काठमाडौं । काठमाडौंमा बिक्री हुने बोतल र जारको पानीमा ०.००१ देखि पाँच मिलिमिटरसम्मका माइक्रोप्लास्टिक फेला परेका छन्।
हालै त्रिभुवन विश्वविद्यालयको केन्द्रीय रसायनशास्त्र विभाग र काठमाडौं इन्स्टिच्यूट अफ अप्लाइड साइन्सका नौ जना अनुसन्धाताले गरेको खोजले यो तथ्य खुलाएको हो। माइक्रोस्कोपी रिसर्च एन्ड टेक्निक जर्नलमा प्रकाशित ‘स्मार्टफोन माइक्रोस्कोपी मेथड फर इमेजिङ एन्ड क्वान्टिफिकेशन अफ माइक्रोप्लास्टिक्स इन ड्रिङकिङ वाटर’ शीर्षकको शोधपत्रमा उक्त तथ्य सार्वजनिक गरिएको छ।
शोधपत्र अनुसार परीक्षणका लागि बजारमा बेचिने पाँचरपाँच वटा बोतल र जार गरी २० वटा नमूना लिइएको थियो। तीमध्ये बोतलको पानीमा प्रतिलिटर ९१ वटासम्म र जारको पानीमा १३० वटासम्म सूक्ष्म कणहरू फेला परेको उल्लेख छ। यस्ता सूक्ष्म कणको थप परीक्षण गर्दा तीमध्ये ९७ प्रतिशत माइक्रोप्लास्टिक भएको फेला परेको जनाइएको छ।
शोधपत्रमा बोतल र जार पटक पटक प्रयोग गर्दा माइक्रोप्लास्टिकको स्रोत हुन सक्ने उल्लेख गरिएको छ। ‘लामो समयसम्म प्रकाश र तापमा पर्दा माइक्रोप्लास्टिकहरू उत्पन्न हुन्छन्,’ शोधपत्रमा उल्लेख छ।
यो अनुसन्धानको मुख्य पाटो भने पानीको परीक्षणका लागि प्रयोग गरिएको विधि हो। स्मार्टफोनको क्यामेरामा चार मिलिमिटर व्यास भएको गोलाकार सफायर बल लेन्स प्रयोग गरेर पानीमा भएका सूक्ष्म कणहरूको तस्वीर खिचिएको थियो।
न्याशनल लाइब्रेरी अफ मेडिसिनमा प्रकाशित एक शोधपत्र अनुसार माइक्रोप्लास्टिकले लामो समयसम्म खोकी लाग्ने, रगतमा अक्सिजनको अभाव हुने लगायत श्वासप्रश्वासजन्य समस्या निम्त्याउन सक्छ।
जततउकस्ररधधध।जष्mबपिजबदबच।अयmरलभधकरज्ञद्धज्ञछडद्द
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३१ गते, २०८३ - २१:५९
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले पाँचतारे ¥याडिसन होटलमा ग्यासको मौज्दात बढी रहेको भन्दै गरिएको सार्वजनिक टिप्पणीप्रति आपत्ति जनाएको छ। चेम्बरले होट...
श्रावण ३१ गते, २०८३ - २१:५६
काठमाडौँ । नेपालमा युवालाई स्वदेशमै रोजगारी र उद्यमशीलताको अवसर सिर्जना गर्दै विदेशिने बाध्यतालाई रोजाइमा बदल्न शिक्षा, सीप, उद्यमशीलता र उद्योगबीचको ...
श्रावण ३१ गते, २०८३ - २१:५२
पिके पिकमा दौडिँदै रेड पाण्डा संरक्षणको सन्देश, भदौ २० मा ४८ किलोमिटर म्याराथन सोलुखुम्बु । दुर्लभ वन्यजन्तु रेड पाण्डाको संरक्षणसँगै सोलुखुम्बुको ...
श्रावण ३१ गते, २०८३ - २१:४०
काठमाडौं । पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी क्षेत्रका जिल्ला र बस्तीलाई सडक सञ्जालमा जोड्ने उद्देश्यले सुरु गरिएको पुष्पलाल मध्यपहाडी लोकमार्ग निर्माणको...
श्रावण ३१ गते, २०८३ - २१:२४
काठमाडौँ । नेपाल आयल निगमले भदौ १ गते सोमबारदेखि खाना पकाउने एलपी ग्यासको बिक्री वितरण नियमित प्रक्रियाबाटै गर्ने भएको छ। निगमका अनुसार सम्बन्धित ग...
श्रावण ३१ गते, २०८३ - २१:०९
विराटनगर । नेकपा एमालेभित्र नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको बहस चर्किरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले गृहप्रदेशबाटै आफूलाई हटाएर देखाउन चुनौती...
श्रावण ३१ गते, २०८३ - १०:०८
ललितपुर । जनप्रतिनिधिको परिचय केवल चुनाव जितेर पदमा पुग्नुमा सीमित हुँदैन। नागरिकलाई समस्या पर्दा उनीहरूको घरदैलोमा पुग्नु, दुःखमा साथ दिनु, असहायलाई ...
श्रावण ३१ गते, २०८३ - ०९:५८
भक्तपुर । नागपञ्चमी नजिकिँदै गर्दा बजारमा मेसिनबाट छापिएका रंगीचंगी नागका पोस्टरको चहलपहल बढेको छ। केही क्षणमै सयौँ प्रति तयार हुने यस्ता पोस्टरका बीच...
श्रावण ३१ गते, २०८३ - ०९:५१
भैरहवा । लुम्बिनी प्रदेश सभाले एक वर्षमा करोडौँ रुपैयाँ खर्च गरे पनि तीन वटा मात्र मूल कानुन निर्माण गरेको छ। प्रदेश सभा सञ्चालन तथा व्यवस्थापनमा करिब...
श्रावण ३१ गते, २०८३ - ०९:४८
पोखरा । अविरल वर्षापछि खोलाको बहाव बढ्दा पोखराका विभिन्न स्थानमा तीन जना बेपत्ता भएका छन्। पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित विजयपुर खोला तर्ने क्रमम...



प्रतिकृया लेख्नुहोस्: