Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

दुखद खबर ! पहिरोमा परी १२ जनाको मृत्यु, दर्जनौँ वेपत्ता

नागा। फिलिपिन्सको मध्यक्षेत्रमा बिहीबार गएको पहिरो परी कम्तीमा १२ जनाको मृत्यु भएको छ भने घटनामा दर्जनौँ मानिस घाइते भएका एक प्रत्यक्षदर्शीले बताएका छन् । फिलिपिन्समा गत हप्ता आएको आँधीले छोडेका घाउ निको हुन नपाउँदै मनसुन बर्षापछि चुना र माटोसहितको भिरालो जमिन भत्किँदा कम्तीमा दश घरहरू पुरिएका छन् । फिलिपिन्समा हालै आएको म्याङ्कुट नामक आँधीमा ८८ जनाको ज्यान गुमेको थियो भने अझै केही वेपत्ता रहेका छन् । बिहीबार बिहानै पर्यटकीय टापूस्थित रहेको टिना–एन गाउँमा गएको पहिरोमा परी थुप्रै घरहरू परेको सूचनासँगै आपतकालीन सेवाका लागि सुरक्षाकर्मीको दर्जनौ उद्धारकर्मीहरू, स्थानीय जनता तथा संघसंस्था घटनास्थलमा पुगेका छन् । आँधीपछि फिलिपिन्सको उत्तरी क्षेत्र आक्रान्त बनिरहेका समय निरन्तरको बर्षापछि गएको पहिरोमा १० बटा घर परेको र चारतलासम्म घरहरूलाई पहिरोले पुरेको प्रत्यक्षदर्शी जोन राय रेपुएस्टो इकाभेजले बताउँनुभयो । उहाँका अनुसार पहिरोमा परेका १२ जनाको मृत शरीरलाई पहिरोबाहिर निकालिएको छ भने पहिरोमा अझै दर्जनौ स्थानीयहरू पसेका छन् । इकाभेजले एएफपीसँग भन्नुभयो, “मेरो छिमेकी आफ्नी दिदीको घर अगाडी रोइरहेकी थिइन् । उनको दिदीको घरको कुनै सदस्य पनि भेटिएका छैनन् । घरको नाम निशानै देखिँदैन ।” प्रत्यक्षदर्शी अर्का एक स्थानीयले भने, “पहिरोमा परी घाइते अवस्थामा परेका केही व्यक्तिलाई एम्बुलेन्समार्फत अस्पताल पठाइएको छ । १२ जनाको मृत शरीर भेटिएको छ भने करिब ५० जना सम्पर्कबाहिर रहेका हाम्रो अनुमान रहेको छ ।” घटनास्थलमा करिब १०० जनाभन्दा बढी व्यक्तिले एक्सकाभेटर तथा अन्य ठूला उद्धारसामग्रीको सहयोगमा उद्धारको काम गरिरहेका छन् । उक्त क्षेत्रका नागरिक सुरक्षा मामिला हेर्ने अधिकारीले सेबु पहिरो, बाढीजस्ता प्राकृतिक प्रकोपजन्य घटना विरलै हुने गरेको क्षेत्र भएको र उक्त क्षेत्र हालैको आँधीमा पनि सुरक्षित रहेको क्षेत्र रहेको बताए । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies