काठमाडौं । काठमाडौंमा बिक्री हुने बोतल र जारको पानीमा ०.००१ देखि पाँच मिलिमिटरसम्मका माइक्रोप्लास्टिक फेला परेका छन्।
हालै त्रिभुवन विश्वविद्यालयको केन्द्रीय रसायनशास्त्र विभाग र काठमाडौं इन्स्टिच्यूट अफ अप्लाइड साइन्सका नौ जना अनुसन्धाताले गरेको खोजले यो तथ्य खुलाएको हो। माइक्रोस्कोपी रिसर्च एन्ड टेक्निक जर्नलमा प्रकाशित ‘स्मार्टफोन माइक्रोस्कोपी मेथड फर इमेजिङ एन्ड क्वान्टिफिकेशन अफ माइक्रोप्लास्टिक्स इन ड्रिङकिङ वाटर’ शीर्षकको शोधपत्रमा उक्त तथ्य सार्वजनिक गरिएको छ।
शोधपत्र अनुसार परीक्षणका लागि बजारमा बेचिने पाँचरपाँच वटा बोतल र जार गरी २० वटा नमूना लिइएको थियो। तीमध्ये बोतलको पानीमा प्रतिलिटर ९१ वटासम्म र जारको पानीमा १३० वटासम्म सूक्ष्म कणहरू फेला परेको उल्लेख छ। यस्ता सूक्ष्म कणको थप परीक्षण गर्दा तीमध्ये ९७ प्रतिशत माइक्रोप्लास्टिक भएको फेला परेको जनाइएको छ।
शोधपत्रमा बोतल र जार पटक पटक प्रयोग गर्दा माइक्रोप्लास्टिकको स्रोत हुन सक्ने उल्लेख गरिएको छ। ‘लामो समयसम्म प्रकाश र तापमा पर्दा माइक्रोप्लास्टिकहरू उत्पन्न हुन्छन्,’ शोधपत्रमा उल्लेख छ।
यो अनुसन्धानको मुख्य पाटो भने पानीको परीक्षणका लागि प्रयोग गरिएको विधि हो। स्मार्टफोनको क्यामेरामा चार मिलिमिटर व्यास भएको गोलाकार सफायर बल लेन्स प्रयोग गरेर पानीमा भएका सूक्ष्म कणहरूको तस्वीर खिचिएको थियो।
न्याशनल लाइब्रेरी अफ मेडिसिनमा प्रकाशित एक शोधपत्र अनुसार माइक्रोप्लास्टिकले लामो समयसम्म खोकी लाग्ने, रगतमा अक्सिजनको अभाव हुने लगायत श्वासप्रश्वासजन्य समस्या निम्त्याउन सक्छ।
जततउकस्ररधधध।जष्mबपिजबदबच।अयmरलभधकरज्ञद्धज्ञछडद्द
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २६ गते, २०८१ - ११:००
काठमाडौं । सिंहदरबारस्थित खानेपानी तथा सरसफाइ मन्त्रालयमा लागेको आगलागीको कारण मन्त्रीको कार्याकक्ष ध्वस्त भएको छ । आज बिहान पौने ८ बजे खानेपानी तथ...
माघ २६ गते, २०८१ - ०९:५१
जनकपुरधाम । उपचारमा लापरबाही गर्ने जनकपुरको दर्ता नरहेको मुस्कान अस्पताललाई तत्काल बन्द गर्न मुख्यमन्त्री सतिशकुमार सिंहले निर्देशन दिएका छन् । शुक्रब...
माघ २६ गते, २०८१ - ०९:४७
काठमाडौं । सिंहदरबारस्थित खानेपानी तथा सरसफाइ मन्त्रालयमा आगलागी भएको छ । सिंहदरबार प्रहरीका अनुसार खानेपानी तथा सरसफाइ मन्त्रालयको चौथो तलामा आज बिह...
माघ २६ गते, २०८१ - ०८:४०
कास्की। बहुमूल्य पत्थर दिन्छु भनी विभिन्न प्रलोभन देखाई ठग्ने तीन जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पर्वतको फलेवास नगरपालिका वडा नं.५ स्थायी घर ...
माघ २६ गते, २०८१ - ०८:४०
कास्की। बहुमूल्य पत्थर दिन्छु भनी विभिन्न प्रलोभन देखाई ठग्ने तीन जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पर्वतको फलेवास नगरपालिका वडा नं.५ स्थायी घर ...
माघ २६ गते, २०८१ - ०८:३७
पर्वत । पर्वतमा निर्माणाधिन पाँच वटा सडक योजनालाई पूर्णता दिनका लागि थप बजेट विनियोजन गरिएको छ । स्तरोन्नतिसहित कालोपत्रको काम भइरहेका सडक पूर्णरूप...
माघ २६ गते, २०८१ - ०८:३२
नाफा र कमिसनमा रमाइरहेका निजी कम्पनी र औषधी पसलले फाइदा नहुने काम किन गर्थे ?
माघ २६ गते, २०८१ - ०८:३२
नाफा र कमिसनमा रमाइरहेका निजी कम्पनी र औषधी पसलले फाइदा नहुने काम किन गर्थे ?
माघ २६ गते, २०८१ - ०८:२०
काठमाडौं। कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थो...
माघ २६ गते, २०८१ - ०८:२०
काठमाडौं। कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थो...
प्रतिकृया लेख्नुहोस्: