनिर्भर बनिसकेको छ । नगरपालिकाले यसवर्ष एक हजार आठ सय कुकुरको बन्ध्याकरण गरेको जनाएको छ । गाईपालन गरी दूधमा आत्मनिर्भर बनाउन कार्यक्रम अघि सारिएको छ । यसवर्ष नगर क्षेत्रका किसानले पालेका एक हजार गाईको बीमा नगरपालिकाले गरेको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्न निर्वाचन आयोगको अनुरोध

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारको बन्दसूची पेस गर्न राजनीतिक दललाई अनुरोध...

बालुवाटारमा प्रधानमन्त्रीले तीन शीर्ष नेतालाई भनिन् : यो घर तपाईंहरूकै हो

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटार प्रमुख दलका शीर्ष नेतासँग छलफल गरेको छिन् ।  छलफलमा सहभागी नेतालाई सम्बोधन गर्दै उनले भनिन्, ‘यो ...

प्रधानमन्त्री कार्कीले दिइन् तीन दलका शीर्ष नेताहरूलाई चुनावमा सहभागी हुन निम्तो

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई निर्वाचनमा सहभागी हुन औपचारिक निम्तो दिएकी छिन्। शनिबार बालुवाटा...

नेपाली कांग्रेसले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले नियमित महाधिवेशन तोकिएको समयमै सम्पन्न गर्ने सुनिश्चितताका लागि महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने भएको छ। केही द...

कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव हुँदैन : मन्त्री घिसिङ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर राजनीतिक एकता सम्भव नहुने स्...

एमाले सचिवालयको बैठक आइतबार, समानुपातिक उम्मेद्वारलाई अन्तिम रुप दिने मुख्य एजेण्डा

काठमाडौँ। नेकपा (एमाले)ले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय बैठक बोलाएको छ।   केन्द्रीय कार्यालय सचिव डा। भिष्म अधिकारीका अनुसार समानुप...

बालुवाटारमा प्रधानमन्त्री कार्की र प्रमुख तीन दलका नेताबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच आज प्रतिनिधिसभा निर्वाचनबारे छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भए...

रास्वपा र बालेनबीचको निर्णायक वार्ता अनिश्चित, बालेनको प्रस्तावप्रति रास्वपा असहमत

काठमाडौँ । शनिबार निर्णायक हुने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेतृत्वको टिमबीचको वार्ता अनिश्चि...

जेनजी आन्दोलनपछि पहिलोपटक बालुवाटार पुगे ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। गत भदौ २३ र २४ गते भएक...

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौँ । स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको छ । काठमाडौँ महानगरपालिका वडा २६ को सहकार्य तथा रैथाने एग्री प्रडक्ट नेपा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending