झापा । विर्तामोड नगरपालिकाले सञ्चालन गरेको विपन्न समुदाय लक्षित ‘बाख्रा साटासाट’ कार्यक्रम लोकप्रिय बनेको छ । दुई वर्षअघि सुरु भएको यो कार्यक्रममा सयौँ किसान लाभान्वित भएका छन् ।
नगरपालिकाको पशु तथा मत्स्य विकास शाखाकी प्रमुख सावित्रा दाहालले मेयर पकेट कार्यक्रमअन्तर्गत १५ वटा किसान समूहलाई बाख्राको पाठा, खोर, औषधि र नश्लसुधारमा सहयोग पु(याउँदै आएको बताइन् । नगरपालिकाले दिएको तीन वटा बाख्राले पाठा ब्याएपछि एउटा पाठा नगरपालिकालाई फर्काउनुपर्ने नियम छ । त्यसरी फर्काइएका पाठा नगरपालिकाले फेरि अर्को किसान समूहलाई दिने गर्छ । चालु आर्थिक वर्षमा १५ वटा समूहमा दुई सय २५ जना बाख्रापालक किसान कार्यक्रममा जोडिएका छन् । एउटा समूहमा १५ जना किसान छन् ।
नगरपालिकाले मेयर पकेट कार्यक्रम अन्तर्गत बाख्रापालनमा लागेका किसान समूहलाई खोर निर्माण गर्न चालु आवमा रु पाँच लाख २५ हजार खर्च गरेको छ । किसानलाई रु दुई लाख ५० हजार मूल्य बराबरका बाख्राको पाठा वितरण गरिसकेको छ । नश्ल सुधारका लागि हरेक समूहलाई रु ७० हजारको दरले बोयर प्रजातिको बीउ बोका दिइएको दाहालले जानकारी दिइन्।
बाख्रा साटासाट कार्यक्रमले दलित, जनजाति, आदिवासी र विपन्न महिला समुदायको जीविकोपार्जनमा मद्दत पु(याएको विर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतराले बताइन् । उनले भनिन्, “अधिकांश ग्रामीण महिलालाई आत्मनिर्भर बनाउन स्वरोजगार बनाउनै पर्दछ । यहीकारण नगरपालिकाले बाख्रा साटासाट कार्यक्रमलाई निरन्तरता दिएको हो ।”
नगरपालिकाले सुरुमा सुङ्गुर साटासाट कार्यक्रम सञ्चालन गरेको थियो । यसबाट विपन्न समुदाय लाभान्वित भएपछि बाख्रा र कुखुरा साटासाट कार्यक्रम थप गरिएको हो । सुङ्गुर र बाख्रा साटासाट कार्यक्रम प्रभावकारी भए तापनि कुखुरा साटासाट कार्यक्रम सफल हुनसकेन । बाख्राको खोर, गाईको गोठ निर्माणसँगै रोग कीरा नियन्त्रणका लागि नगरपालिकाले किसानलाई अनुदान र प्राविधिक सहयोग गर्दै आएको छ ।
शाखा प्रमुख दाहालका अनुसार जुका नाम्लेको औषधिसहित घाँसमासमेत नगरको सहयोग छ । नगरले माछा प्रवद्र्धन कार्यक्रममा चालु आवमा रु १४ लाख खर्च गरेको छ । नगरपालिका माछामा आत्मनिर्भर बनिसकेको छ । नगरपालिकाले यसवर्ष एक हजार आठ सय कुकुरको बन्ध्याकरण गरेको जनाएको छ । गाईपालन गरी दूधमा आत्मनिर्भर बनाउन कार्यक्रम अघि सारिएको छ । यसवर्ष नगर क्षेत्रका किसानले पालेका एक हजार गाईको बीमा नगरपालिकाले गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २५ गते, २०८३ - १७:४८
काठमाडौं । काठमाडौंको धोबीखोलामा हाम फालेकी एक महिला मृत अवस्थामा फेला परेकी छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार, ती...
आषाढ़ २५ गते, २०८३ - १७:४३
काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ सर्वसम्मतिले पारित भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहका तर्फब...
आषाढ़ २५ गते, २०८३ - १७:३९
काठमाडौं । काठमाडौंको कालोपुल र रातोपुलबीच पर्ने धोबीखोलामा एक महिलाले हाम फालेकी छन्। घटनापछि उनको खोजीका लागि नेपाल प्रहरीले खोज तथा उद्धार कार्य अघ...
आषाढ़ २५ गते, २०८३ - १७:२६
काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले सुकुमवासीहरूको जीवन, स्वतन्त्रता, समानता र मर्यादामाथि असर पर्ने कुनै पनि कदम नचाल्न नेपाल सरकारलाई निर्देशन दिए...
आषाढ़ २५ गते, २०८३ - १७:१६
काठमाडौँ। महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहका लागि आर्थिक कारोबार सञ्चालनमा प्रयोग भएको ‘स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली’(सूत्र)आज मध्यरात...
आषाढ़ २५ गते, २०८३ - १६:५३
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्था गम्भीर रहेको चिकित्सकहर...
आषाढ़ २५ गते, २०८३ - १६:३७
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले संविधानका सबै विषय एकैपटक संशोधनका लागि खोल्ने प्रयास गरिए मुलुक थप राजनीतिक विवाद र जटिलतामा फस्न सक्ने...
आषाढ़ २५ गते, २०८३ - १५:२८
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ। प्रहरीका अनुसार आत्मदाह प्रयास गर्...
आषाढ़ २५ गते, २०८३ - १५:२८
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ। प्रहरीका अनुसार आत्मदाह प्रयास गर्...
आषाढ़ २५ गते, २०८३ - १५:२१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा प्रतिनिधिसभा सदस्य करिश्मा कठरिया (चौधरी)ले किसानले माग गर्दा पनि सरकारले सहज रूपमा मल उपलब...



प्रतिकृया लेख्नुहोस्: