Ntc summer Offer
Khabar Dabali ६ असार २०८२ शुक्रबार | 20th June, 2025 Fri
Investment bank

सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या

खबरडबली संवाददाता

काठमाडौं । नेपाल प्रहरीमा कार्यरत् जवान युवराज घिमिरेको हत्या आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत् जवान घिमिरेको हत्या आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंले सात जना आरोपी पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो।

खोटाङ मजुवागढी नगरपालिका-१ घर भई हाल काठमाडौं टोखा नगरपालिका-१० गोंगबु गणेशस्थान बस्दै आएका ३२ वर्षीय जवान घिमिरेको गत शुक्रबार हत्या गरिएको अवस्थामा शव फेला परेको थियो।

उनको शव तारकेश्वर नगरपालिका-९ मनमैजु बासुकीनाग टोलस्थित निर्माणाधीन दुई तले घरको भुइँ तलामा फेला परेको थियो। त्यो स्थानलाई लागुऔषध प्रयोगकर्ताले आफ्नो आश्रयस्थल बनाएका थिए।

पक्राउ परेकाहरूमा स्याङ्जा आँधिखोला गाउँपालिका-३ घर भई बालाजु-जरंखु, मनमैजुलगायत स्थानका सडकपेटीमा बस्दै आएकी २१ वर्षीया वसन्धुरा कार्की, भक्तपुर चाँगुनारायण-१ घर भई सोही स्थानमा सडकपेटीमा बस्दै आएका २१ वर्षीय सचिन परियार, नुवाकोट घर भई सोही स्थानमा बस्दै आएकी १८ वर्षीया अन्जली श्रेष्ठ, आँधीखोला-३ कै ५६ वर्षीया नुनमाया कार्की, नुवाकोट ताती गाउँपालिका-४ ओखरे घर भएका २१ वर्षीय बुद्ध लामा तामाङ छन्।

यस्तै, अन्य पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रावती घर भई बालाजु, जरंखु, मनमैजुलगायतका स्थानमा सडकपेटीमै बस्दै आएका ३० वर्षीय दोर्जे भनिने अमृत तामाङ र उदयपुर घर भई सोही ठाउँका सडकपेटीमा बस्दै आएका १३ वर्षीय एक नाबालक रहेका छन्।

काठमाडौं-१६ स्थित अस्टनारायण हलपछाडि बाइस धारा जंगलबाट भाग्न लागेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त रजौरेले बताए। उनीहरूलाई पक्राउ गर्ने क्रममा एक राउन्ड हवाई फायर गरिएको रजौरेले जानकारी दिए ।

कसरी भयो घिमिरेको हत्या?

एसएसपी रजौरेका अनुसार प्रारम्भिक अनुसन्धानमा त्यस दिन घिमिरे ड्युटी सकेर आफ्ना सहकर्मीहरूसँग छुट्टिएको पाइएको छ।

त्यसपछि घिमिरे घर जानुअघि खाजा-नास्ता खान तारकेश्वर नगरपालिका-११ स्थित एक खाजा घरमा पुगेको सिसिटिभी फुटेजसमेतले देखाएको छ।

घिमिरे खाजा खाइरहेको बेलामा सचिन परियार र अन्जली श्रेष्ठ त्यहाँ पुगेका थिए।

घिमिरे र सचिनको पुरानो चिनजान थियो। अन्जलीसमेत मिसिएपछि तीन जना एउटै टेबलमा बसेर खाजा खाए।

‘खाजा खाइसकेपछि सचिनले आफूले आश्रय लिइरहेको घर (घटनास्थलसम्म) मोटरसाइकलमा पुर्‍याइदिन आग्रह गरे,’ रजौरेले भने, ‘घिमिरेले दुबै जनालाई मोटरसाइकलमा राखेर पुर्‍याइदिए।’

त्यहाँ पुगेपछि सचिनले अन्जलीलाई बिसन्चो भएको भन्दै माथिसम्म जान नसक्ने बताए। अन्जलीलाई बोकेर लैजान युवराजको सहयोग मागे। युवराजले सहयोग गरिदिए।

सचिन र अन्जलीले आश्रय लिइरहेको घरको पहिलो तलामा पुगेपछि सचिनले अचानक घिमिरेको हेल्मेट खोसे। हेल्मेटले उनको टाउकोमा प्रहार गरे।

लगत्तै घटनास्थलमा बसिरहेका अन्य विपना, नुनमाया, बुद्ध, अमृत र नाबालकसमेत एक भएर न्युकेल, रड, इँटा, युवराजको युनिफर्मको बेल्ट, ढुंगालगायतले हिर्काएर घिमिरेको हत्या गरे।

हत्या गरेपछि घिमिरेको शवलाई म्याट्रेसले छोपेर लुकाए। घिमिरेले लगाएको जुत्ता जलाएर नष्ट गरी जरंखुतर्फ सडकपेटीमा गएर लुके।

हत्याको कारणबारे प्रहरीले खोजी गरिरहेको रजौरेले बताए। घिमिरेको हत्या गर्नुमा लुटपाट, महिलासँगको विवादलगायत कारण हुन सक्ने एसएसपी रजौरेले बताए।

पक्राउ परेकाहरू लागुऔषध प्रयोगकर्ता हुन्। बसपार्क क्षेत्रमा कार्यरत् रहँदा घिमिरेको सचिनसँग चिनजान थियो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अकाउन्ट लगइन गर्न पासवर्ड नै नचाहिने फिचर ल्याउँदै फेसबुक, कसरी गर्न सकिन्छ प्रयोग ?

काठमाडौँ । फेसबुकले अकाउन्ट लगइन गर्दा पासवर्ड नै नचाहिने फिचर ल्याउने भएको छ । बुधबार एक ब्लग सार्वजनिक गर्दै कम्पनीले ‘पास की’ फिचर ल्याउने घोषणा गर...

आजको संसद बैठकमा सांसदले सोधेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं।  प्रतिनिधिसभाको बैठक शुक्रबार बिहान ११ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ ।  आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत...

ग्वार्को ओभरपासको आज उदघाटन

काठमाडौं । ललितपुरको ग्वार्कोमा बनाइएको ओभरपास आज उदघाटन हुँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ओभरपास उदघाटन गर्ने छन् । भौतिक पूर्वाधार तथा याताया...

आजबाट जसपाको संघीय परिषद् बैठक

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले संघीय परिषदको बैठक आजवाट सुरु हुदैँछ । असार ६ र ७ गते ललितपुरको भोलढोकास्थित ज्यापू प्रज्ञा भव...

दव्ल्याङमा पहिरोले कालीगण्डकी करिडोर ठप्प

बलेवा  । बागलुङ नगरपालिका–१० दव्ल्याङमा पहिरो खस्दा कालिगण्डकी करिडोर अवरुद्ध भएको छ । बिहीबार रातिदेखिको अविरल वर्षापछि आएको पहिरोका कारण दव्ल्याङमा ...

देशकाा अधिकांश स्थानमामा वर्षाकाे सम्भभावना

काठमाडौं  । हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा मनसुनी वायुको ...

मितेरी सहकारी ठगीमा कम्बोडिया भागेका ज्योति भण्डारीलाई नेपाल ल्याइयो

काठमाडौं ।  ललितपुरको मितेरी सहकारीको करोडौं रकम अपचलन गरी फरार भनिएका ज्योतिबहादुर भण्डारीलाई कम्बोडियामा पक्राउ गरी नेपाल ल्याइएको छ । उनलाई गएरा...

द्वन्द्वमा यौन हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस आज मनाइँदै

काठमाडौं ।  आज द्वन्द्वमा यौन हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यौन हिंसा पीडितका लागि न्याय र प...

बाढी पहिरोका कारण नवलपरासी, सिन्धुपाल्चोक, म्याग्दी र डोल्पामा सडक बन्द

काठमाडौं ।  बाढी पहिरोका कारण पूर्वी नवलपरासी, सिन्धुपाल्चोक, म्याग्दी र डोल्पमा सडक बन्द भएको छ । प्रहरीका अनुसार अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्च...

जलवायु परिवर्तनको समस्या र सामाधनका उपायहरू

पृष्ठभूमि जलवायु परिवर्तन वर्तमान समयको एउटा महत्त्वपूर्ण मुद्दा हो। जसमा बढ्दो विश्वव्यापी तापक्रम, बदलिदो वर्षाको ढाँचा र चरम मौसमी घटनाहरूको बढ्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending